काठमाडौं। सेयर बजारमा ५१ अंकको गिरावट आएको छ। सोमबार सेयर बजार सूचक नेपला स्टक एक्सचेञ्ज (नेप्से) ५१.३७ अंकले घटेर २६३०.९१ बिन्दुमा सीमित भएको हो।
अघिल्लो कारोबार दिन बिहीबार पनि नेप्से ३३.४२ अंकले घटेर २६८२.२९ बिन्दुमा रोकिएको थियो। गत साताको बुधबार नेप्से ४५ अंकले बढेको भएपनि त्यसअघिका पाँच कारोबार दिन लगातार घटेको थियो।
सोमबार नेप्सेमा कुल ५ अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बिहीबार भने नेप्सेमा कुल ६ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
सोमबार कारोबारमा आएकामध्ये १५ कम्पनीको सेयर मूल्य बढ्दा २२७ कम्पनीको घटेको छ। यस्तै, २ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
सोमबार कुथेली बुखारी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा जोशी हाइड्रोपावर डेभलपमेन्टको ८.७० प्रतिशत, कुमारी सबल योजनाको ५ प्रतिशत र नेशनल हाइड्रोपावरको ३.९८ प्रतिशतले घटेको छ।
सोमबार जानकी फाइनान्सको सेयर मूल्य ९.५८ प्रतिशत र नेपाल फाइनान्सको ७.४५ प्रतिशतले घटेको छ।
सोमबार बैंकिङ समूहको सेयर मूल्य १.४९ प्रतिशतले घटेको छ। यस्तै, विकास बैंक समूह २.०३ प्रतिशत, फाइनान्स समूह ४.४१ प्रतिशत, होटल तथा पर्यटन समूह २.३१ प्रतिशत, जलविद्युत समूह २.३६ प्रतिशत र लगानी समूहको सेयर मूल्य १.५६ प्रतिशतले घटेको छ।
यस्तै, जीवन बिमा समूहको सेयर मूल्य १.८२ प्रतिशत, उत्पादन समूह १.१६ प्रतिशत, माइक्रोफाइनान्स समूह १.८६ प्रतिशत, म्युचअल फन्ड समूह ०.९१ प्रतिशत र निर्जीवन बिमा समूह १.४२ प्रतिशतले घटेको छ।