मेरा लागि नेपालमा मञ्च सेयर गरेरै आतिथ्य क्षेत्रबारे आफ्नो अनुभव सेयर नगरेको लामो समय भइसकेको थियो। मञ्च उपयोग गर्ने काम मैले छोरा राहुललाई छाडेको थिएँ, जो गैरआवासीय नेपाली (एनआरएनए) पनि हो। राहुलको यसप्रति रुचि पनि छ। यो क्षेत्रमा जे–जति गरेको छ, उसैले गरेको हो। म नेपालकै राजनीतिक गतिरोधसँग संघर्ष गरेर बसेको छु। तथापि, नेपालमा ‘मिराया वेलनेस’को स्थापनासँगै होटल क्षेत्रमा मेरो प्रवेश भएको हो।
होटल क्षेत्रमा प्रवेशपछिका सिकाइ र भोगाइबारे अनुभव सेयर गर्न चाहन्छु। अहिले हामीले प्रतिष्ठित मेघौली ताजसँगै ६ वटा होटल सञ्चालन गरिरहेका छाैं। तथापि म विगतमा फर्कन चाहन्छु, जतिबेला हामी सानै थियौं र टाइगर टप्स रिसोर्टबारे सोच्ने गथ्र्यांै। वसन्त मिश्र हाम्रो यात्रामा सँगै हुनुहुन्थ्यो र पछि चितवनमै टेम्पर टाइगरको स्थापना गर्नुभयो। टाइगर टप्स रिसोर्टले नै नेपाललाई गन्तव्यको रूपमा स्थापित गराउने यात्राको सुरुआत गरेको थियो।
चार दशकअघि बुबा फर्निसिङ व्यवसायी हुनुहुन्थ्यो र चितवनको टाइगर टप्सका लागि जुटको कार्पेट आपूर्ति गर्नुहुन्थ्यो। टाइगर टप्सले त्यतिबेला विश्वभरका प्रख्यात व्यक्तित्वलाई आतिथ्य दिन्थ्यो। जंगल सफारीका लागि कोही पनि भारतमा रोकिँदैन थिए। सफारीका लागि अफ्रिकापछि सीधै नेपालको नाम लिने गरिन्थ्यो । म गलत छैन भने त्यतिबेलै २५०–३०० डलरसम्म लिने गरिएको थियो। पछि वसन्तजीहरुले पोखरामा पनि होटल खोल्नुभयो ।
आतिथ्य क्षेत्रको दोस्रो महत्त्वपूर्ण उपलब्धिका रूमा नेपालमा क्यासिनो स्थापनालाई लिन सकिन्छ। कसले, कसरी र किन नेपालमा क्यासिनो ल्यायो र पछि के भयो, त्यतातिर नजाऔं। तर, क्यासिनोले नेपाललाई पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्यका रुपमा चिनाउन मद्दत ग¥यो। भारतीय पर्यटक नेपाल आउनुको महत्त्वपूर्ण कारणमध्ये क्यासिनो जान र महँगा आयातीत गाडी चढ्न पाउनु हो। नेपालमा त्यही बेला टोयोटा, ड्याटसनलगायतका गाडी चल्थे। जबकि भारतमा एम्बास्डर गाडी मात्र चल्थ्यो। ८० को दशक भारतीयका लागि नेपाल सिंगापुर र हङकङजस्तो थियो, जतिबेला भारत नेहरुको समाजवादी सिद्धान्तसँग जुझिरहेको थियो।
८० को दशक भारतीयका लागि नेपाल सिंगापुर र हङकङजस्तो थियो, जतिबेला भारत नेहरुको समाजवादी सिद्धान्तसँग जुझिरहेको थियो। नेपाल कस्तो थियो र सुरुआत कसरी भयो, एउटा पक्ष हो। तर, आज हामी कहाँ छौं भन्ने विषयले महत्त्वपूर्ण अर्थ राख्दछ।
