बीमाको दुनियाँमा जोखिम व्यवस्थापन नै सबै भन्दा मुख्य काम हो । बीमा कम्पनीहरूले व्यक्तिहरू तथा व्यवसायहरूलाई वित्तीय नोक्सानीबाट जोगाउने जिम्मेवारी लिन्छन् । तर, प्रश्न उठ्छ—विशेष गरी प्राकृतिक प्रकोपको उच्च जोखिम भएका देशहरूमा,
सम्भावित विनाशकारी नोक्सानीबाट यी कम्पनीहरूले आफूलाई कसरी सुरक्षित राख्छन्? यसको उत्तर पुनर्बीमामा सन्निहित छ ।
पुनर्बीमा एउटा परिष्कृत प्रणाली हो, जसले बीमाकर्ताहरूलाई आफ्नो जोखिमको केही हिस्सा अन्य बीमा कम्पनीहरूमा स्थानान्तरण गर्न सक्षम बनाउँछ, जसलाई पुनर्बीमा भनिन्छ ।
यस्तो अभ्यासले बीमा कम्पनीहरूको वित्तीय स्थायित्वलाई बलियो बनाउन मद्दत मात्र गर्दैन, विशेष गरी नेपाल जस्तो भूकम्प, बाढी र पहिरोको उच्च जोखिमयुक्त देशमा, बीमा दाबीहरूको भुक्तानी क्षमतालाई समेत सुनिश्चित गर्न सहयोग पुर्याउँछ ।
कसरी बुझ्ने पुनर्बीमालाई ?
पुनर्बीमालाई ‘बीमाको पनि बीमा’का रूपमा हेर्न सकिन्छ । यो एउटा जोखिम व्यवस्थापन रणनीति हो, जसमा बीमा कम्पनीले ठूला वा विनाशकारी दाबीहरूको वित्तीय बोझबाट आफूलाई जोगाउन पुनर्बीमाबाट ‘कभरेज(बीमा)’ खरिद गर्छन् । एक वा एक भन्दा बढी पुनर्बीमा कर्तासँग जोखिम साझेदारी गरी मूल बीमाकर्ता (जसलाई सीडिग कम्पनी भनिन्छ)ले आफ्नो क्षतिको जोखिमलाई सीमित गर्छ, जसले उसलाई ठूला दाबीहरूको सामना गर्नुपर्दा पनि आर्थिक रूपमा स्थिर रहने क्षमता प्रदान गरिदिन्छ ।
दृष्टान्तका लागि, सन् २०१५ मा नेपालमा गएको गोरखा भूकम्प वा अप्रत्याशित बाढीले पु¥याएको क्षतिजस्ता कुनै पनि ठूला प्राकृतिक विपत्ति आइपर्दा बिमा कम्पनीहरूलाई ठूलो आर्थिक असर पर्न सक्छ । यसमा बीमितहरूको दाबी अर्बाै रुपैयाँसम्म पुग्न सक्छ, जुन एउटा बीमा कम्पनीले धान्न सक्नेभन्दा धेरै परको विषय हुन्छ ।
यस्तो अवस्थामा पुनर्बीमाको भूमिका महत्वपूर्ण हुन्छ । पुनर्बीमा सम्झौताको माध्यमबाट सीडिग कम्पनी बीमा कम्पनीले जोखिमको केहि हिस्सा मात्र आफूले बेहोर्छन् भने बाँकीको ठूलो हिस्साको जिम्मेवारी पुनर्बीमाले लिन्छ । दायित्वको यस साझेदारीले बीमा कम्पनीलाई विपद्पछि पनि सञ्चालनमा रहन, दाबीहरूको भुक्तानी दिइरहन र नयाँ पोलिसी धारकहरूलाई कभरेज प्रदान गर्न सक्ने सामथ्र्य सुनिश्चित गर्छ ।
नेपालको पुनर्बीमा उद्योगको परिदृश्य थप मजबुत भएको छ । बजारको यस नयाँ प्रविष्टिले घरेलु पुनर्बीमा क्षेत्रको क्षमता अभिवृद्धि गर्नुका साथै नेपाललाई विश्व पुनर्बीमा बजारमा एक खेलाडीको रूपमा स्थापित गर्न पनि मद्दत गरेको छ ।
