काठमाडौं। नेपालका लागि एसआरएम र जोलङ ब्रान्डका विद्युतीय सवारीसाधनको आधिकारिक वितरक भिजी मोटर्सले ८,९९९ फिट उचाइमा कमर्सियल विद्युतीय सवारीसाधनको फास्ट चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ।
मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोममा खोलिएको चार्जिङ स्टेसन उद्घाटन मुस्ताङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले गरे।
चार्जिङ स्टेसनमा ३२ किलोवाट क्षमताको डीसी फास्ट चार्जर राखिएको छ। यसले ४५ मिनेटमै विद्युतीय सवारीसाधनको ब्याट्री फुल चार्ज गर्न सक्ने कम्पनीले जनाएको छ। यसबाट विद्युतीय सवारीसाधन लिएर मुस्ताङ पुग्ने यात्रु तथा मुस्ताङका विद्युतीय सवारी प्रयोगकर्तालाई सुविधा हुनेछ।
भीजी मोटर्सले एसआरएम र जोलङ ब्रान्डका विद्युतीय सवारी साधन आयात गरी विक्री वितरण गरिरहेको छ। एसआरएम एकपटकको फुल चार्जमा ३०० किलोमिटर कुद्ने भ्यान हो भने यो ११ सिटर, २ सिटर र ५ सिटरमा उपलब्ध छ। एसआरएमका भ्यान स्कुल, कलेज, कर्पोरेट हाउस, होटल, ट्राभल कम्पनी, अस्पताल, सरकारी निकाय, कमर्सियल ट्रान्सपोर्टर, नगरपालिकालगायतका उपयोगी रहेको दाबी कम्पनीको छ। एसआरएम भ्यानमा शक्तिशाली लिथियम ब्याट्री प्रयोग गरिएको छ।
कम्पनीले जोलङको ईए४ ईए५ र ईए६ नेपाली बजारमा भित्र्याएको छ। जोलङ ईए५ १७ सिटको मिनी भ्यान हो । ६०.१ किलोवाट आवरको ब्याट्री रहेको यो भ्यानले एक पटकको चार्जमा ३०० किलोमिटर माइलेज दिन्छ। ईए६ २० सिटको भ्यान हो। यसमा ८६.१ किलोवाट आवरको ब्याट्री छ, जुन एक पटकको चार्जमा ४०० किलोमिटर कुद्छ।