नेपाल कस्तो थियो र सुरुआत कसरी भयो, एउटा पक्ष हो। तर, आज हामी कहाँ छौं भन्ने विषयले महत्त्वपूर्ण अर्थ राख्दछ। हामी सबैलाई ज्ञात भएकै विषय हो, अझै पनि वर्षको १२ लाख पर्यटक भित्र्याउन संघर्षरत छौं। पर्यटनको योगदान कुल गार्हस्थ उत्पादन (जिडिपी) मा करिब ६.५ प्रतिशत छ । अर्को सत्य के भने हाम्रा होटलका कोठा १ हजार डलरभन्दा बढीमा बिक्री गर्न सक्ने अवस्था बनाएका छांै। होटल शिन्तामणि र मेघौलीले विशिष्ट मूल्यको सुरुआत गरिसकेको छ।
होटल क्षेत्रमा देखिएको यो विकासक्रमलाई सकारात्मक रूपमा लिइनुपर्छ र एउटा नजिर बसाउनेछ भन्ने विश्वास गर्न सकिन्छ। नेपालमा यस्ता होटल धेरै छन्। काठमाडाैं म्यारियटले राम्रो गर्दै छ भने द्वारिकाज्ले पनि साह्रै राम्रो गरेको छ। होटल कोठाको मूल्य बढाउने विषयमा प्रतिस्पर्धा आवश्यक छ। यसले संख्या मात्र नभई गुणस्तरीय पर्यटनलाई पनि टेवा दिन्छ। मूल्य प्रतिस्पर्धा कायम गर्न नसकिएको अवस्थामा भने संख्यामा जानु जरुरी छ।
तर, संख्या भनिरहँदा कसरी हालै श्रीलंकाली पर्यटन क्षेत्र गुज्रियो र ठप्प भयो भन्ने पक्ष पनि हेर्नुपर्छ। तर, आज श्रीलंकाले २५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। नेपालको सबैभन्दा महत्त्वपूर्ण र लोकप्रिय पर्यटन उत्पादन भनेको पदयात्रा (ट्रेकिङ) हो। नेपाल आउने विविध पर्यटक, जुन एउटा झोला भिरेर आउने हुन् या उच्च तहका व्यापारी अथवा ठूला कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नै किन नहुन्। उनीहरूको नेपाल आउनुको उद्देश्य सोध्ने हो भने सबैजसोको एउटै जवाफ आउँछ– टे«किङ। तर, ट्रेकिङ उत्पादनलाई बेच्न नेपाल के गरिरहेको छ भन्नेतिर एकछिन घोत्लिनुपर्ने देखिन्छ।
म आफैं पनि विभिन्न पदयात्रा (सगरमाथा आधार शिविर, अन्नपूर्ण, डोल्पो वा शे–फोक्सुन्डो आदि) मा गएको छु। तर, अहिले अवस्था कस्तो छ, खासै अद्यावधिक भएको छैन। चार÷पाँच वर्षअघि कुनै होटल वा लजमा खाना खाँदा सुत्न सित्तैमा कोठा पाइन्थ्यो। यसले देखाउँछ, हाम्रो उत्पादन कति सस्तो छ भनेर। व्यवसायीले अहिले सोच्ने र त्थ्यसैअनुरूप आफ्ना नीति अँगीकार गर्ने भने हाम्रो उत्पादनको मूल्यलाई कसरी अधिक गर्ने, कसरी नेपाललाई अन्तर्राष्ट्रिय गन्तव्य बनाउने भन्ने हो, जुन ४५ वर्षअघि नै सुरु भएको थियो।
यसबीचमा हाम्रा केही गल्ती भए र त्यसको हिस्सा सबै भएका छाैं। यसका लागि कोही एक व्यक्ति वा कुनै एक संस्था मात्र दोषी छैन र दोष थोपर्नु पनि उचित हुँदैन। हो, हामीले सफलताको उत्सव भने मनाउन सकेका छैनाैं। अन्य संस्थामा सफलताको गणना गर्न चुक्नु हाम्रो पहिलो समस्या हो। हामीले सफलतालाई तलतिर तान्न लाग्यांै वा सफलताको हत्या गर्याैं।
