काठमाडौं। नेपालको अग्रणी राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले पुस ६ देखि २६ गतेसम्म पठाओ सुपरफेस्ट आयोजना गर्ने भएको छ।
‘अफर यस्तो बबाल, ब्रह्माण्ड नै लोभिन्छ’ नारासहित आयोजित सुपरफेस्टमा गत वर्ष मिस्टर हुलहुल मात्रै आएकामा यस वर्षको सुपरफेस्टमा एलियन जोडी नै आएको थिममा पठाओले प्रचार गरेको छ। एलियनहरू पठाओको सुपरफेस्टको छुट र अफर देखेर ब्रह्माण्डबाटै आएको थिममा कम्पनीले यस्तो प्रचार गरेको हो।
कम्पनीका अनुसार सुपरफेस्टमा पठाओ फूडमा मात्रै नभई राइडमा समेत सेवाग्राहीले ८० प्रतिशतसम्म छुट पाउनुका साथै विभिन्न आकर्षक अफर प्राप्त गर्नेछन्।
यस वर्षको पठाओ सुपरफेस्टमा सेवाग्राहीले प्रत्येक राइड वा फुड अर्डरका आधारमा सो बराबरको प्वाइन्ट्स प्राप्त गर्न सक्ने तथा पठाओ एपभित्रै पोइन्ट्सको डिल सेक्सनमा गएर रिडिम गरी राइडको प्रोमो कोड पाउन सकिने पठाओ नेपालका निर्देशक सुरक्षा हमालले जानकारी दिइन्।
सुपरफेस्टमा केचप किन्दा पिज्जा फ्री, बर्गर किन्दा अर्को बर्गर फ्री, चिकन बिरयानीमा चिकन सेकुवा फ्री, १ रुपैयाँमा दुई क्रन्ची चिकन बर्गर÷बीबीक्यू चिकन विङ्ग्स÷चिकन राइस बउल/मिट लभर्स पिज्जा/चिकन बिर्यानीलगायतका अफर उपलब्ध गराइएको छ।
कम्पनीले सुपरफेस्ट सुरु हुनुअघि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पठाओ एलियनुको भेषमा मिस्टर हुलहुल र मिसेस हुलहुल घुम्न पठाएको थियो। कम्पनीले यसलाई गुरिल्ला मार्केटिङ भनेको छ, जुन गत वर्ष नेपालमै पहिलो पटक पठाओले प्रयोग गरेको हो।
मिस्टर हुलहुल र मिसेस हुलहुलको जोडीलाई सबैमाझ परिचित गराउन कम्पनीले टिकटकमा भिडियो प्रतिश्पर्धासमेत गरिरहेको जनाएको छ । सुपरफेस्ट अवधिमा उनीहरुसँग भिडियो बनाएर टिकटकमा राखिने भिडियोमध्येबाट सबैभन्दा बढी लाइक, सेयर र भ्यूजका आधारमा एक जनालाई १० हजार नगद उपहार दिनेछ।
अफर हरेक दिन बिहान १० देखि राती ९ बजेसम्म उपलब्ध हुनेछन्। साथै फ्लास सेल्स तथा रेस्टुराँ अर्डरमा ८० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ।