काठमाडौं। त्रिभुवन विश्वविद्यालयले विभिन्न ८ संकायका डीन नियुक्त गरेको छ। त्रिवि कार्यकारी परिषद् बैठकले ८ वटा संकायका डीन र ३ वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरेको हो।
त्रिवि प्रवक्ता एमन सिंह बोहराका अनुसार मानविकी तथा सामाजिकशास्त्र संकायको डीनमा प्राडा द्विविनन्द ढकाल नियुक्त भएका छन्।
इन्स्टिच्युट अफ मेडिसिनको डीनमा प्राडा मोहनराज शर्मा, कृषि र पशुविज्ञान अध्ययन संस्थानको डीनमा डा. किशोरचन्द्र दाहाल, शिक्षाशास्त्र संकायको डीनमा प्राडा वेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानको डीनमा डा. ठाकुर सिलवाल, व्यवस्थापन संकायको डीनमा प्राडा महानन्द चालिसे, इन्जिनियरिङ अध्ययन संस्थानको डीनमा सुशीलबहादुर वज्राचार्य, विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डीनमा प्राडा शंकर खनाल नियुक्त भएका हुन्।
त्यस्तै योजना निर्देशनालयका निर्देशकमा डा. लक्ष्मीकान्त शर्मा, शिक्षा विकास तथा अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा डा. राजेन्द्र कुँवर र व्यावहारिक विद्दान तथा प्रविधि अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा प्राडा मीनाराज भण्डारी नियुक्त भएको प्रवक्ता बोहराले बताए।
त्रिविले मेरिटोक्रेसीका आधारमा छनोट समितिले गरेको सिफारिसका आधारमा नियुक्त गरेको हो।
त्रिवि कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ७ गतेभित्र डीन नियुक्त गर्न निर्देशन दिएका थिए। भागबन्डा नमिलेपछि त्रिविले डीन नियुक्त गर्न सकेको थिएन।