काठमाडौँ । तनहुँको दमैलीमा सञ्चालित एपेक्स हस्पिटालिटीमा सारथी इक्विटी फण्डले लगानी गरेको छ । सारथी इक्विटी फण्डले एपेक्स हस्पिटालिटीमा ४० प्रतिशत लगानी गरेको हो ।
सारथी इक्विटी फण्डले यसअघि भुजुङ हाइड्रो, पुवा खोला वान हाइड्रोपावर र पोखराको फिस्टेल ड्रिम पार्कमा लगानी गरेको थियो । हाइड्रोपावरपछि सारथी इक्विटीले नेपालको हस्पिटालिटी क्षेत्रको लगानी शुरु गरेको हो ।
हाल ६० करोड अधिकृत पुँजी रहेको एपेक्स हस्पिटालिटीअन्तर्गत हाल सिद्धार्थ होटेल दमौली र क्यूएफएक्स सिनेमा दमौली सञ्चालनमा रहेका छन् । जसमा सारथी इक्विटी फण्डले ४० प्रतिशत लगानी गरेको हो ।
एपेक्स हस्पिटालिटीले नेपाल धितोपत्र बोर्डमा २४ करोड रुपैयाँ बराबरको सार्वजनिक निष्कासन (आईपीओ) निष्किशनका लागि आवेदन दिएको छ । आईपीओ निष्काशनको अन्तिम चरणमा रहेको एपेक्सको हस्पिटालिटीका अध्यक्षमा मुकुन्द प्रसाद तिमल्सिना र सञ्चालक समिति सदस्यमा मुकुन्द प्रसाद तिमल्सिना र सुमन कुमार श्रेष्ठ छन् ।
सारथी इक्विटी फण्डले एपेक्समा लगानी गरेसँगै आफ्नोतर्फबाट दुई जना सञ्चालक समिति सदस्यहरू पठाएको छ । जसमा डा. हिमाल भट्टराई र ई. राजिव पौडेल एपेक्स हस्पिटालिटीका सञ्चालक समितिका हुने छन् ।
उनीहरूको सामेलले कम्पनीको प्रदर्शन सुधार गर्न र सफल आईपीओ सार्वजनिक गर्न महत्वपूर्ण रणनीतिक दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ ।
सारथी इक्विटी फण्डले यसअघि गरेको लगानीले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रको विकासमा योगदान पुर्याउँदै आएको छ । यसपटकको आतिथ्य क्षेत्रमा गरिएको लगानीले फण्डको पोर्टफोलियोलाई विविधीकरण गर्दै राष्ट्रिय प्रगतिका लागि विभिन्न महत्वपूर्ण उद्योगमा आफ्नो प्रतिबद्धता बलियो बनाउने अपेक्षा गरिएको छ ।