काठमाडौं। द वन्डरल्यान्ड गेम जोनले वन्डरल्यान्ड कार्निभल आयोजना गर्ने भएको छ। कार्निभल कार्यक्रम डिसेम्बर २४ देखि जनवरी १ सम्म सञ्चालन गरिनेछ।
परिवार र साथीसँग जान सकिने कार्निभलमा अतिरिक्त खेल, मस्कट परेड, सान्ता क्लाजको उपस्थिति, बिंगो सत्र, लक्की ड्र, खेल प्रतियोगिता, खाने चुनौती, लाइभ ब्यान्ड, संगीत प्रस्तुति, डिस्को नाइटजस्ता रोमाञ्चक गतिविधि हुनेछन्।
कार्यक्रमअन्तर्गत वन्डरल्यान्डको एक वर्षको सफलता मनाउन र एकवर्षे अवधिमा वन्डरल्यान्डले उत्कृष्ट मनोरञ्जन स्थलको रूपमा आफ्नो स्थान बनाउन सफल भएको छ।
नेपालको शीर्ष रमाइलो पार्क वन्डरल्यान्ड नेपालमा हरेक उमेर समूहका लागि आकर्षित गर्दै आएको छ। थ्रिल राइड्सदेखि लिएर पूर्णतः डुब्दो भर्चुअल रियालिटी अनुभवसम्म सबैका लागि आकर्षक गतिविधि उपलब्ध छन्।
गो-कार्टिङ, मोटोराइज्ड, मोटोराइज्ड जिपलाइन, प्रोजेक्सन बलिङ, ट्रयाम्पोलाइन, आउटडोर राइडस्, आर्केड गेम्सजस्ता सुरक्षित र रोमाञ्चक गतिविधिले परिवारलाई अविस्मरणीय याद सिर्जनामा सहयोग गर्ने आयोजकको भनाइ छ।