काठमाडौं। सेयर बजार २.९४ अंकले बढेको छ। मंगलबार सेयर बजार सूचक नेपल स्टक एक्सचेञ्ज (नेप्से) २.९४ अंकले बढेर २६३३.८७ बिन्दुमा पुगेको हो।
अघिल्लो कारोबार दिन सोमबार नेप्से ५१.३७ अंकले घटेर २६३.९१ बिन्दुमा रोकिएको थियो।
यसअघि, गत साताको बिहीबार पनि नेप्से ३३.४२ अंकले घटेर २६८२.२९ बिन्दुमा रोकिएको थियो भने बुधबार नेप्से ४५ अंकले बढेको थियो। त्यसअघिका पाँच कारोबार दिन भने नेप्से लगातार घटेको थियो।
मंगलबार नेप्सेमा कुल ४ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन सोमबार भने नेप्सेमा कुल ५ अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
मंगलबार कारोबारमा आएका मध्ये ११७ कम्पनीका सेयर मूल्य बढ्दा ११७ कम्पनीको घटेको छ। यस्तै, १० कम्पनीको सेयर मूल्य भने स्थिर छ।
मंगलबार सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लाग्दा जानकी फाइनान्स कम्पनीको सेयर मूल्य ९.८५ प्रतिशत र गुँरास लघुवित्त वित्तीय संस्थाको मूल्य ८.४२ प्रतिशतले बढेको छ।
मंगलबार कुथेली बुखारी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लाग्दा आरबीबी म्युचअल फन्डको मूल्यमा ५.४८ प्रतिशत र रिभर फल्स पावर कम्पनीको सेयर मूल्य ५.२३ प्रतिशतले घटेको छ।
मंगलबार बैंकिङ समूहको सेयर मूल्य ०.१७ प्रतिशत, फाइनान्स समूहको ०.८७ प्रतिशत, होटल तथा पर्यटन ०.१८ प्रतिशत, हाइड्रोपावरको ०.१४ प्रतिशत, लघुवित्त समूहको ०.५६ प्रतिशत र निर्जीवन बिमा समूहको सेयर मूल्य ०.१९ प्रतिशतले बढेको छ।
यस्तै, विकास बैंक समूह ०.६५ प्रतिशत, लगानी समूह ०.२१ प्रतिशत, जीवन बिमा समूह ०.१५ प्रतिशत, उत्पादन समूह ०.४४ प्रतिशत र म्युचअल फन्ड समूहको सेयर मूल्य ०.४८ प्रतिशतले घटेको छ।