काठमाडौं। ओमोडा एन्ड जेइकोको पछिल्लो ब्याट्री इभी ओमोडा फाइभले विश्वव्यापी सुरक्षा मापदण्डमा उत्कृष्ट प्रदर्शन गर्दै युरो एनक्याप र एनक्याप दुवैबाट प्रतिष्ठित फाइभ(स्टार सेफ्टि रेटिङ हासिल गरेको छ ।
यसअघिको ग्लोबल मोडल ओमोडा फाइभले पनि युरो एनक्याप, एनक्याप र एएसइएएन एनक्यापजस्ता प्रमुख सेफ्टी संस्थाबाट फाइभ(स्टार रेटिङ प्राप्त गरेको थियो।
सुरक्षाको त्यही श्रेणीलाई निरन्तरता दिँदै ओमोडा इफाइभको बिइभी संस्करणले अन्य परीक्षणको साथ ‘फ्रन्टल अफसेट’ र ‘ओब्लिक पोल टेस्ट’ आदि थप दुर्घटनाका परीक्षण पार गर्यो र सुरक्षाका सम्पूर्ण क्षेत्रमा उत्कृष्ट पर्फमेन्स सुनिश्चित गरेको छ।
यसले युरो एनक्यापमा सेफ्टि असिस्ट सिस्टम (सुरक्षा सहायता प्रणाली)का लागि ८८५ अंकका साथ एडल्ट अकुपेन्ट प्रोटेक्सन (वयस्क यात्रु सुरक्षा) र चाइल्ड अकुपेन्ट प्रोटेक्सन (बाल यात्रु सुरक्षा)का लागि ८७५ अंक प्राप्त गरेको छ। त्यसैगरी एनक्याप परीक्षणमा ओमोडा इफाइभले एडल्ट अकुपेन्ट प्रोटेक्सनका लागि ८७५, चाइल्ड अकुपेन्ट प्रोटेक्सनको लागि ८८५, र सुरक्षा सहायताका लागि ८३५ अंक प्राप्त गरेको छ।
ओमोडा इफाइभमा ७८५ रेसियो ९अनुपात०को ‘हाइस्ट्रेन्थ स्टिल बडी’ रहेको छ। गाडीको अगाडिको भागमा ‘अल्ट्रा (हाइ स्ट्रेन्थ स्टिल’ र साइड पिलरमा ‘रिइन्फोर्स्ड स्टिल’ समावेश गरिएको छ। यी सुविधाले गाडी दुर्घटना हुँदा सुरक्षा सुनिश्चित गर्दछ र अगाडिका भागमा गाडी ठोक्किँदा ‘क्याबिनमा पर्ने असर कम गर्दछ। यसले गर्दा गाडीमा सवार सबैको प्रभावकारी सुरक्षा सुरक्षित हुन्छ। ‘स्टेबल चाइल्ड सिट इन्टरफेस’ र अप्टिमाइज्ड एयरब्याग सुरक्षाले गर्दा ओमोडा इफाइभ बाल यात्रुको सुरक्षामा पनि उत्कृष्ट रहेको कम्पनीकाे भनाइ छ।
ओमोडा इफाइभमा अत्याधुनिक सक्रिय सुरक्षा प्रविधिहरू पनि रहेको छ । यसको अटोमेटिक इमर्जेन्सी ब्रेकिङ प्रणालीले अन्य सडक यात्रुबाट हुने सम्भावित जोखिमबाट बचाउँदछ। इफाइभको फराकिलो स्पिड रेन्ज, र छिटो रेस्पोन्स(टाइमले गर्दा दुर्घटना जोखिम न्यूनीकरण गर्दछ।
उत्कृष्ट सुरक्षाका अलावा ओमोडा इफाइभमा ४३० किमिको डब्लुएलटिपी रेन्ज, २८ मिनेटभित्रै ३०५ बाट ८०५ चार्ज हुने फास्ट रिचार्जिङ सुविधा र शान्त ड्राइभिङ अनुभवका लागि मात्र ६२.९ डेसिबलको नोइज लेभल९१२० किमि प्रतिघण्टा (स्पिड)मा रहेका छन्। यी विशेषताले गर्दा ओमोडा इफाइभ विद्युतीय रेन्ज र इफिसियन्सि दुवैको लागि उत्कृष्ट रोजाइको इभी रहेको छ।
ओमोडा इफाइभको यो सफलताले विश्वव्यापी शीर्ष नेता तथा व्यक्तित्वको पनि समर्थन प्राप्त गरेको छ। विभिन्न देशका सरकारले ओमोडाको ‘न्यू इनर्जी स्ट्राटेजी’लाई बलियो समर्थन देखाएका छन् भने इन्डोनेसिया, मलेसिया र टर्कीका विभिन्न अधिकारीले ओमोडाको नयाँ ऊर्जा प्रविधि र डिजाइनको प्रशंसा गरेका छन्। यो समर्थनले विश्वव्यापी बजारमा ओमोडाको स्थान र लोकप्रियतालाई थप जोड दिन्छ।
डबल फाइभ स्टार सेफ्टि रेटिङ र अत्याधुनिक प्रविधिको साथ, ओमोडा इफाइभले इलेक्ट्रिक गाडीको बजारमा ‘सुरक्षा र पर्फर्मेन्स’का लागि नयाँ उचाइ हासिल गरेको छ। ओमोडा एन्ड जेइको विश्वव्यापी रूपमा सबैभन्दा छिटो बढ्ने व्यक्तिगत कार ब्रान्ड हो, जसको हाल विभिन्न ३२ देश तथा क्षेत्रमा १००० भन्दा बढी सोरुम र ३,७०,००० भन्दा बढी प्रयोगकर्ता छन्।
ब्रान्डको सन् २०२४ को अन्त्यसम्ममा स्पेन, युके र पोल्याण्डमा आफ्नो सोरुम नेटवर्कलाई उल्लेखनीय रूपमा विस्तार गर्ने र युरोपियन बजारमा आफ्नो स्थितिलाई सुदृढ बनाउने योजना रहेको छ।
नेपालमा एसपीजी अटोमोबाइल्स अमोडा एन्ड जेइको अटोमोबाइलको आधिकारिक बिक्रेता हो।