काठमाडौँ। नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले लगानी योग्य रकम व्यवस्थापन गर्न नसके बैंकहरू थप जोखिममा पर्ने बताएका छन्। नेपाल बैंकर्स संघको ३८औँ वार्षिक कार्यक्रममा उनले बैंकिङ क्षेत्रले चौतर्फी चुनौती भोगिरहेको अवस्थामा तरलताको व्यवस्थापन गर्न नसके जोखिम थपिने बताएका हुन्।
'अहिले रहेको प्रयाप्त तरलता व्यवस्थापन गर्न नसक्दा भोलिका दिनमा बैंक जोखिममा पुग्ने सम्भावना हामीले देखेका छौँ, अहिले जुन किसिमले सबै सेक्टरको कन्फिडेन्स लो भएको अवस्था र व्यापार व्यवसायमा आएको सुस्थता र आर्थिक गतिविधिको कारण खराब कर्जाको अवस्था छ त्यो पनि अलि अप्ठ्यारो स्थितिमा हामी पुगेका छौँ,' उनले भने ।
गत वर्ष बैंकको एनपिल ४ प्रतिशतभन्दा माथि पुगेको अवस्थाले पनि नेपालको बैंकहरू अप्ठ्यारो अवस्थामा पुगेको देखिएको उनको भनाइ छ। 'एनपिएल ४५ माथि पुगिसकेको अवस्था छ, तर त्यो भनिरहँदा यो दक्षिण एशियाको औषतभन्दा कम हो, समस्यामा चाहिँ हामीमा छ, अहिले सजग हुनुपर्ने अवस्था हामीले देखिरहेका छौँ,' उनले थपे।
यद्यपि नेपालको बैंकहरुले दक्षिण एशियाकै राम्रो बैंकिङ अभ्यास गरिरहेको उनको भनाइ छ। ४० अर्बभन्दा कर तिरेको तर पछिल्लो समय बैंकिङ सबैभन्दा चुनौतीपूर्ण अवस्थामा पुगेको भन्दै वित्तीय नीतितर्फको समस्या र राजनीतिक अस्थिरताका कारण बैंकहरू विभिन्न समस्यामा जुधिरहेको उनको भनाइ थियो।
बेलाबेलामा देखिने तरलता अस्थिरको अवस्थाले बैंकहरू अप्ठेरोमा पर्ने गरेका छन्। अहिले पनि ७ खर्ब लगानीयोग्य रकम लिएर बसेको बताउँदै उनले व्यवस्था गर्न नसक्ने थप समस्यामा पर्ने बताए।