काठमाडौं। महिन्द्रा बीई–६ र टाटा कर्भ ईभी सन् २०२५ मा नेपाल आउने इलेक्ट्रिक (ईभी) कार हुन्। यी दुवै गाडी भारतीय बजारमा सार्वजनिक भइसकेका छन्। भारतमा उत्पादन भएका यी दुवै कुप्पे यसयूभी हो।
टाटाले कर्भ ईभी आफ्नो ‘सेकेन्ड जेनेरेसन प्लेटफर्म’मा आधारित रहेर तयार गरेको हो भने कम्पनीले महिन्द्रा बीई–६ नयाँ इङ्लो प्लेटफर्ममा तयार गरेको हो। महिन्द्रा बीई–६ बोल्ड लुकमा ल्याइएको छ।
भारतमा महिन्द्रा बीई–६ को मूल्य १८ लाख ९० हजार भारु छ भने टाटा कर्भ ईभीको मूल्य १७ लाख ४९ हजार भारु छ। भारतमा भारु १ लाख ४१ हजार रुपैयाँ फरक रहेको यी दुई कार नेपाल आउँदा कति फरक हुन्छ भन्ने चासो अटोपारखीको छ।
दुवै कार अंग्रेजी नयाँ वर्ष २०२५ मा नेपाल आउने भएकाले यी दुई ब्रान्डबीच प्रतिस्पर्धा हुने देखिएको छ। यी दुवै एसयूभीमा आकर्षक लुक र डिजाइनका साथै भरिपूर्ण फिचरले सुसज्जित छ। नेपालमा टाटा गाडीको आधिकारिक वितरक सिप्रदी टे«डिङले हो भने महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नि इन्कर्पाेरेटेड हो।
ब्याट्री तथा मोटर पावर
महिन्द्रा बीई–६ ई मोडल दुई ब्याट्री अप्सनमा उपलब्ध हुनेछ। यसमा ५९ र ७९ किलोवाट आवरको ब्याट्री अप्सन पाउन सकिन्छ। यसमा रहेको ५९ किलोवाट आवरको ब्याट्रीसँग १७० किलोवाटको मोटर छ। कम्पनीले लङ रेन्ज भर्सनमा दिएको ७९ किलोवाट आवरको ब्याट्रीसँग २१० किलोवाटको मोटर छ। दुबै भर्सनको टर्क भने समान ३८० एनएम छ।
टाटा कर्भ ईभी पनि दुई ब्याट्री अप्सनमा पाउन सकिन्छ। जसमा ४५ किलोवाट र ५५ किलोवाट आवरको दुई ब्याट्री अप्सन उपलब्ध हुनेछ। यसमा रहेको ४५ किलोवाटको ब्याट्रीसँग ११० किलोवाटको मोटर छ। कम्पनीले ५५ किलोवाट आवरको ब्याट्रीसँग १२३ किलोवाटको मोटर दिइएको छ। दुवैको टर्क भने समान २१५ एनएम छ।
रेन्ज
एआरएआईका अनुसार महिन्द्रा बीई–६ईले सिंगल चार्जमा ६८२ किलोमिटरसम्म रेन्ज दिनेछ। टाटा कर्भ ईभीले ५०२ किलोमिटर रेन्ज दिने छ।
ग्राउन्ड क्लियरेन्स
महिन्द्रा बीई–६ई मा २०७ एमएमको ग्राउन्ड क्लियरेन्स छ भने टाटा कर्भ ईभीको ग्राउन्ड क्लियरेन्स १९३ एमएम छ।
साइज
महिन्द्रा बीई–६ई ईभीको लम्बाई ४३७१ एमएम, चौडाइ १९०७ एमएम र उचाइ १६२७ एमएम छ। यसमा २७७५ एमएम लामो ह्वीलवेस पाउन सकिन्छ। टाटा कर्भ ईभीको लम्बाई ४३१० एमएम, चौडाई १८१० एमएम र उचाई १६३७ एमएम छ। यसको ह्ीवलवेस २५६० एमएम रहेको छ।
क्याबिन फिचर
महिन्द्रा बीई–६ईमा ४५५ लिटर क्षमताको बुट स्पेस पाउन सकिन्छ। यसको इन्टेरियर पनि निकै आकर्षक देखिएको छ। १२.३ इन्चका ड्यूल स्कृनको कम्बिनेसन उत्कृष्ट छ। यसको इन्फोटेन्टमेन्ट सिस्टममा ३० भन्दा धेरै एप समावेश छन्।
कम्पनीले ड्राइभिङ मोडको नाम रेन्ज, एभ्री डे र रेस दिएको छ। क्वालकमले बनाएको स्न्यापड्रागन ८२९५ प्रोसेसर, २४ जीबी र्याम र १२८ जीवी स्टोरेज रहेको इन्फोटेन्टमेन्ट सिस्टम तीव्र गतिमा चलाउन मिल्छ। फ्ल्याटवटम स्टेरिङ ह्वील, मोड सेलेक्टर, वायरलेस चार्जर, पानारोमिक सनरुफ उपलब्ध छ।
हर्मन कार्डनको १६ स्पिकर, ड्यूल जोन क्लाइमेट कन्ट्रोल, मल्टिकलर एम्बियन्ट लाइट, ५जी कनेक्टिभिटी, लेभल २ एडास फिचर, ३६० डिग्री क्यामेरा, ७ एयरब्यागुस्ता फिचरले यसलाई अब्बल एसयूभी बनाएको छ।
टाटा कर्भ ईभीको स्पेसिफिकेशन पनि निकै राम्रो छ। कारमा स्प्लिट हेडल्याम्प, एलईडी लाइटिङ, एलईडी टेलबार र ड्युअल टोन अलोय ह्विल रहेको छ। यसको इन्टेरियरमा १२.३ इन्चको इन्फोटेनमेन्ट सिस्टम, प्यानोरामिक सनरुफ, फुल डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, रियर एसी भेन्ट्स र अटोमेटिक क्लाइमेट कन्ट्रोल छ।
एन्ड्रोइड अटो र एप्पल कार प्ले कनेक्टीभीटी, इन्फोटेन्मेन्ट सिस्टमसँगै ९ स्पीकर सहित उत्कृष्ट साउण्ड सिस्टम दिइएको छ। डाइनामिक गाइड लाइन सहितको रियर पार्किङ क्यामरा र भेहिकल टु भेहिकल तथा भेहिकल टु लोड चर्जिङ सुविधा उपलब्ध छ।
सुरक्षाका लागि टाटा कर्भ ईभीमा ६ वटा एयरब्याग, चारै चक्कामा डिस ब्रेक, अटो होल्ड असिस्ट, ड्राइभर डोजअफ अलर्ट सहितको एड्भान्स इएसपी, लेबल २ एडास र एड्भान्स भेहिकल अलर्ट सिस्टम जस्ता अन्याधुनिक फिचर छन्। अन्य सेफ्टी फिचरमा आइएसओ फिक्स, सिटवेल्ट रिमाइण्डर, ३६० डिग्री क्यामरा, ब्लाइन्ड स्पट मनिटरिङ सिस्टम छ।