नेपालको पुनर्बीमा क्षेत्र मुलुकको अर्थतन्त्र एवं बीमा उद्योगको एक महत्वपूर्ण घटकका रूपमा उदाएको छ । केही वर्षयता तीव्र आर्थिक वृद्धि, नियामकीय बदलाव र भूकम्प तथा बाढीजस्ता विपत्तिकारी घटनाहरूको बढ्दो जोखिमका कारण नेपालको पुनर्बीमाको परिदृश्यमा परिवर्तन आएको छ । बीमा उद्योगको क्षमता र दायरा दुवैमा वृद्धि भइरहदा पुनर्बीमाको बलियो सहयोगको आवश्यकता पहिले भन्दा धेरै महत्वपूर्ण हुन पुगेको छ ।
नेपालको बदलिँदो पुनर्बीमा बजार
पछिल्लो समय नेपालको पुनर्बीमा बजारमा उल्लेख्य परिवर्तन आएको छ । देशको आर्थिक विकाससँगै ठूला र अधिक जटिल जोखिम पनि बढेका छन् । साथै, नियम, कानुनहरूको विकास र पूर्वाधारमा बढ्दो लगानीले पनि बीमा कम्पनीहरूलाई ठूला जोखिम व्यवस्थापनका उपयुक्त समाधानहरू खोज्न उत्प्रेरित गरेको छ । यसैगरी, प्राकृतिक विपत्ति विशेष गरी भूकम्प र बाढीले बीमा क्षेत्रमा ठूलो जोखिम थपेको छ, जसले दाबीको सम्भावित वृद्धिलाई व्यवस्थापन गर्न पुनर्बीमामा ठोस ढाँचाको आवश्यकतामा जोड दिएको छ ।
आर्थिक वर्ष २०८०/८१ सम्म नेपालको बीमा उद्योगमा दुई पुनर्बीमा कम्पनी, १४ निर्जीवन बीमा कम्पनी, १४ जीवन बीमा कम्पनी र सात लघु बीमा कम्पनी सञ्चालनमा रहेका छन् । यी कम्पनीहरूमा परिचालित कुल इक्विटी पुँजी लगभग १ खर्ब ९ अर्ब रुपैयाँ छ । यसमध्ये ५० प्रतिशत हिस्सा जीवन बीमाले ओगटेको छ भने बाँकी आधामा निर्जीवन बीमा, लघु बीमा र पुनर्बीमा कम्पनीहरूको हिस्सेदारी छ ।
सोही आर्थिक वर्षमा उद्योगले कुल प्रिमियम १ खर्ब ९७ अर्ब रुपैयाँ संकलन गरेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०७९र८० को तुलनामा ८ प्रतिशतले बढी हो । यो वृद्धिले बीमा उद्योगमा पुनर्बीमाको माग निरन्तर रूपमा बढिरहेको देखाउँछ। बीमा कम्पनीहरूले आफ्ना ‘प्रडक्ट’ र बजारमा पहुँच विस्तार गर्ने क्रममा जोखिमलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न पुनर्बीमाको प्रयोगलाई प्राथमिकता दिन थालेका छन् ।
नेपालमा पुनर्बीमा क्षेत्रको विकास
नेपालमा पुनर्बीमाको इतिहास २०१४ (२०७१ साल) मा नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को स्थापनासँगै सुरु भएको हो। नेपाल रिको स्थापना देशको बीमा क्षेत्रमा एउटा महत्वपूर्ण कोशेढुंगा साबित भयो । यसले अत्यावश्यक घरेलु पुनर्बीमा क्षमता प्रदान गर्नुका साथै विदेशी पुनर्बीमा माथिको निर्भरता घटाउने काम गर्यो ।
