काठमाडौं। नेपाली बजारमा हिरोका दुई नयाँ मोटरसाइकल सार्वजनिक गरिएको छ। बिहीबार राजाधनीमा आयोजित कार्यक्रममा नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता सीजी मोटर्सले दुई नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो।
कम्पनीले एक्स्ट्रिम सिरिजको १२५ आर र १६० फोर भी सार्वजनिक गरेको हो। एक्स्ट्रिम १६० आर फोरभीको मूल्य ३ लाख ८४ हजार ९०० रुपैयाँ तोकेको छ। यसअघि बिक्री हुँदै आएको टुभीको मूल्य ३ लाख ६४ हजार ९०० रुपैयाँ थियो।
हिरोले एक्स्ट्रिम १६० आर फोभीमा १६३.२ सीसी क्षमताको सिंगल सिलिन्डर, फोर भल्भ, हेड र आयल कुल्ड इन्जिन दिएको कम्पनीले जनाएको छ। कम्पनीको यसको अधिकतम पावर ८५०० आरपीएममा १६.९ पीएस रहेको छ।
यसको पावरमा बढोत्तरीसँगै एक्सलरेसन पनि राम्रो भएको कम्पनीको दाबी छ। कम्पनीका अनुसार सेग्मेन्टमै सबैभन्दा छिटो ४।४ सेकेन्डमै ०–६० किलोमिटर प्रतिघण्टाको स्पीड रहेको छ।
त्यस्तै, हिरो एक्स्ट्रिम १२५ को दुई भेरियन्ट सीबीएस र एबीएस भर्सनमा सार्वजनिक गरेको छ। सीबीएस भर्सनको मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँ र एबीएस भर्सनको मूल्य ३ लाख ११ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरु गरेको हो।
एक्स्ट्रिम १२५ आरमा १२५ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर कुल्ड, स्प्रिन्ट ईबीटी इन्जिन रहेको छ। उक्त इन्जिनले अधिकतम ८ हजार २५० आरपीएममा ११।५० ब्रेकहर्ष पावर जेनेरेट गर्छ। यसमा ५ स्पिडको गियरबक्स दिइएको छ।
यसमा डाइमन्ड फ्रेम, डीआरएल, स्प्लीट सिट, स्प्लीट ग्रयाबरेल, फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा शोवा प्रिलोड एड्जस्टेबल मोनोसक रहेको कम्पनीले जनाएको छ।