मुलुकमा गौतमबुद्ध, पोखराजस्ता अन्तर्राष्ट्रिय विमानस्थल पनि खुलेका छन्। भूराजनीतिक विषय एउटा होला तर, सत्य के भने यस्ता विषय देशको सबैभन्दा उपल्लो प्राथमिकतामा पारिनुपर्दछ। वर्तमान सरकार त्यसतर्फ अग्रसर रहेकाले केही खुसी हुने ठाउँ दिएको छ। नेपालमा पनि भारतमा जस्तै सञ्जाल स्थापना कार्यक्रमको सुरु गरिनुपर्छ। भारतीय जनता पार्टी (बिजेपी) सरकारले सुरु गरेको उडान योजनाअन्तर्गत भारतमा दोस्रो तहका सहर एक वा डेढ घन्टाको समयमा तेस्रो तहका सहरसँग जोडिएका छन्, त्यो पनि रेलको भाडादर बराबरको हवाई भाडामा। यस्तो हवाई सेवा नेपालमा सुरु नगरिनुपर्ने कुनै कारण छैन।
चीनको अवस्था उस्तै छ। हामीले तीन वा चार घन्टाको अर्धव्यासभित्र केन्द्रित हुने हो भने भारत र चीनबाट ५० लाख बढी पर्यटक भित्र्याउन सक्छाैं। यसले जिडिपीमा २५ प्रतिशतको वृद्धि मात्रै गराउँदैन, १ करोड ५० लाखभन्दा बढीको रोजगारी सिर्जना पनि गर्दछ। पर्यटन उद्योगको तथ्यांकअनुसार एक जना पर्यटकले औसतमा प्रत्यक्ष/अप्रत्यक्ष ३ जनाको रोजगारी सिर्जना गर्छ। पर्यटन व्यवसायले ट्याक्सी चलाउनेदेखि होटलले कमाउने मात्र होइन, खेतदेखि टेबलसम्म आइपुग्ने उत्पादनको कुरा छ। यसले मुलुकको अर्थतन्त्रमा ल्याउने तरंग बेग्लै हुन्छ।
आजकल खासै अद्यावधिक नभए पनि म नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघको अध्यक्ष हुँदा होटल उद्योगसँग महसुल (कर) बढी लिइन्थ्यो। त्यतिखेर होटललाई विलासिताको उद्योग भन्ने मानसिकता थियो। नेपालको सबैभन्दा महत्त्वपूर्ण उत्पादन, कसैले खोसेर लग्न नसक्ने उत्पादन र उत्पादनमा आधारित दुई वटा बृहंगम अर्थतन्त्रको बीचमा रहेर पनि प्रतिस्पर्धा गर्न सक्ने क्षेत्र पर्यटन हो। नेपालमा जस्तो पदयात्राको मार्ग, बाघको खोर, ¥याफ्टिङ र हिमाल दुवै छिमेकीसँग छैनन्।
हामीले तीन वा चार घन्टाको अर्धव्यासभित्र केन्द्रित हुने हो भने भारत र चीनबाट ५० लाख बढी पर्यटक भित्र्याउन सक्छाैं। यसले जिडिपीमा २५ प्रतिशतको वृद्धि मात्रै गराउँदैन, १ करोड ५० लाखभन्दा बढीको रोजगारी सिर्जना पनि गर्दछ।
