काठमाडौं। लिजेण्ड प्रोपर्टीका परियोजनामा हिमालयन बैंकले साथ दिएको छ। काभ्रे जिल्लाको पाँचखालमा निर्माण हुने नयाँ गाउँ परियोजनामा हिमालयन बैंकले सहकार्य गर्ने भएको हो।
बैंक र लिजेण्ड प्रोपर्टीबीच सहकार्य गर्ने विषयमा सोमबार दुई पक्षिय सम्झौता भएको हो। बैंकसँगको सम्झौताले गाउँमा सहर बनाउने परिकल्पनाले पुर्णता पाएको लिजेण्ड प्रोपर्टीका अध्यक्ष प्रविण कुस्माको भनाइ छ।
सम्झौतापछि हिमालयन बैंकका बागमती प्रदेश प्रमुख शंकर जोशीले नियामक निकायले तोकिएका मापदण्डहरु पुरा गर्दै जग्गा विकास आयोजना गर्ने गरेको र विभिन्न ठाउँमा नयाँ शहर विस्तार गरिरहेको कुरालाई ध्यानमा राख्दै यो पनि विकासको एउटा पाटो भएकोले प्रोत्साहन स्वरुप सहकार्य गरेको बताए।
‘यो आयोजनाले सबै वर्गलाई समेट्दै गाउँमा नमुना शहर बनाउने हाम्रो लक्ष्य हो,’ अध्यक्ष कुस्माले भने, ‘सुविधा सम्पन्न सहर हुने भएकोले यसको नामनै नयाँ गाउँ होलिडे होम राखिएको छ।’
नयाँ गाउँमा २४सैं घण्टा सुरक्षाको प्रत्याभूतिसँगै सहरमा आवश्यक सम्पूर्ण पूर्वधारहरु निर्माण हुने छ। २४० रोपनी क्षेत्रफलमा तयार हुने नयाँ गाउँको आवश्यक तयारी पुरा भइसकेको छ।
‘हामि हाम्रो हरेक जग्गा विकास आयोजनाहरु हाम्रा ग्राहकहरुलाइ जग्गा मात्रै दिदैनौं खुसि पनि दिन्छौं,’ अध्यक्ष कुस्माले भने, ‘लिजेण्ड प्रोपर्टीले आफ्ना विकास जग्गाहरु नेपाल सरकार उपत्यका विकास प्राधिकरणबाट स्वीकृति प्राप्त गरी खरिद बिक्री गर्दै आएको छ’। उक्त जग्गा विकास आयोजनाहरुमा लिजेण्ड प्रोपर्टीका ग्राहकलाई हिमालयन बैंकले छिटो र सुलभ व्याजदरमा ऋण उपलब्ध गराउने सम्झौता सोमबार भएको छ। यसअन्तर्गत ६ वटा जग्गा विकास आयोजना
सञ्चालनमा छन।
आयोजना काठमाडौं उपत्यकाभित्र भक्तपुरको पलासे, सिपाडोल, चागुनारायण नगरपालिकाको कलामशे, काठमाडौंको दक्षिणकाली नगरपालिका चाङ्लाखेल, काभ्रेको बालुवा र कास्कीको पोखरामा रहेका छन। भक्तपुरको पलासेमा रहेको रिखेटार पाखो जग्गा विकास आयोजना २८५ रोपनी क्षेत्रफलमा फैलिएको छ। यस आयोजनाको ८५ प्रतिशत जग्गा बिक्री भइसकेको छ। सिपोडोलमा रहेको भाइरल जग्गा विकास आयोजना करिब ४०० रोपनी क्षेत्रफलमा फैलिएको छ। यस आयोजनाको पनि ७५ प्रतिशत जग्गा बिक्री भइसकेको छ।
चागुनारायण नगरपालिकाको कलामशे जग्गा विकास आयोजना सरकारी प्रक्रिया पूरा गरी बुकिङको लागि खुल्ला गरिएको छ। यो आयोजना ७० रोपनी क्षेत्रफलमा फैलिएको छ। त्यसैगरी दक्षिणकाली नगरपालिकाको चाङ्लाखेलमा निर्माण भइरहेको जग्गा विकास आयोजना सरकारी प्रक्रियाको अन्तिम चरणमा रहेको छ। यहाँ ६५ रोपनी क्षेत्रफलमा आयोजना निर्माण हुँदैछ।
काभ्रेको बालुवामा रहेको नयाँ गाउँ जग्गा विकास आयोजना करिब २४० रोपनी क्षेत्रफलमा फैलिएको आयोजना स्वीकृति र निर्माणको प्रक्रियामा रहेको छ। यसैगरी अर्को आयोजना पर्यटकीय क्षेत्र कास्कीको पोखरामा समेत विस्तार गरिँदैछ।
जग्गा विकास आयोजना गर्दा आफ्नो जग्गासँगै स्थानीय जग्गा धनीलाई समेत सहभागिता गराउँदै आइएको छ। सरकारी मापदण्ड पूरा गर्दै नेपाल सरकार शहरी विकास मन्त्रालयअन्तर्गतको उपत्यका विकास प्राधिकरण र स्थानीय निकायसँग
समेत समन्वय गर्दै आफ्नो आयोजनालाई अगाडि बढाउँदै आएका छ। लिजेण्ड प्रोपर्टी प्राइभेट लिमिटेड सरकारी मापदण्ड पूरा गर्नु पर्दछ भन्ने कुरामा सजक रहँदै सरोकारवाला सबै पक्षसँग सार्वजनिक सुनुवाइ गर्दै जग्गा विकास आयोजना निर्माण गर्दै आएको छ।