काठमाडौं। समीक्षा अवधिमा चालू खाता एवं शोधनान्तर स्थिति १४३ अर्ब ४२ करोडले बचतमा रहेको विवरण राष्ट्र बैंकले सार्वजनिक गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ९७ अर्ब १० करोडले बचतमा थियो।
राष्ट्र बैंकले आज सार्वजनिक गरेको तीनमहिने विवरणमा अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७३ करोड ६ लाखले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा १ अर्ब ६ करोडले बचतमा रहेको देखाएको हो।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब ४७ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १ अर्ब ५९ करोड रहेको थियो। यस्तै समीक्षा अवधिमा ५ अर्ब ७६ करोड प्रत्यक्ष वैदेशिक (इक्विटी मात्र) लगानी भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक (ईक्विटि मात्र) लगानी आप्रवाह ३ अर्ब ६५ करोड थियो।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक (ईक्विटि मात्र) लगानी आप्रवाह रु.३ अर्ब ६५ करोड रहेको थियो । द्दट। समीक्षा अवधिमा शोधनान्तर स्थिति २०५ अर्ब ८३ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमारु.१५० अर्ब २४ करोडले शोधनान्तर स्थिति बचतमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ५३ करोडले बचतमा रहेको छ।
चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म नेपालमा विदेशी मुद्राको सञ्चिति साढे २२ खर्ब नाघेको छ। तथ्यांकअनुसार गत आर्थिक वर्षको असार २०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १०.५ प्रतिशतले वृद्धि भई २०८१ कात्तिकमा २२५५ अर्ब ३५ करोड पुगेको हो।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ कात्तिक मसान्तमा ९.४ प्रतिशतले वृद्धि भई १६ अर्ब ७० करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असारमा १८४८ अर्ब ५५ करोड रहेकोमा २०८१ कात्तिकमा ८.६ प्रतिशतले वृद्धि भई २००८ अर्ब १५ करोड पुगेको छ। बैंक तथा वित्तीय संस्था (राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असारमा १९२ अर्ब ५५ करोड रहेकोमा २०८१ कात्तिक मसान्तमा २८.४ प्रतिशतले वृद्धि भई २४७ अर्ब २० करोड कायम भएको छ।
२०८१ कात्तिकको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०८१/८२ को चार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८ महिनाको वस्तु आयात र १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिने केन्द्रीय बैंकले जनाएको छ।
२०८१ कात्तिकमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः ३९.५ प्रतिशत, १२६ प्रतिशत र ३१.४ प्रतिशत रहेका छन्। २०८१ असार मसान्तमा उक्त अनुपात क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत थियाे।