हामी यस अर्थमा खुसी हुनुपर्छ कि पछिल्लो चार÷पाँच वर्षमा होटलका अन्तर्राष्ट्रिय ब्रान्ड नेपालमा आइरहेका छन्। जब नेपालमा अन्तर्राष्ट्रिय ब्रान्डले प्रवेश गर्छन्, त्यसले एउटा होटल मात्र सञ्चालन गर्दैन। बरु आफ्नो ‘लोयल्टी प्रोग्राम’ र मार्केटिङ तथा वितरण प्रणालीमार्फत संसारसँग नेपालको सम्बन्ध स्थापित गराउन भूमिका खेल्छन्।
हामीले पछिल्लो ३० वर्षदेखि होटल सञ्चालन गरिरहेका छाैं र कसरी चलाउनुपर्छ भनेर धेरथोर जानकारी पनि छ। तर, जब ताजलाई ल्यायौं, विश्वभरिबाट पर्यटक ल्याउन र हाम्रो मानव संसाधनलाई तालिम दिन उनीहरूको विश्वव्यापी वितरण प्रणालीको आवश्यकता महसुस भयो। अन्तर्राष्ट्रिय चेन होटल सञ्चालकहरूले नेपाललाई गम्भीरतापूर्वक लिन थाल्नु हाम्रा लागि खुसीको विषय हो। तर, जति हुनुपर्ने थियो, त्यति हुन सकिरहेको छैन। त्यसैले आतिथ्य क्षेत्रलाई अन्य उद्योगभन्दा माथि राखिनुपर्दछ।
हामीले आफू केही नगरी बस्ने भनेका छैनाैं। वास्तवमा नेपालको अनुहार परिवर्तन गर्न पर्यटन उद्योगको असीमित सम्भावना छ। पर्यटन उद्योगमा एउटा मानिसको बोलीले काम गर्छ। नेपाललाई पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्न अथाह रकम खर्च गरिरहनु पर्दैन। एउटा राम्रो अनुभव र छुट्टी मनाएको गज्जबको उदाहरण दिन सके विदेशी पाहुना नै पर्यटन उद्योगका सद्भावना दूत बनेर निस्किन्छन्।
अहिले पनि भारत जाँदा मेरो बुबा पुस्ताका मान्छेहरू नेपाल गएर सोल्टीमा बसेको थिएँ भन्ने गर्छन्। त्यसबेला सोल्टीमा बस्ने भनेपछि बेग्लै शान हुन्थ्यो। नेपालले त्यो समयमै त्यस्तो खाले छवि बनाएको थियो। त्यसैले होटल क्षेत्रमा विज्ञापनको जरुरी देखिँदैन। होटलमा बस्ने/खाने पाहुना नै तपाईंका मार्केटर वा जनसम्पर्क व्यक्ति बन्छन्। पछिल्लो समय नेपालमा नियमितजसो भइरहेको हवाई दुर्घटनाका विषयमा प्रश्नहरूको सामना गरिरहेको हुन्छु। तिम्रो देशमा त्यस्तो के भइरहेको छ र जहाज दुर्घटना हुन्छ भनेर अन्तर्राष्ट्रिय मञ्चमा सोधिरहेका छन्।
मैले राम्रा कम्पनीका विमान दुर्घटनामा परेका छैनन् भनेर जवाफ दिने गरेको छु। यो नियामक र सञ्चालकबीचको समस्याले गर्दा आएजस्तो लाग्छ। नेपालसँग अहिले पनि गर्व गर्नलायक विमान कम्पनी छन्। नेपालमा अहिले बुद्ध एयर अन्य सबै निजी विमान कम्पनीभन्दा उत्कृष्ट छ। यसो भनेर मैले अन्य साना विमान कम्पनीको अवमूल्यन गर्न खोजेको भने होइन। संसारभरि विमान कम्पनी पनि मर्ज भएका उदाहरण छन्। जस्तो, लुफ्थान्साले फ्रान्स एयर लियो। भारतमा दुई एयरलाइन्स (इन्डिगो र एयर इन्डिया) कम्पनी रहनेवाला छ। एयरलाइन्स जति भए पनि प्रणाली, अनुपालन, सुरक्षा मापदण्डलगायतमा सम्झौता पटक्कै हुनु भएन। नेपाललाई अहिले उच्च गुणस्तरको हवाई सेवा मात्र चाहिएको छ।
