यतिबेला मुलुकमा आर्थिक सुधार भइरहेको छ । वित्तीय स्थायित्व र समग्र अर्थतन्त्र सकारात्मक रुपमा अघि बढिरहेको छ । यस कारण आज मुलुकले राम्रो आर्थिक वृद्धि प्राप्त गर्न सकिरहेको छ । मूल्यवृद्धिलाई पनि ६ प्रतिशतको हाराहारीमा राख्न संभव भएको छ । ब्याजदर पनि गत वर्षको तुलनमा स्थिर भएको छ ।
अहिले निक्षेपमा अलिकति ब्याज बढेको र कर्जामा घटेको हुनाले हाम्रा व्यवसायीहरु पनि लाभान्वित भएको अवस्था छ । व्यवसायिक वातावरणमा पनि बन्दै गइरहेको छ । पुनःनिर्माणका कामहरुले तिब्र रुपमा गति लिइरहेका छन । मानिसहरु विदेश जान भन्दा मुलुकमै केही गर्नुपर्छ भनेर कर्जा लिन बैंकतर्फ जान थालेका छन् । बैंकमा कर्जा दिन लगानीयोग्य रकम अभाव कम भएको छ । दीर्धकालका लागि यो अत्यन्तै राम्रो कुरा हो ।
अब हाम्रा सामु ठुला पुर्वाधारमा कसरी पूँजी जुटाउने भन्ने चुनौती थपिएको छ । सरकारले वास्तवमै मुलुकमा व्यवसायिक वातावरण सृजना गरेको छ । मानिसहरु व्यवसायतर्फ उन्मुख भएका छन् । अब हामी रेमिट्यान्समुखी अर्थतन्त्र होइन । अब मुलुकमै आत्मनिर्भरता बढाउनु पर्छ ।
मुलुकमै अब रोजगारी सृजना गर्नुपर्छ । हामीले उत्पादन बढाएर आयात र निर्यातबीचको जुन ठुलो खाडल छ,त्यसलाई क्रमशः न्युनिकरण गर्दै जानुपर्छ । आयातलाई अब घटाउनै पर्छ । त्यसका लागि उत्पादन बढाउनै पर्छ ।
पछिल्लो चरणमा वित्तीय पहुँचले छलाङ नै मारेको छ । ७५३ स्थानीय निकायमध्ये २ वर्षअघि २६५ स्थानीय तहमा मात्रै बैंकका शाखाहरु पुगेका थिए । तर, आज ७४७ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । केही ठाउँमा मात्रै बैंकका शाखा पुग्न बाँकी छन् । ६÷७ ठाउँमा मात्रै ग्यापको अवस्था छ । ती ठाउँमा पनि द्रुततर गतिमा काम भइरहेको छ ।
यसबीचमा नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट ( आरटीजीएस) लागु गरिसकेको छ । यसबाट तत्काल रकमको फरफार हुने व्यवस्था सृजना भइसकेको छ । हामीले सुपरभाइजरी इन्फरमेशन सिस्टम लागु गरिसकेका छौं । सबै बैंकहरु त्यसमा आवद्ध हुनुभएको छ । अब यहाँहरु(बैंकहरु) ले राष्ट्र बैंकमा रिपोर्टका ठेली बुझाउन जानुपर्ने आवश्यकता छैन् ।
यहाँहरुले कम्प्युटरमा टाइप गरे पुग्छ । हाम्रा निर्देशनहरु बारे तपाईहरुले कम्युटरबाटै जानकारी गराउन सक्नुहुन्छ । अनलाई सिस्टमबाट सबै काम गर्ने व्यवस्था मिलाएर हामी अगाडी बढिरहेका छौँ । राष्ट्र बैंकमा रहेको सम्पत्ति शुद्धिकरण सम्बन्धि वित्तीय जानकारी इकाईले माग्ने विवरणहरु पनि गोएमएल हामीले लागु गरिसकेका छौं । त्यसबाट यहाँहरुले सबै सूचना संप्रेषण गर्ने वातावरण सृजना भइसकेको छ ।
आज मुलुकले वित्तीय छलाङ मार्दै गइरकेको छ । २ करोड भन्दा बढी खाता खुलेका छन् । त्यसो त सरकारले सबै नेपालीको बैंक खाता समृद्धिसँग जोडौं नाता भन्ने कार्यक्रमका कारण बैंक खाताहरु बढेका छन् । बैंकबाट कर्जा लिनेको संख्या लगभग १५ लाखको हाराहारीमा पुगेको छ ।
३ हजार ५२० भन्दा बढी एटीएमहरु खुलेका छन् । आज वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त गरी करिब ९ हजार ३०० शाखा संजालबाट करिब ३ हजार ५२० एटीएमको संख्या र करिब १ हजार ५६० शाखारहित बैंकिङ च्यानलहरुबाट हाम्रा ९१ लाख मानिसहरुले मोबाइल बैंकिङको कारोबार गरिरहेका छन् । करिब १० लाख मानिसहरुले इन्टरनेट बैंकिङबाट कारोबार गरिरहेका छन् ।
डेविट कार्डहरुको संख्या मात्रै ६८ लाख र क्रेडिट कार्डहरुको संख्या झण्डै डेढ लाख पुगिसकेको छ । यतिबेला ३४ खर्ब ७५ अर्ब रुपैयाँ बराबरको निक्षेप परिचालन भएको छ । झण्डै ३० खर्ब १० अर्ब रुपैयाँ बराबरको कर्जा लगानी भएको देखिन्छ । यो अवस्था निकै आशाजनक अवस्था छ ।
राष्ट्र बैंकका डेपुटी गभर्नर शिवाकोटीले राष्ट्रिय वाणिज्य बैंकको ५५ औँ वार्षित्कोत्सवमा दिएको मन्तव्य