काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अवसर पारेर सञ्चालन गरेको रोमाञ्चक अफर सम्पन्न भएको जनाएको छ। अफरअन्तर्गत १ हजार वटा एनपीएल टिकट ग्राहकलाई वितरण गरिएको कम्पनीले बताएको छ।
अफरअन्तर्गत सीजी इलेक्ट्रोनिक्सका उत्पादन खरिद गर्ने ग्राहकमध्ये लक्की ड्रमार्फत १ हजार जना विजेता छनोट गरिएको थियो। विजेताले कीर्तिपुरस्थित क्रिकेट रंगशालामा प्रत्यक्ष खेल हेर्ने अवसर प्राप्त गरेका छन्।
कम्पनीले एलजी, सीजी, टीसीएल, गोदरेज, बेको, सेन्साई, ब्ल्याक एन्ड डेकर, माइडिया, केन्ट, एलिका र क्रम्प्टनजस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादन खरिद गर्ने ग्राहकमध्येबाट लक्की ड्रमार्फत भाग्यशाली विजेता छनोट गरी सबै टिकट वितरण गरेको हो।
टीभी, वासिङ मेसिन, फ्रिज, एयर कन्डिसनर, विभिन्न प्रकारका हिटर, डिसवासरलगायत र साना घरेलु उपकरण एयर फ्रायर, भ्याकुम क्लिनर, आइरन, कफी मेकरजस्ता उत्पादन खरिदमा ग्राहक उत्साह देखिएको कम्पनीको भनाइ छ।