काठमाडौं। भारत मोबिलिटीमा सहभागिताबारे नेपालस्थित भारतीय दूतावासका प्रमुख वाणिज्य सचिव सुमन शेखरको प्रमुख आतिथ्यमा नाडा केन्द्रीय कार्यसमिति पदाधिकारी तथा सदस्यबीच काठमाडौंमा छलफल भएको छ।
अन्तरक्रियाममा इन्जिनियरिङ एक्सपोर्ट प्रमोसन काउन्सिल अफ इन्डियाका पल्लवी साह, सोसाइटी अफ इन्डियन अटोमोबाइल मेनुफेक्चर्स (सीयाम)का देवाशीष मजुमदर तथा नाडाका अध्यक्ष करण चौधरीबीच रोड्स शो अन भारत मोबिलिटी ग्लोबल एक्स्पोबारे छलफल भएको नाडाले जनाएको छ।
आगामी जनवरी १७ देखि २२ सम्म सीयामको पहलमा नयाँ दिल्लीको भारतमण्डप, यसोभूमि द्वारिका र ग्रेटर नोइदामा भारत मोबिलिटीअन्तर्गत अटो एक्स्पो द मोटर शो २०२५ आयोजना गरिन लागेको नाडा उपाध्यक्ष राजनबाबु श्रेष्ठले बताए।
छलफलमा नाडा महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्यसमिति सदस्यद्वय कपिल शिवाकोटी, यमुना श्रेष्ठ, प्रकाश कपुरी, ऋद्धि कार्की, दीपेन्द्रकुमार मिश्रा, मेघराज पौडेल, नीलमणि पाठक, अभिक ज्योति, दीपकराज गिरी, नवीनकुमार पारख र नारायणप्रसाद पौडेल उपस्थित थिए।