काठमाडौँ । करिब दुई दशकअघि राष्ट्र बैंकबाट ‘क’ वर्गको बैंकको रुपमा इजजातपत्र लिएको ग्लोबल आइएमई बैंक नेपालको बैंकिङ क्षेत्रमा ‘नम्बर वानको बिरासत’ लिन सफल भएको छ ।
बैंकले नेपालका बैंक तथा वित्तीय संस्थाहरुबीचमा उत्कृष्ट वित्तीय प्रदर्शनका साथ अघिल्लो वर्षदेखि नै ‘नम्बर वानको बिरासत’ कायम गरेको हो । बैंकले गत वर्षको मुनाफाबाट सेयर धनीलाई ५.५ प्रतिशत लाभांश वितरण गर्दै आफ्नो १८औं वार्षिक साधारण सभा सम्पन्न गर्दै छ ।
अघिल्लो वर्षदेखि नै समग्र अर्थतन्त्रमा आएको मन्दीको कारण गत वर्षको नाफाबाट अधिकांश बैंक तथा वित्तीय संस्थाले सेयर धनीलाई लाभांश वितरण गर्न सकेका छैनन् । अन्य बैंकले सेयरधनीको हात खाली राख्दा ग्लोबलले सेयर धनीलाई निराश बनाएको छैन । आर्थिक वर्ष २०७७/७८ मा बैंकले सेयरधनीलाई १३.५ प्रतिशत र आव ०७९/८० मा ९ प्रतिशत लाभांश दिएको थियो ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुको तुलनामा उत्कृष्ट वित्तीय सुचांक रहेकै कारणले बैंकले सेयर धनी र निक्षेपक कर्ताालाई खुसी बनाउन सफल भएको देखिन्छ । सबै वाणिज्य बैंकहरुमा ग्लोबल ‘नम्बर वान’ रहेको पुष्टी बैंकहरुद्वारा सार्वजनिक वित्तीय तथ्यांकले गर्छ ।
गत वर्षको असार मसान्तसम्म बैंक कर्जा प्रवाह, निक्षेप संकलन, ब्याज आम्दानी, संचालन मुनाफा, खुद नाफा, कर्मचारीलाई दिने बोनश, सरकालाई तिर्ने कर, प्रतिसेयर अम्दानी, लगानीमा प्रतिफल लगायत अन्य वित्तीय पक्षहरू पहिलो हुँदै आएको छ । बैंकले ग्राहकको विश्वास र आफ्नो आन्तरिक क्षमताको सही उपयोग गर्दै बैंकिङ व्यवसाय गर्दा नम्बर वानको ताज पहिरिन सफल भएको हो ।
बैंकले सन् २०१२ देखि नै विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर तथा प्राप्ती गर्दै अहिले नेपालको सबैभन्दा ठुलो बैंकको रुपमा स्थापित भएको छ । बैंकले चालु वर्षको पहिलो त्रैमासमा ५ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन, ४ खर्ब १० अर्ब कर्जा प्रवाह गरेको थियो । यो परिमाण बैंकिङमा सबैभन्दा धेरै हो ।
यस्तै, उक्त अवधिमा गलोबलको नम्बर वान स्थान कूल सम्पत्ति ६ खर्ब २७ करोड, चुक्ता पुँजी ३६ अर्ब १२ करोड, ब्याज आम्दानी ११ अर्ब ६५ करोड र सेवा शुल्क आम्दानी ८८ करोड ४४ लाख कमाएको छ । उक्त अवधिमा बैंकले खुद नाफा १ अर्ब ५१ करोड र वितरणयोग्य नाफा १ अर्ब ४० करोड रुपैयाँ कमाएको थियो ।
यस्तै, बैंकले ३ महिनाबीचमै अर्थात् गत वर्षको असार मसान्तको भन्दा चालु वर्षको असोजमसान्तमा निक्षेप ४.९० प्रतिशत र कर्जा प्रवाह ७.२४ प्रतिशत गरी कुल व्यवसाय ११ प्रतिशतले वृद्धि गरेको छ ।