नेपालमा काम गर्नुको उत्कृष्ट पक्ष नै आतिथ्य हो। भारतमा हामी के पाउँछाैं भने अधिकांश सम्बन्ध व्यावसायिक पक्षमा आधारित हुन्छन्। तर, नेपाल आउनेबित्तिकै तपाईंले के पाउनुहुन्छ भने यहाँका मानिस आत्मादेखि नै साँचो भएर सेवा प्रवाह गरिरहेका हुन्छन्। यहाँका कर्मचारीलाई भाषाको ज्ञान नभए पनि म र मेरा कर्मचारीले कोरियाली पाहुनासँग अन्तरक्रिया गर्दा सुन्दर भावभंगीको साथ गरिरहेका हुन्छन्। उनीहरु अतिथिसँग तुरुन्तै जोडिइहाल्न सक्छन् । नेपालका मानिसको न्यायोपना वास्तवमै महत्त्वपूर्ण छ। यसमा नेपाल भारतभन्दा निकै अगाडि छ। हामीले यसमा गर्व गर्नुपर्दछ।
हाम्रो होटलमा प्रदर्शन गर्ने व्यवहारजन्य खेल निकै उत्कृष्ट छ। हामी नैतिकता र बौद्धिकताका साथ वास्तविक रूपमा पाहुनाको सत्कार गरिरहेका हुन्छाैं। उत्कृष्ट मन, ऊर्जा र आत्मा भएका मानिससँग अन्तरक्रिया गर्नु वास्तवमै रमाइलो हुन्छ। यस मामिलामा हामी निकै पृथक छाैं र यो अति महत्त्वपूर्ण पक्ष हो, नेपालको हस्पिटालिटी क्षेत्रमा। तपाईंले आफ्नो व्यावसायिक साझेदारसँग अन्तरक्रिया गर्दा नै किन नहोस्, भावनाले ठूलो भूमिका खेल्छ।
हामीले मुनाफाकै लागि व्यापार गरे पनि भावना र आत्मानुभूतिको सामान्य प्रदर्शनीले तपाईंलाई माथिल्लो तप्कामा राख्छ। थोरै भावना, अर्को व्यक्तिप्रतिको सम्मान र आत्मानुभूति व्यापारकै क्षेत्रमा पनि ठूलो भिन्नता ल्याउँछ। यस मामलामा नेपाल भारतभन्दा निकै फरक छ।
प्राकृतिक रूपले मानिस भित्रैदेखि जस्तो हुन्छ, त्यस्तै व्यवहार प्रदर्शन गर्छ भन्ने गरिन्छ। प्रदर्शित व्यवहारले असल मानिसको चरित्र चित्रण गर्दछ। एउटा मानिस कति राम्रो छ भन्ने विषयमा समाजमा धेरै ठूलो अर्थ राख्छ, जुन सबैभन्दा ठूलो र महत्त्वपूर्ण चीज हो।
नेपालमा आफूले गरिरहेको कामबाट सन्तुष्ट हुने र यथास्थितिवादमा रमाउने प्रथा छ। जस्तो, संसारका विविध देशबाट ट्राफिक प्रहरीको प्रवाह भएको परिप्रेक्ष्यमा कुनै देशले राम्रो गरेका छन्, त कतिले गर्न सकिरहेका छैनन्। प्रतिस्पर्धामा अगाडि आउन व्यापारलाई फरक ढंगले सञ्चालन गरिनु जरुरी छ। तर, हाम्रो नैतिकता र इमानदारीलाई यथावत् राख्न त्योभन्दा जरुरी छ। यसो गर्न सके मात्रै हामीले हरेक क्षेत्र र व्यवसायलाई न्याय गर्न सक्छाैं।
काठमाडाैंमा व्यापारलाई निरन्तरता दिन मैले के बुझेको छु भने बलियो प्रतिरोधात्मक र आकष्मिकताको योजना बनाइराख्नुपर्छ। कोभिडले त झन् यस कुरालाई प्रमाणित गरेको छ–व्यापारमा टिकिराख्न र यसलाई दिगो रूपमा अगाडि बढाउन उत्कृष्ट निरन्तर योजनाको अहं भूमिका रहन्छ। यस्तो योजनाले हामीलाई संकटको घडीबाट तत्कालै निस्किएर पुरानै स्वरुपमा व्यापार सुचारु गर्न मद्दत गर्छ।
(आशीष कुमारद्वारा क्यापिटल नेपालले आयाेजना गरेकाे हाेटलियर सम्मेलनमा व्यक्त विचार)