ललितपुर । हस्पिट्यालिटी क्षेत्रमा अब्बल सेवा प्रदान गर्ने उद्देश्यसहित सम्भवतः काठमाडौं उपत्याककै सबैभन्दा ठूला क्षेत्रफलमा फैलिएको ब्यांक्वेट ‘हर्ष बाटिका’ सञ्चालनमा आएको छ ।
ललितपुरको बालकुमारीमा सञ्चालन भएको यो ब्याक्वेट ३६ हजार वर्ग स्क्वायर फिट इनडोर हलमा फैलिएको छ । ब्यांक्वेटको गार्डेन एरियाको क्षेत्रफल १२ हजार वर्ग स्क्वायर फिट रहेको हर्ष बाटिकाका सञ्चालक सुरज कार्कीले बताए ।
ग्राउण्ड फ्लोर र फर्स्ट फ्लोर गरी दुई वटा विशाल पार्टी हल रहेको हर्ष बाटिकालाई युनिक थिममा निकै ढंगले डिजाइन गरिएको छ । ११ रोपनी क्षेत्रफलमा फैलिएको चार कुना मिलेको जग्गामा ‘हर्ष बाटिका’ निर्माण गरिएको छ ।
कोटेश्वरबाट बालकुमारी जाँदा पुल तर्ने बित्तिकै चक्रपथबाट १०० मिटरको हनुमन्ते खोला करिडोरमा रहेको हर्ष बाटिकमा पर्याप्त पार्किङको सुविधा रहेको छ । यहाँ दुई सय वटा चार पाङ्ग्रे सवारी साधन र दुई सय वटा मोटरसाइकल पार्किङ गर्न सकिने पार्किङ स्थल रहेको छ ।
लोकेसनका हिसाबले काठमाडौँ, ललितपुरको बीचमा रहेको ब्यांक्वेट निकै पायक पर्ने स्थानमा छ । यहाँ भक्तपुरबाट पनि इभेन्ट गर्न पायक पर्ने हर्ष बाटिकाका प्रबन्ध निर्देशक विकल श्रेष्ठ बताउँछन् ।
‘हर्ष बाटिकाको कन्सेप्ट र डिजाइनका लागि निकै अनुभव टिमलाई जिम्मा दिएका कारण यसको भव्यता सम्भव भएको हो’, सञ्चालक कार्कीले भने, ‘हामीले धेरै अध्यायन र सोध खोजपछि नेपालमा उत्कृष्ट र युनिक ब्यांक्वेट डिजाइन तथा निर्माण गर्दै आइरहेको आरजी क्रियसन नेपाललाई यसको निर्माण गर्न सुम्पिएका थियौँ, कम्पनीसँग भएको सम्झौताअनुसार टाइमभन्दा अगाडि नै हामीलाई उहाँहरूले ब्यांक्वेटको निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नु भयो ।’
‘लोकेसन, डिजाइन, इन्टेरियर सेटिङ तथा गुणस्तरीय एवम् विविध भेराइटीका खानाका कारण हर्ष बाटिकाले दिने सर्भिस कुनै पाँच तारे होटलभन्दा कम छैन’ सञ्चालक कार्कीले भने ।
हर्ष बाटिकाको डिजाइन तथा निर्माण गरेको कम्पनी आरजी क्रियसन नेपालका अध्यक्ष राम गिरी आफूले निर्माण गर्ने हरेक ब्यांक्वेट ‘मास्टर पिस’ हुने गरी नै गर्ने गरिएको बताउँछन् ।
‘म कुनै पनि निर्माणलाई भव्य, आकर्षक र सुन्दर बनाउन चाहिने ‘कन्टेन्ट’ के के हुन् सक्छन्, तिनको पर्याप्त रिसर्च गरेर मात्र अप्लाई गर्छु, अध्यक्ष गिरीले भने ‘जसका कारण आरजी क्रियसनले डेभलप गरेका प्रोजेक्टहरू अन्य भन्दा भिन्न हुन्छन् ।’
‘आरजी क्रियसनले यस अघि अन्य ब्यांक्वेटहरू पनि निर्माण गरी सञ्चालनमा ल्याएको छ, तर एउटाको थिम अर्कोसँग नमिल्ने गरी र हरेक ब्यांक्वेटको आफ्नै मौलिक पहिचान हुने गरी निर्माण गरिने गरेको अध्यक्ष गिरीले बताए ।
‘उस्तै कन्सेप्टको दुई वटा भन्दा बढी ब्यांक्वेट निर्माण गर्ने गरिएको छैन्, अध्यक्ष गिरीले भने, ‘लगानीकर्ताको अवधारणालाई कसरी अन्यभन्दा फरक र आकर्षक बनाउने भन्ने कुरा ध्यान दिएर निर्माण गर्ने गरिएको छ ।’
‘हामी निर्माणका लागि सम्बन्धित पक्षसँग सम्झौता गरिसकेपछि निर्माण स्थलको लोकेसन, जग्गाको बनोट, निर्माण लागत आदि सबै अध्यायन गरेर सोहीअनुसार स्ट्रक्चर र इन्टेरियरको प्लान गर्छौं, अध्यक्ष गिरीले भने, ‘आरजी क्रियसनले ब्यांक्वेटमा प्रयोग गरिने सामग्री ‘कस्टमाइज’ गरेर आफैँ आयत गर्ने गरेको छ ।’
‘हर्ष बाटिकमा प्रयोग गरिएका फर्निचर, लाइट, डोकेरेसनका आइटम नेपालका कुनै होटल तथा ब्यांक्वेटमा प्रयोग नभएका गरिएको छ’, अध्यक्ष गिरीले भने, ‘आफ्नो आवश्यकता र स्पेसअनुसारको साइजमा फ्युजन गरेर इन्टेरियर सामग्री अर्डर गरेर आयत गरिने भएकाले अरुभन्दा भिन्न हुने गरेको उनले बताए ।
ब्यांक्वेट भन्नेबित्तिकै विवाह, व्रतबन्धका लागि पार्टी आयोजना गरिने स्थानका रूपमा बुझ्ने गरिन्छ । तर, हर्ष बाटिकाले गोष्ठी, सेमिनार, विभिन्न किसिमका तालिम तथा इभेन्टहरूका लागि पनि सेवा उपलब्ध गराउँछ । करिब तीन हजार जनासम्मको पार्टी आयोजना गर्न सकिने गरी ब्यांक्वेट तयार गरिएको छ ।
ग्राहकको बजेटअनुसार सिल्भर, गोल्ड तथा डाइमण्ड गरेर तीन खालको खानाको मेनु तय गरिएको छ । आफ्नो बजेटअनुसार मेनु छनोट गर्न सकिन्छ । विवाहका लागि चाहिने पुरोहितदेखि गाडी, बग्गी, बाजा, फोटोग्राफी, भिडियोग्राफी, गाडी डेकोरेसनलगायत सम्पूर्ण प्याकेज सुविधा ब्यांक्वेटमा उपलब्ध छ । हर्ष बाटिकामा लाइटिङ सिस्टम निकै सुन्दर र आकर्षक रहेको छ ।