काठमाडौं। अमेरिकी डलरको मूल्यले दिनहुँ नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज पनि अमेरिकी डलरले नयाँ रेकर्ड कायम गरेको हो। आज १ अमेरिकी डलरको मूल्य (बिक्रीदर) १३६ रुपैयाँ ६३ पैसा कायम भएको छ। यस्तै, खरिददर १३६ रुपैयाँ ०३ पैसा रहेको छ।
बुधबार र मंगलबार १ अमेरिकी डलरको मूल्य १३६ रुपैयाँ ५० पैसा पुगेर रेकर्ड कायम गरेको थियो ।
नेपाल आयातमा परनिर्भर रहेकाले डलरको मूल्य बढ्दा घाटा बेहोर्नुपर्छ। यद्यपि रेमिट्यान्स पठाउनेलाई फाइदा हुन्छ । डलर बलियो हुँदा भारु र नेरु दुवै कमजोर बनेका छन्।
भारुसँग नेरुको स्थिर विनिमय दर छ। डलरको तुलनामा भारतीय रुपैयाँ(भारु) पनि कमजोर बन्दै गएको छ। भारुसँग नेपाल रुपैयाँको स्थिर विनिमय दर हुँदा भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुन्छ।
आज १ युरोको बिक्रीदर १४२ रुपैयाँ १० पैसा रहेको छ भने खरिददर १४१ रुपैयाँ ४७ पैसा रहेको छ। बेलायती पाउन्ड १ को बिक्रीदर १७१ रुपैयाँ २७ पैसा र खरिद दर १७० रुपैयाँ ५१ पैसा रहेको छ।
अष्ट्रेलियन डलर १ को खरिददर आज ८४ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८५ रुपैयाँ १६ पैसा तोकिएको छ। क्यानेडियन डलर १ को खरिददर भने ९४ रुपैयाँ ४६ पैसा र बिक्रीमा ९४ रुपैयाँ ८८ पैसा ताेकिएकाे छ। कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा रहेको छ।
केन्द्रीय बैंकले तय गरेको विनिमयदरअनुसार, स्वीस फ्रयांक, अष्ट्रेलियन डलर, सिंगापुर डलर, साउथ कोरियन वन, स्वीडिस क्रोनरको भाउ घटेको छ।