काठमाडौं । नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले चितवनमा एक विशेष समारोहबीच गरेको छ।
कार्यक्रममा चितवन यातायातका अध्यक्ष खेम बहादुर आले, भरतपुर महानगर यातायातका अध्यक्ष चिनी बा बोहरा, छाहारी यातायातका अध्यक्ष बद्री प्रसाद पौडेल, सार्वजनिक मकवानपुर यातायातका अध्यक्ष ज्ञानेन्द्र बहादुर कार्की, सार्वजनिक ओम शान्ति यातायातका अध्यक्ष प्रदीप राज हमाल, पूर्वचितवन कालिका यातायातका अध्यक्ष मिन कुमार श्रेष्ठ र त्रिनेत्र चितवन यातायातका अध्यक्ष कपिल पाण्डेहरुको उपस्थितिमा उक्त टाटा म्याजिक सार्वजनिक गरिएको हो ।
समारोहमा विशिष्ट अतिथिहरूले टाटा म्याजिकलाई सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पका रूपमा व्याख्या गरेका थिए । टाटा म्याजिक बीएस६ गाडीमा ६९४ सीसी पेट्रोल इन्जिन, ३० एचपी पावर, ५५ एनएम टर्क, ५(स्पीड गियर, १३ इन्चका टायर, डिजिटल ओडोमिटर, इको स्विच, एबीएस, र एन्टी(रोल बार जस्ता विशेषताहरू छन्। यी विशेषताले यात्रुहरूको लागि आरामदायी यात्रा र व्यवसायिक दृष्टिकोणबाट उच्च लाभ सुनिश्चित गर्छ ।
सिप्रदी ट्रेडिङ सिभिबियू कृष्ण चन्दले आफ्नो धारणा व्यक्त गर्दै भने, ‘चितवन जस्तो व्यस्त सहरी क्षेत्रमा टाटा म्याजिक बीएस६ले यातायात क्षेत्रको लागि नयाँ आयाम थप्नेछ। यसको किफायती सञ्चालन लागत र आधुनिक प्रविधिले यहाँका व्यवसायीहरूलाई अझ सशक्त बनाउनेछ। सिप्रदीले नेपालभर गुणस्तरीय सेवा र ग्राहक सन्तुष्टिलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको छ, र यसै लक्ष्यले हामी यहाँ यो गाडी प्रस्तुत गरेका छौं।’
यस्तै प्रोडक्ट मेनेजर इन्द्रमणि पोख्रेलले भने, ‘टाटा म्याजिक द्यक्ट सहरी यातायात र विद्यालय यातायातका लागि उपयुक्त मोडेल हो। यसमा अत्याधुनिक बीएस६ प्रविधिको प्रयोग गरिएको छ । जसले प्रदूषण घटाउन र इन्धनको कुशल प्रयोग गर्न मद्दत गर्दछ। साना व्यवसायीहरूलाई लक्षित गरी निर्माण गरिएको यस गाडीले व्यवसायलाई किफायती, सुरक्षित, र दिगो बनाउन ठूलो सहयोग पुर्याउनेछ।’
सिप्रदी ट्रेडिङले यसअघि नै नेपालमा ४ हजारभन्दा बढी टाटा म्याजिक गाडीहरू बिक्री गरिसकेको छ । जसले बजारको ९५५ हिस्सा ओगटेको छ।