काठमाडौं । बिद्युतको पोलभाड विवाद समाधान गर्न गठित समितिले नेपाल विद्युत प्राधिकरणलाई तत्काललाई १० प्रतिशत भाडा बढाउँन सुझाव पेस गरेको छ ।
गत मंसिर १ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सह–सचिव राधिका अर्याललको संयोजकत्वमा उक्त समस्या समाधन समिति गठन गरेको थियो ।
समिति गठन भएको झन्डै तीन महिनापछि १० प्रतिशत मात्र पोलभाड बढाउन सुझाव दिएको हो । अघिल्लो बर्षको साउनमा विद्युत प्राधिकरणले इन्टरनेट तथा केबल टिभिका तार प्राधिकरणको संरचना प्रयोग भाडा दरमा २५ प्रतिशतले बढाएको थियो ।
प्राधिकरणले फाइबर विद्युतका पोल प्रयोगगरी प्रयोग गरेबापत बढाएको पोलभाड प्रति असन्तिुष्टि जनाउँदै विरोध जनाउँदै आएका थिए । अहिले टेलिकम तथा इन्टरनेट केबल टेलिभिजन सेवाप्रदायकले अहिले विद्युत् प्राधिकरणको पोल प्रयोग गरेर सेवा दिइरहेका छन् ।
विद्युत् प्राधिकरणले पोल प्रयोगको भाडा बढाएपछि पछिल्लो समय सेवाप्रदायक र प्राधिकरणबीच यो विषय विवादित बन्दै आएको थियो ।
इन्टरनेट सेवाप्रदायक संघ नेपालका एक अधिकारीले पोलभाडा विवाद समाधान गर्न गठित समितिले १० प्रतिशत बढाउन सुझाव दिएको सूचना आएको बताए । उनका अनुसार समितिले प्रत्यक ५÷५ बर्षमा ५ प्रतिशतका दरले पोलभाड बढाउन सुझाव पेस गरेको छ ।
के हुँदैछ तार भुमिगत मोडालिटि ?
दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई पूर्वाधार कम्पनीको रुपमा काठमाडौं उपत्यकाको १५ रुटमा तार भुमिगत गर्ने जिम्मा दिएको छ । टेलिकमका अनुसार अब केहिदिनमै दूरसञ्चार प्राधिकरणलाई मोडालिट तयारपारी पेस गर्ने तयारी गरेको छ । यसका लागी टेलिकमले छुट्टै पूर्वाधार कम्पनी खोल्ने तयारी रहेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए ।
टेलिकमले प्राधिकरणलाई कार्यविधि पेसगरी पूर्वाधार सियरिङ्, शुल्क तथा प्राविधिक बिषय पेस गरिसकेपछि प्रक्रिया अगाडी बढ्ने प्राधिकरणले जनाएको छ । टेलिकमले पहिलो चरणमा विमानस्थल–तीनकुन–कलंकी, विमानस्थल–जोरपाटी, चावहिल–महाराजगंज, सिंहदरबार–बालुवाटर–शीतलनिवास रूटका अव्यवस्थित तार भूमिगत गर्ने छ ।
त्यसैगरी सिंहदरबार–थापागाउँ–बानेश्वर, थापाथली–भैंसीपाटी–मन्त्रिनिवास, अनामनगर–भद्रकाली–दरबारमार्ग, गौशाला–कमलपोखरी, तीनकुने–सूर्यविनायक, न्युरोड–बसन्तपुर, सिनामंगल–पुतली सडक, पुलचोक–कृष्ण मन्दिर क्षेत्रका तार भूमिगत गर्ने योजना अघि बढेको छ ।