काठमाडौं। माइक्रोसफ्टले यस वर्ष मात्रै चौथो पटक आउटेजको समस्या भोग्नु परेको छ। विश्वका ठूला आईटी कम्पनी मध्येमा पर्ने र हजारौंलाई सेवा प्रदान गर्दै आएको माइक्रोसफ्टले यस वर्ष मात्रै चौथो पटक आउटेज समस्या सामना गर्नु परेको हो।
डिसेम्बर १० अर्थात् मंगलबार माइक्रोसफ्टको सेवामा एकाएक समस्या आयो, जुन पछिल्लो दुई सातामा भएको दोस्रो ठूलो घटना हो। मंगलबार माइक्रोसफ्टका प्रोडक्टहरू प्रयोग गर्ने लाखौँ व्यक्ति तथा प्रयोगकर्ताहरूले आउटेजको सामना गर्नुप¥यो।
विश्वभरका प्रयोगकर्ताले माइक्रोसफ्ट ३६५, आउटलुक, वनड्राइभ र माइक्रोसफ्ट टिम्स जस्ता प्रमुख सेवामा समस्य भोग्नुपर्यो। मंगलबार दिउँदो करिब साढे दुई बजे आउटेजमा समस्या आएको भन्दै डाउनडिटेक्टरमा रिपोर्ट भएको थियो।
त्यसपछि साँझ साढे ६ बजेसम्म गुनासोहरूको संख्या झनै धेरै बढेर गयो। टाइम्स अफ इन्डियाका अनुसार भारतीय प्रयोगकर्ताहरूले भने ३ बजेर १९ मिनेटबाट समस्याको सामना गर्नु परेको थियो।
माइक्रोसफ्टले आउटेजका विषयमा सामाजिक सञ्जाल एक्समा पनि पोक्समा पनि पोस्ट गरेको थियो। कम्पनीले तुरुन्तै यस समस्याको समाधानका लागि काम गरिरहेको जनाएको थियो र प्रयोगकर्ताहरूलाई एडमिन सेन्टरमा कोड उपलब्ध गराएर थप जानकारी दिएको थियो। जसको केही घण्टापछि कम्पनीले समस्या समाधान भएको जानकारी दिएको थियो।
यस आउटेजले माइक्रोसफ्ट टीम्समा ठूलो समस्या उत्पन्न गरेको थियो, जसका कारण प्रयोगकर्ताहरू आफ्नो आवश्यक फाइल्स र डकुमेन्टहरुमा पहुँच राख्न असमर्थ भएका थिए। खासगरी, क्लाउडमा आधारित टुल्सको प्रयोग गर्ने प्रयोगकर्ताहरूलाई यो समस्याले धेरै असर पुरायो।
माइक्रोसफ्ट ३६५ आफैंमा एक प्रमुख प्रोडक्टिभिटी सफ्टवेयर हो, जसमा वर्ड, एक्सेल, पावरप्वाइन्ट, आउटलुक र वन नोट जस्ता एप्लिकेशनहरू समावेश छन्। यता, माइक्रोसफ्ट एज्योर पनि एक क्लाउड कम्प्युटिङ प्लेटफर्म हो, जसले एप्लिकेशन र सेवाहरू निर्माण, डिप्लोय र म्यानेज गर्नको लागि प्रयोग गरिन्छ। तर, यी कुरामा माइक्रोसफ्ट आउटेजले समस्या ल्यायो।
हुन त, यसअघि, २०२४ को सुरुमै अमेरिकी एन्टीभाइरस कम्पनी क्राउडस्ट्राइकको एक सफ्टवेयर अपडेटका कारण माइक्रोसफ्टको सेवामा १५ घण्टासम्म प्रभाव परेको थियो। यो समय सबै सेवा ठप्प हुँदा माइक्रोसफ्टको अपरेटिङ सिस्टममा चलिरहेका लाखौँ कम्प्युटरहरू ठप्प भएर आफैं रिस्टार्ट हुने भएका थिए।
यसको असर विश्वभर नै देखिएको थिो। बिमानस्थल, उडानहरू, ट्रेन सेवाहरू, अस्पतालहरू, बैंक, रेस्टुरेन्टहरू, डिजिटल पेमेंटहरू, स्टक एक्सचेन्ज, टिभी च्यानलहरू र सुपरमार्केटहरूजस्ता महत्त्वपूर्ण सेवाहरू प्रभावित भएका थिए। नेपालमा पनि यसको आंशिक प्रभाव परेको थियो। सबैभन्दा ठूलो असर एयरपोर्टहरूमा देखिँदा विश्वका ४ हजार २९५ उडानहरू रद्द गर्नुपरेको थिए।
अघिल्लो पटक जस्तै माइक्रोसफ्ट वेबसाइटबाट चल्ने धेरै कम्प्युटरहरूको स्क्रिन निलो भएको थियो। वास्तवमा, क्राउडस्ट्राइकको तर्फबाट माइक्रोसफ्ट विन्डोज प्रयोगकर्ताहरूलाई दिइएको एक सफ्टवेयर अपडेटका कारण यो समस्या आएको थियो। यसले माइक्रोसफ्ट अपरेटिङ सिस्टममा चल्ने विश्वभरिका करोडौं सिस्टमहरूको स्क्रिन निलो बनाइदियो र कम्प्युटर स्वचालित रूपमा पुनः सुरु हुन थाल्यो।
मंगलबार देखिएको यो समस्या यस वर्षको चौथो थियो। यसअघि जुलाई १९ मा समस्याआउँदा विश्वका कम्पनीका सेवाहरू बन्द भएका थिए। वेबसाइट निगरानी गर्ने डाउन्ड डिटेक्टरले जनाएअनुसार मंगलबार दिउँसो हजारौं मानिसहरूले समस्याका बारेमा गुनासो गरेका थिए। त्यसपछि कम्पनीले माफीसमेत माग्नुप¥यो।
यहि समस्या जुलाई ३० मा पनि देखिएको थियो। यो समयमा पनि विश्वका माइक्रोसफ्टका उत्पादनहरू प्रयोग गर्ने हजारौं व्यक्तिहरूले आउटेजको सामना गरेका थिए।
यस्तै, गत नोभेम्बर २५ मा पनि आउटेजको दौरान माइक्रोसफ्ट ३६५ का हजारौं प्रयोगकर्ताहरूलाई आउटलुक र टीम्स प्रयोग गर्नमा समस्या आएको थियो। यो आउटेज केही समयपछि समाधान भएर सेवा सञ्चालनमा आएको थियो।