काठमाडौँ। काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा जग्गा विकास गर्दै आएको लिजेण्ड प्रोपर्टीको फिल्डमा नबिल बैंक पुगेको छ। नबिल बैंक र लिजेण्ड प्रोपर्टी प्रालिबीच सस्तो र सुलभ व्याजदरमा छिटो प्रक्रियाबाट ऋण दिने विषयमा दुई पक्षीय सम्झौता भएको झण्डै तीन सातापछि फिल्ड निरीक्षण गरेको हो।
भक्तपुरको पलासेमा रहेको आयोजना स्थलमै पुगेर नबिल बैंकका उच्च व्यवस्थापक, लिजेण्ड प्रोपर्टीका सञ्चालक र कर्मचारीबीच अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ। लिजेण्ड प्रोपर्टीले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा सञ्चालनमा रहेका र सञ्चालनको तयारीमा रहेका आयोजनाको बारेमा उपाध्यक्ष पूर्णबहादुर लिम्बुले गराएका थिए। उनले आयोजना निर्माणपूर्व भोग्नु परेको समस्या र निर्माणपछि पाएको हौसलाको विषयमा उल्लेख गरेका थिए।
पूर्ण रुपमा सरकारी मापदण्ड पूरा गरेर घर निर्माणपूर्व तयार पार्नुपर्ने सम्पूर्ण संरचनासहितको जग्गा तयार पारिएकोले ग्राहकलाई सहज र सरल तरिकाले ऋण उपलब्ध गराउन प्रबन्ध निर्देशक रविन राईले गरेका थिए।
बैंकतर्फबाट प्रतिनिधित्व गर्दै नबिल बैंकका क्लस्टर हेड हरिप्रसाद कोइरालाले जग्गा खरिदमा मात्र हैन घर निर्माणमा समेत सहुलियतपूर्ण कर्जा दिन तयार रहेको बताए। ‘हामी जग्गा मात्र हैन, घर निर्माणको लागि समेत ऋण दिन्छौँ,’ क्लस्टर हेड कोइरालाले भने, ‘लिजेण्ड प्रोपर्टीसँग जोडिन पाउँदा खुसी लागेको छ, हाम्रा ग्राहकलाई समेत जोडाउछौँ।’
बैंकसँगको अभिमुखिकरणले ग्राहकसँगै कर्मचारीलाई समेत हाम्रो पछाडि बैंक छ र हामी अगाडि बढिरहेका छौँ भन्ने सन्देश दिएको लिजेण्ड प्रोपटीका अध्यक्ष प्रविण कुस्माको भनाइ छ। ‘बैंकको फिल्ड भिजिटले हामीलाई थप बलियो बनाएको छ,’ अध्यक्ष कुस्माले भने, ‘ग्राहकलाई ढुक्क भएर जग्गामा लगानी गर्ने वातावरण बनेको छ।’
लिजेण्ड प्रोपर्टीले आफ्ना आयोजनाका जग्गाहरु नेपाल सरकार उपत्यका विकास प्राधिकरणबाट स्वीकृति प्राप्त गरी खरिद बिक्री गर्दै आएको छ। यसअन्तर्गत ६ वटा जग्गा विकास आयोजना सञ्चालनमा छन्। आयोजना काठमाडौं उपत्यकाभित्र भक्तपुरको पलासे, सिपाडोल, चागुनारायण नगरपालिकाको कलामशे, ललितपुरको दक्षिणकाली नगरपालिका चाङ्लाखेल, काभ्रेको बालुवा र कास्कीको पोखरामा रहेका छन्।
भक्तपुरको पलासेमा रहेको रिखेटार पाखो जग्गा विकास आयोजना २८५ रोपनी क्षेत्रफलमा फैलिएको छ। यस आयोजनाको ८५ प्रतिशत जग्गा बिक्री भइसकेको छ। सिपोडोलमा रहेको भाइरल जग्गा विकास आयोजना करिब ४०० रोपनी क्षेत्रफलमा फैलिएको छ। यस आयोजनाको पनि ७५ प्रतिशत जग्गा बिक्री भइसकेको छ।
चागुनारायण नगरपालिकाको कलामशे जग्गा विकास आयोजना सरकारी प्रक्रिया पूरा गरी बुकिङको लागि खुल्ला गरिएको छ। यो आयोजना ७० रोपनी क्षेत्रफलमा फैलिएको छ।
त्यसैगरी दक्षिणकाली नगरपालिकाको चाङ्लाखेलमा निर्माण भइरहेको जग्गा विकास आयोजना सरकारी प्रक्रियाको अन्तिम चरणमा रहेको छ। यहाँ ६५ रोपनी क्षेत्रफलमा आयोजना निर्माण हुँदैछ।
काभ्रेको बालुवामा रहेको नयाँ गाउँ जग्गा विकास आयोजना करिब २४० रोपनी क्षेत्रफलमा फैलिएको आयोजना स्वीकृति र निर्माणको प्रक्रियामा रहेको छ। यसैगरी अर्को आयोजना पर्यटकीय क्षेत्र कास्कीको पोखरामा समेत विस्तार गरिँदैछ।
जग्गा विकास आयोजना गर्दा आफ्नो जग्गासँगै स्थानीय जग्गा धनीलाई समेत सहभागिता गराउँदै आइएको छ। सरकारी मापदण्ड पूरा गर्दै नेपाल सरकार शहरी विकास मन्त्रालयअन्तर्गतको उपत्यका विकास प्राधिकरण र स्थानीय निकायसँग समेत समन्वय गर्दै आफ्नो आयोजनालाई अगाडि बढाउँदै आएका छ।
लिजेण्ड प्रोपर्टी प्राइभेट लिमिटेड सरकारी मापदण्ड पूरा गर्नु पर्दछ भन्ने कुरामा सजक रहँदै सरोकारवाला सबै पक्षसँग सार्वजनिक सुनुवाइ गर्दै जग्गा विकास आयोजना निर्माण गर्दै आएको छ। अभिमुखिकरण कार्यक्रममा नबिल बैंकका तर्फबाट रिटेल ल्याण्डिङ म्यानेजर, बिजनेश डेभलप्मेण्ट अफिसरसहित भक्तपुर जिल्लाका विभिन्न शाखाका म्यानेजरहरुसँगै लिजेण्ड प्रोपर्टीका सञ्चालकहरू र कर्मचारीको उपस्थिति थियो।