भारतीय अभिनेता र फिल्म निर्माता जोन अब्राहमले नेपाल सरकारका संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई पत्र लेख्दै चितवन हात्ती महोत्सवमा हात्तीलाई भएको दुर्व्यवहार रोक्न आग्रह गरेका छन्। महोत्सवमा हात्तीलाई दौड, सवारी, पोलो र फुटबल खेलाउनका लागि अत्याचार गरिन्छ।
अब्राहमले पत्रमा भनेका छन्, "नेपाल मेरो मनमा विशेष स्थान राख्छ, त्यसैले मैले तपाईंलाई यो पत्र लेखेको हुँ। म बुझ्दछु कि यी परम्परा केहीलाई रमाइलो लाग्न सक्छ, तर म चासो प्रकट गर्न चाहन्छु कि यी खेलहरूले हात्तीहरूलाई कति कष्ट दिन्छ। यी बुद्धिमान र संवेदनशील जनावरहरूलाई मानसिक र शारीरिक दबाबको सामना गर्नुपर्छ।"
उनले थपे, "मैले हात्तीहरूलाई उनीहरूको प्राकृतिक स्थानमा देखेको छु र ती जनावरहरू शक्ति, सौम्यता र बुद्धिमताको प्रतीक हुन्। नेपालले संसारलाई हात्तीहरूको सम्मान र रक्षा गर्ने तरिका देखाउन ठूलो भूमिका खेल्न सक्छ।"
अब्राहमले मन्त्रीलाई महोत्सवका हात्ती खेलहरू रद्द गर्न र नेपाललाई एक यस्तो भविष्यतर्फ लैजानको लागि अनुरोध गरेका छन् जहाँ सबै जीवजन्तुहरूको सम्मान र रक्षा गरिन्छ।
पेटा एशियाले पहिले नै महोत्सवका समयमा हात्तीलाई पीटिने र हानिने घटनाहरू सार्वजनिक गरेको थियो। केही हात्तीहरूमा गहिरो घाउ थिए र यी हात्तीहरूलाई चितवनमा पर्यटकहरूले सवारीको रूपमा प्रयोग गर्थे।
अब्राहमले लेखेका छन्, "नेपालको भविष्य यसका जनता, वन्यजीव र प्राकृतिक सौन्दर्यलाई सम्मान गर्ने निर्णयले निर्माण हुनेछ।"