काठमाडौं। सामसुङ नेपालले शक्तिशाली एआई सुविधा, भविष्यका स्केलेबल एआई इकोसिस्टमको पूर्वावलोकन रहेको वान युआई ७ बेटा प्रोग्राम सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार इन्टरफेसको प्रत्येक टच पोइन्टमा प्रमुख एआई एजेन्ट र मल्टिमोडल क्षमता एकीकृत गरी हरेक अन्तरक्रियालाई सहज महसुस हुने एआई प्लेटफर्मको सिर्जना गरेर वान युआई ७ ले ठुलो छलांग लिएको छ। पहिलेभन्दा बढी व्यक्तिगत लक्षित अपग्रेड गरिएको मोबाइल युजर एक्सपिरियन्सको पहिलो झलक बेटा प्रोग्रामले दिनेछ।
परिष्कृत एआईबाट थप सहज युजर एक्सपिरियन्स
एडभान्स लेखन सहायक टुल (राइटिङ असिस्ट टुल)जस्ता ग्यालेक्सी एआई फिचरमा वान युआई ७ मा अपडेट सुविधा रहेको छ। एआई ओएससँग एकीकृत भएर अप्लिकेसनबीच स्विच नगरीकनै टेक्स्ट चयन गर्ने क्षमता प्रयोगकर्तालाई हुनेछ। यो क्षमताले कन्टेन्ट संक्षेप गर्न, हिज्जे र व्याकरण जाँच गर्न र स्वचालित रूपमा बुलेट पोइन्टमा नोट ढाँचा गर्न एआई–सञ्चालित विकल्प दिने कम्पनीले जनाएको छ।
वान युआई ७को साथ अपग्रेड गरिएका कल सुविधाले २० वटा भाषामा कल ट्रान्सक्रिप्टमार्फत सञ्चार सेवा दिन सक्छर्। । कल रेकर्डिङ इनएबल गर्दा रेकर्ड गरिएका कल स्वचालित रूपमा पछि सन्दर्भका लागि ट्रान्सक्राइब हुनेछ, जसले बहु–कार्य गर्दा म्यानुअल रूपमा नोट लिनुपर्ने आवश्यकतालाई हटाउँछ।
निजीकरण र नियन्त्रण बढाउन नयाँ र बोल्ड डिजाइन
डिभाइसको लक स्क्रिनबाटै सहज पहुँचका साथ सञ्चारलाई व्यवस्थित गर्ने नयाँ सूचना प्रणालीमा आधारित वान युआई ७ का शक्तिशाली एआई फिचरसहित बजारमा बिक्री गरिनेछ। यसमा इन्टरप्रेटरे, संगीत, रेकर्डिङ, स्टपवाचजस्ता विभिन्न सुविधासहित नाउ बार पनि समावेश छ।
यी फिचरमा आएका अपग्रेड सबै सरल, प्रभावशाली र भावनात्मक डिजाइनमा तय गरिएको कम्पनीको भनाइ छ। बोल्ड, प्रतिष्ठित डिजाइन विकल्पद्वारा परिभाषित रहेको वान युआई ७ भिजुअल अव्यवस्था घटाएर प्रयोगकर्तासँग व्यक्तिगत स्तरमा प्रतिध्वनि गर्न र एआई सुविधामा सहज मोबाइल अनुभव दिन डिजाइन गरिएको हो।
पुनः डिजाइन गरिएको क्यामेरा युएक्सले एडभान्सड सेटिङमा थप सहज कन्ट्रोल दिनेछ। क्यामेरा बटन, कन्ट्रोल र मोडलाई प्रयोगकर्ताका लागि आवश्यक सुविधा फेला पार्न सजिलो बनाउनेछ।
प्रो र प्रो भिडियो मोडका म्यानुअल सेटिङको लेआउट पनि सरलीकृत गरिएको छ, जसले सुट गरिरहेको तस्बिर वा भिडियो खिच्दा फोकस गर्न सजिलो बनाएको छ। प्रयोगकर्ताका लागि प्रो भिडियो मोडमा रेकर्डिङ गर्दा नयाँ जुम कन्ट्रोल उपलब्ध छ, जसले सहज ट्रान्जिसनका लागि जुमको गति नियन्त्रण गर्न सक्ने दाबी कम्पनीको छ।
वान युआई ७को आधिकारिक रिलिज आगामी ग्यालेक्सी एस सिरिज डिभाइससँग हुनेछ। यसमा २०२५ को पहिलो त्रैमासिकदेखि सुरु हुने गरी इनहान्सड अन–डिभाइस एआई फंक्सन गरी थप एआई क्षमता समावेश हुनेछ।