काठमाडौँ। निर्धन संस्थाको आयोजनामा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि.को संयोजकत्वमा रुपन्देही जिल्लाको महजिदिया शाखाअर्न्तगतका ३० जना ग्राहक सदस्यको सहभागितामा “उन्नत बेमौसमी तरकारी खेती तालिम” दिन लागिएको छ।
तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी सांस्कृतिक नगरपालिका १० की उपमेयर कल्पना हरिजन र विशष्ट अतिथी निर्धन संस्थाका उपाध्यक्ष जनार्दन देव पन्तले गरेका थिए। प्रमुख हरिजनले आफू पनि निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको महजिदिया शाखाको ग्राहक सदस्य रहेको बताइन्।
कार्यक्रममा उनले संस्थाको मुख्य उद्देश्य समुदायमा गरिबीको रेखामुनी रहेका व्यक्तिको आर्थिक अवस्था सुधार्नु रहेको बताए। यसका लागि संस्थाले ग्राहकको आवश्यकताअनुसार तालिम तथा बिना धितो ऋण प्रदान गरी व्यवसायी बन्न उत्प्रेरित गर्दै आएको छ।
कार्यक्रमका विशष्ट अतिथी पन्तले तालिममा उपस्थित सहभागीलाई आजको आवश्यकता उद्यमीको क्षमता र सम्भावनाअनुसार उचित सीप, स्रोत, साधन र बजारको पहुँच पुर्याउनु रहेकाे बताए। यस क्रममा उनले सानो स्तरको व्यवसाय भोलि ठूलाे रोजगारीको सिर्जना गर्न सक्ने बन्ने बताए।
सहभागीको तर्फबाट संगीता थारुले कार्यक्रमको सभापतित्व गरिन्। तालिमको उद्घाटन समारोहमा निर्धन उत्थान लघु वित्त संस्थाकाे महजिदिया शाखाका शाखा प्रमुख राम किशोर चौधरीले स्वागत मन्तव्य राखेका थिए।
त्यसैगरी संस्थाका क्षेत्रीय प्रबन्धक आनन्द कुमार गौतमले आफ्नो मन्तव्य राखेका थिए। तालिममा प्रशिक्षकका रुपमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका कृषि शाखा अधिकृत महेन्द्र यादव र कृषि विशेषज्ञ हिक्मत खत्रीद्वारा ३ दिनसम्म प्रशिक्षण दिने कार्यक्रम रहेको छ। कार्यक्रममा पुस १० गतेसम्म सञ्चालन हुने भएको छ।