नेपालको पुनर्बीमा बजार बढ्दै जाँदा यसले जोखिम बहनका थप परिष्कृत मोडलिङ उपकरणहरू पनि अँगाल्दै जानु पर्छ, नियामकीय ढाँचामा सुधार गर्नु पर्छ र यसको निरन्तर विकास सुनिश्चित गर्न थप अन्तर्राष्ट्रिय विशेषज्ञता आकर्षित गर्नु पर्छ ।
नेपाल रि स्थापना हुनुअघि, पुनर्बीमा सम्बन्धी अधिकांश प्रिमियम विदेशी बजारमा भुक्तानी गरिन्थ्यो। यसले नेपालको वित्तीय प्रणालीबाट ठूलो मात्रामा पुँजी बाहिरिने समस्या निम्त्याएको थियो। नेपाल रिको स्थापना भएपछिको सुधारले बीमा उद्योगलाई थप स्थायित्व र आत्मनिर्भरता प्रदान गरेको छ । सन् २०२१ (२०७८ साल)मा हिमालयन पुनर्बीमा लिमिटेड (हिमालयन रि) को स्थापना भयो र योसँगै नेपालको पुनर्बीमा उद्योगको परिदृश्य थप मजबुत भएको छ ।
बजारको यस नयाँ प्रविष्टिले घरेलु पुनर्बीमा क्षेत्रको क्षमता अभिवृद्धि गर्नुका साथै नेपाललाई विश्व पुनर्बीमा बजारमा एक खेलाडीको रूपमा स्थापित गर्न पनि मद्दत गरेको छ । विशेष गरी हिमालयन रिले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थितिबाट मुलुकभित्र विदेशी मुद्राको आप्रवाह बढाउनमा योगदान पुर्याएको छ भने देशको निम्ति राजस्वको नयाँ स्रोतहरू सिर्जना भएका छन् ।
प्रस्तुत तथ्यांकअनुसार गत तीन वर्षमा बीमा कम्पनीहरूले तिर्ने पुनर्बीमाको प्रिमियममा खासै उल्लेखनीय वृद्धि नभएको भए पनि मुलुकका पुनर्बीमा कम्पनीहरूमा गएका पुनर्बीमाका प्रिमियम आ.व २०७८/७९ मा ४७ प्रतिशत रहेकोमा त्यो बढेर २०८०/८१ मा
६७ प्रतिशत पुगेको छ ।
आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा क्रमशः १३ अर्ब र १४ अर्ब रुपैयाँ पुनर्बीमाको प्रिमियम नेपाली पुनर्बीमा कम्पनीहरूमा रहेकोमा, आर्थिक वर्ष २०८०/८१ मा यो बढेर १९ अर्ब रुपैयाँ पुगेको देखिन्छ । यसले पुनर्बीमा व्यवसायलाई देशभित्रै सुदृढ बनाउन मात्र सहयोग गरेको छैन, व्यवसायबाट प्राप्त हुने रकम पनि देशभित्रै रहने सुनिश्चित गर्दै नेपालको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान पुर्याएको छ ।
अहिले दुई वटा पुनर्बीमा कम्पनी (हिमालयन रि र नेपाल रि)ले घरेलु बीमा बजारलाई सहयोग गर्न महत्वपूर्ण भूमिका खेलिरहेका छन् । यी कम्पनीले नेपाली बीमा कम्पनीहरूको क्षमतामा उल्लेखनीय वृद्धि गरेका छन्, जसले उनीहरूलाई स्वदेशमै थप बीमा जोखिम व्यवस्थापन गर्न र अन्तर्राष्ट्रिय बजारतर्फ पुनर्बीमा प्रिमियमको बहिर्गमनलाई घटाउन समर्थ बनाएको छ ।
यो परिवर्तनले नेपालका बीमा कम्पनीहरूको वित्तीय स्थितिलाई मजबुत मात्र बनाएको छैन, स्थानीय बजारमा थप स्थायित्व पनि ल्याएको छ ।
पुनर्बीमाको माध्यमबाट अर्थतन्त्रको मजबुतीकरण