हालै मात्र नेपाल पर्यटन बोर्डको सीईओमा दीपकराज जोशीलाई कार्यसफलताको कामनासहित बधाइ दिन्छु। अहिले चर्चा गरिएका विषय उहाँका लागि सबैभन्दा पहिलो र महत्त्वपूर्ण प्राथमिकताको विषय हुनुपर्छ भन्ने लाग्छ। अर्थात्, पर्यटनलाई मुलुकको अर्थतन्त्रको केन्द्र बिन्दुमा ल्याउनु जरुरी छ। पर्यटन उद्योगले नै नेपालको अर्थतन्त्रमा आमूल परिवर्तन ल्याउने र रोजगारी सिर्जना गर्ने क्षमता छ। अहिले नेपालले उच्चस्तरीय मानव संसाधन तयार गरिसकेको अवस्था छ। गुणस्तरीय जनशक्ति विश्वभर माग छ। गुणस्तरीय जनशक्ति जहाँ गए पनि उनीहरू नेपाली नै हुन्। मुलुकबाहिर पाएजत्तिकै तलब–सुविधा पाउने हो भने उनीहरू नेपाल फर्कन तयार छन्। अन्तर्राष्ट्रिय होटल कम्पनीले उनीहरूलाई स्वदेशमा फिर्ता ल्याउन सक्छन्। यसले नपालमा दक्ष मानव स्रोत–साधनको अभावलाई पनि हटाउनेछ।
हामी हाम्रै माटोमा ठगिइरहेका छाैं र पर्यटकीय गन्तव्यबाट लाभ लिन सकिरहेका छैनौं। संसारमा असम्भव भन्ने केही छैन। सबै मुलुक र उद्योगमा न्यूनतम मूल्य तोक्ने अभ्यास छ भने हामी किन नगर्ने? चिनियाँ, भारतीय र दक्षिण एसियाली मुलुकले नेपाललाई विवाह, उत्सव वा छोटो समयको बिदा मनाउने स्थलका रूपमा लिने गरेकाे पाइन्छ।
नेपालले दुई छिमेकी मुलुकसँग उत्पादनमूलक क्षेत्रमा कहिल्यै प्रतिस्पर्धा गर्न सक्दैन। तर, तिनै दुई छिमेकीका कारण नेपालको पर्यटन सबैभन्दा लाभको क्षेत्र बन्न सक्छ। त्यसका लागि हामीले सेवाको गुणस्तर बढाएर मूल्य थप गर्ने क्षमता राख्नुपर्छ। नेपालले पनि आफ्नो सेवामा भारत र श्रीलंकाले जस्तो न्यूनतम मूल्य सार्वजनिक गर्नुपर्छ। आर्थिक रूपले कठिन अवस्थामा रहँदा पनि श्रीलंकाका कोलम्बोस्थित पाँचतारे होटलले आफ्ना कोठा १२० डलरभन्दा कममा बिक्री गरेनन्। सस्तो मूल्यमा सेवा नदिने अडान लिएरै बसे। हामीले पनि ट्रेकिङ जाने पर्यटकसँग १०० डलर अतिरिक्त शुल्क उठाउने नीति लिन सक्छाैं।
सरसर्ती हेर्दा यस्तो लाग्छ, हामी हाम्रै माटोमा ठगिइरहेका छाैं र पर्यटकीय गन्तव्यबाट लाभ लिन सकिरहेका छैनौं। संसारमा असम्भव भन्ने केही छैन। सबै मुलुक र उद्योगमा न्यूनतम मूल्य तोक्ने अभ्यास छ भने हामी किन नगर्ने? चिनियाँ, भारतीय र दक्षिण एसियाली मुलुकले नेपाललाई विवाह, उत्सव वा छोटो समयको बिदा मनाउने स्थलका रूपमा लिने गरिएको पाइन्छ। जहाँ जोकोही व्यक्ति दुई घन्टाभित्र पुग्न सक्छन्।