काठमाडौं। सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी सी६३ को ४ प्लस ६४ भेरियन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ। रियलमी सी६३ मा ६.७४ को एचडी डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट, ५० मेगापिक्सेल एआई क्यामेरा समावेश छन्।
फास्टेस्ट एभर ४५ वाट सुपरभोक चार्जिङ, सबैभन्दा स्लिम मोबाइल बडि र भिगन फिनिसका साथ सार्वजनिक रियलमी सी ६३को ४ प्लस ६४ जीबी भेरिएन्टले बजारमा नयाँ बेन्चमार्क सेट गर्ने विश्वास कम्पनीले लिएको छ। रियलमी सी६३ को यो भेरियन्टले प्रयोगकर्तालाई अत्याधुनिक प्रविधि र उत्कृष्ट अनुभव प्रदान गर्ने रियलमीका हेड अफ स्ट्राटेजी एण्ड रिसर्च मुनिस गिरीले बताए।
फास्ट चार्जिङ र शक्तिशाली ब्याट्री
४५ वाटको सुपरभोक चार्जर रहेको रियलमी सि ६३ छिटै चार्ज गर्न सकिन्छ। साथमा ५००० एमएएचको शक्तिशाली ब्याट्री रहेको यस स्मार्टफोनलाई १ चार्जमा दिनभर आरामले प्रयोग गर्न सकिन्छ। ३८ दिनको स्ट्यान्ड बाई टाइम भएको रियलमी सी ६३ लाई १ मिनेट चार्ज गर्दा एक घन्टासम्म कुरा गर्न सकिने दाबी कम्पनीको छ।
३८ प्रकारका चार्ज प्रोटेक्सन र स्मार्ट चार्ज टेक्नोलोजीका साथ रियलमी सी ६३ ले केवल छिटो चार्जिङ मात्र होइन, उच्च सुरक्षा पनि सुनिश्चित गर्दछ। विश्वका उत्कृष्ट चार्जिङ स्ट्यान्डर्ड पूरा गरेको स्मार्टफोनले गेमिङ, स्ट्रिमिङ वा कामका लागि दिनभरि भरपर्दो पावर उपलब्ध गराउँछ।
आकर्षक डिजाइन र उच्चतम अडियो
७.७४ मिलिमिटर चौडाइ भएको रियलमी सि ६३ जेड ग्रीन र लेदर ब्लू रंगमा डिजाइन गरिएको छ। केवल १९१ ग्राम तौल भएको यो फोन चलाऊन पनि उत्तिकै सहज छ। वान–माइक नोइज क्यान्सलेसन र सुपर लिनियर मोनो स्पिकर पनि भएको हुँदा यसको अडियो क्वालिटी पनि राम्रो रहेको छ। साथमा म्याजिक ग्लोइङ डिजाइनले भिजुअल रिपल इफेक्ट पनि प्रदान गर्दछ।
टिकाउ एवं उत्कृष्ट प्रदर्शन
रियलमी सी ६३ लाई दीर्घकालीन प्रयोगका लागि विशेष रूपमा डिजाइन गरिएको छ। यसले रियलमी ल्याबबाट ४८ महिनाको फ्लुएन्सी प्रमाणपत्र प्राप्त गरेको छ जसले ४ वर्षसम्म बिना कुनै रोकावट र ल्याग–फ्री प्रदर्शन सुनिश्चित गर्दछ। यो स्मार्टफोन अक्टा–कोर चिपसेटद्वारा निमार्ण भएको छ जसमा ४ प्लस ४ जीबीको डाइनामिक र्याम र १२८ जिबीसम्मकोे स्टोरेज अप्सन रहेको छ, जुन ग्राहकका लागि अधिकतम हुन्छ।
एडभान्स क्यामेरा सिस्टम
रियलमी सी ६३ मा ५० मेगापिक्सेलको एआइ क्यामेरा रहेको छ। साथमा ८ मेगापिक्सेलको सोनी आईएमएक्स ३५५ अल्ट्रा–वाइड–एंगल लेन्सले वाइड फिल्ड अफ भ्यु प्रदान गर्दछ। यसमा नाइट मोड, म्यानुअल मोड, पानोरामा, पोट्रेट मोड, टाइम–ल्याप्स, स्लो मोसन, क्युआर कोड र गूगल लेन्सजस्ता फिचर पनि समावेश रहेको छ। ७२० पिक्सेलको भिडियो ३० एफपिएसमा पनि यसको क्यामराले खिच्न सक्छ। त्यसैगरी स्ट्रिट फोटोग्राफी फिल्टरले सहरका उत्कृष्ट दृश्य खिच्छ।
आधुनिक जीवनशैलीका लागि नवीनतम विशेषता
रियलमी सी ६३ मा एयर जेस्चर प्रविधि रहेको छ। यसमा प्रयोगकर्तालाई फोन नछोईकनै कल उठाउन वा सामाजिक सञ्जालमा ब्राउज गर्न सक्ने सुविधा छ। डाइनामिक बटनले थप सहजता दिन अनुकूलन गर्न मिल्ने सर्टकट उपलब्ध गराउँछ भने राइडिङ मोडले यात्राको क्रममा थप सुरक्षित बनाउँछ।
एआई न्वाइज रिडक्सन कल फिचरको माध्यमबाट रियलमी सि ६३ ले वरपरको अवाञ्छित आवाजलाई दबाएर नोइजी वातावरणमा पनि स्पष्ट र क्लीयर कलको अनुभव दिन्छ ।
मूल्य
रियलमी सी ६३को ४ प्लस ६४ जीबी स्टोरेज भेरियन्ट १४,४९९ मा जेड ग्रीन र लेदर ब्लू रंगमा नेपालभर उपलब्ध रहेको कम्पनीले जनाएको छ।