काठमाडौँ। लिभिङ विथ आईसीटीले आयोजना गरेको नवौं संस्करणको ‘इन्ड्राइभ आईसीटी अवार्ड २०२४ सपोर्टेड बाई एनसे इन एशोशिएसन विथ नेपालपे क्युआर, जेनेस एण्ड जुम’ सम्पन्न भएको छ। जसमा १५ विधामा अवार्ड र सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई ‘रिकग्निसन’ प्रदान गरियो।
कूल १ हजार बढी विशिष्ट व्यप्तिहरूको उपस्थितिमा ह्यायत रिजेन्सी काठमाडौँमा आयोजना भएको समारोहबीच आईसीटी अवार्ड वितरण भएको हो। अवार्डमा प्रमुख अतिथिको रूपमा उपस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले डिजिटल प्रविधिमार्फत पानसमा बत्ती बोल्दै कार्यक्रमको उद्घाटन गरे।
मन्त्री गुरुङसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री, योजना आयोगका उपध्यक्ष प्रा।डा। शिवराज अधिकारीलगायतले बिजेतालाइ अवार्ड प्रदान गरेका थिए । यस वर्षको पायोनियर आईसीटी अवार्ड काठमाडौँ विश्वविद्यालयका सस्थापाक प्रा।डा। सुरेश राज शर्माले प्राप्त गरे।
एनसेल वुमन आइकन नेपाल बैंकका डिजिटल बैंकिंङ र कार्ड विभाग प्रमुख बन्दना शर्माले प्राप्त गरिन्। प्रोफेसनल एक्सिलेन्स आइसिलेन्स आईसीटी अवार्ड नामीका सस्थापक डा। विशेष खनालले प्राप्त गरे।
आन्टरप्रेनर्स आईसीटी अवार्ड फुडमाण्डुका संस्थापक मनोहर अधिकारी र नेपाली डायस्पोरा आईसीटी अवार्ड न्युरल कम्पनीका सह(संस्थापक नामी बरालले प्राप्त गरिन्।
यस वर्षको इन्ड्राइभ स्टार्टअप आईसीटी अवार्ड क्रिम्सन टेक कम्पनीले जित्न सफल हुँदा द एसिया फाउण्डेसन सोसियल इन्नोभेसन आईसीटी अवार्ड २०२४ जियो कृषिले प्राप्त गरेको छ। प्रडक्ट आईसीटी अवार्ड एपीआइ म्यानेजमेण्ट सिष्टमले प्राप्त गरेको छ। राईजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड स्पिकअपले जित्न सफल भएको छ।
त्यसैगरी सबैभन्दा बढी भोट प्राप्त गरेर हाम्रोपे पब्लिक च्याइस आईसीटी अवार्ड ज्याप सर्भिसेसले प्रात गरेको छ। सातै देशका स्टार्टअपहरू लक्षित आयोजना साउथ स्टार्टअप आईसीटी अवार्ड २०२४ भरतको हाइफन एससिएसले जितेको छ।
यी हुन इनड्राइभ आइसिटी अवार्ड २०२४ का विजेताहरू
इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड- क्रिमसन टेक
प्रडक्ट आइसिटी अवार्ड- एपीआई म्यानेजमेन्ट सिस्टम (एपीआईएमएस)
राइजिङ स्टार आइसिटी अवार्ड- स्पिकअप नेपाल
द एशिया फाउन्डेसन सोसल इन्नोभेसन आइसिटी अवार्ड- जियोकृषि
हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड- ज्याप सर्भिसेस
डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर)- एलआरआई स्कुल, काठमाडौं
डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर)- सुकुना माध्यमिक विद्यालय, मोरङ
एनसेल वुमन आइकन आइसिटी अवार्ड- बन्दना शर्मा
पायोनियर आइसिटी अवार्ड- प्रा.डा. सुरेशराज शर्मा
आन्टरप्रेनर आइसिटी अवार्ड- मनोहर अधिकारी
नेपाली डायस्पोरा आइसिटी अवार्ड- नामी बराल
डिजिटल सर्भिसेस आइसिटी अवार्ड- आईएमई पे
डिजिटल गभर्नेन्स आइसिटी अवार्ड- सर्वोच्च अदालत
साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड- हाइफेन एससीएस (भारत)
सात प्रदेशका उत्कृष्ट स्टार्टअपहरु (कोशीदेखि सुदुरपश्चिमसम्म क्रमश)- डेल्टा टेक, तेजस टेक, अभियान्त्रिक कर्मशाला, आकाश डिजिटल, निन्जा इन्फोसिस, बिजनेश अनलाइन सर्भिस र फार वेस्ट इन्फोटेक एण्ड रिसर्च सेन्टर