नेपालमा पुनर्बीमा क्षेत्रको विकासले मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव÷योगदान गरिरहेको छ । विदेशी पुनर्बीमा कम्पनीहरूमा गइरहेको पुनर्बीमाको प्रिमियमलाई मुलुकभित्रै राख्न सहयोग गरेर पुँजीको बहिर्गमनलाई घटाउँदै छ । यसरी अर्थतन्त्रमा पुँजीको परिचालनलाई कायम राखिदिएर स्थानीय परियोजना तथा विकासका पहलहरूमा थप लगानीको वातावरण तयार गरिदिने भएकाले यो परिवर्तन नेपालको आर्थिक स्थायित्वका लागि एकदमै महत्वपूर्ण छ ।
प्राकृतिक एवं मानव सिर्जित दुवै खाले चुनौतीहरूको सामना गर्न नेपाल लचिलो (सबल) भएको सुनिश्चित गर्न यो क्षेत्रले आफूलाई बदलिँदो बजार गतिशीलता, नियामकीय सर्तहरू तथा बढ्दो जोखिमहरूसँग समायोजन गर्नु अपरिहार्य हुन्छ ।
यसबाहेक नेपाल रि र हिमालयन रि जस्ता सबल घरेलु पुनर्बीमा कम्पनीहरूको उपस्थितिले बीमा क्षेत्रमा आत्मविश्वास जगाएको छ । यी कम्पनीले पुनर्बीमाको मजबुत आड उपलब्ध गराउने भएकोले नेपालका बीमा कम्पनीहरूले पूर्वाधार विकास, कृषि, जलविद्युत् आयोजना र पर्यटनसँग सम्बन्धित ठूला एवं जटिल जोखिमहरूको पनि आत्मविश्वासका साथ क्ष्लकगचबलभ कभरेज प्रदान गर्न सक्छन् ।
यो सक्षमताले अर्थतन्त्रका प्रमुख क्षेत्रको वृद्धिलाई मात्र सहयोग गर्दैन प्राकृतिक प्रकोप वा अन्य ठूला दुर्घटनाहरूको कारण पर्न सक्ने वित्तीय आघातहरू सहन क्षमतालाई पनि अभिवृद्धि गर्छ ।
हिमालयन रि जस्ता कम्पनीको सहजीकरणबाट अन्तर्राष्ट्रिय बजारमा नेपाली पुनर्बीमा कम्पनीहरूको प्रवेशले विदेशी मुद्राको प्रवाहमा योगदान पुर्याएको छ । यी पुनर्बीमा कम्पनीहरूले विश्व बजारमा आफ्नो पदचिह्न बढाउँदै जाँदा तीनले नेपालमा नयाँ राजस्व स्रोतको आधार बनाउछन् । देशको विदेशी विनिमय सञ्चितिलाई सहयोग पुर्याउँछन् र वित्तीय क्षेत्रको समग्र स्थायित्वलाई नै बढवा दिन्छन् ।
नेपालमा पुनर्बीमाको आर्थिक प्रभाव
सबल पुनर्बीमा क्षेत्रको आर्थिक लाभ बीमा उद्योगसम्म सीमित नभई धेरै परसम्म विस्तारित छ। पुनर्बीमा प्रिमियमको ठूलो हिस्सा मुलुकभित्रै राखेर यो क्षेत्रले पुँजी बहिर्गमनलाई उल्लेखनीय रूपमा घटाएको छ, जसले नेपालको विदेशी विनिमय सञ्चिति कायम राख्न महत्वपूर्ण योगदान पुर्याएको छ ।
नेपालमा पुनर्बीमाको भविष्य सम्भावनाले भरिपूर्ण देखिन्छ । नयाँ–नयाँ पुनर्बीमाको आगमन र अनुकूल नियामकीय वातावरणले यो क्षेत्रलाई निरन्तर वृद्धिको ठाउँ दिएको छ ।
यसका साथै, पुनर्बीमा उद्योगले बीमाकर्ताहरूका लागि सुरक्षा जालोको काम गरेको छ। प्राकृतिक प्रकोपबाट उत्पन्न ठूला दाबीहरूको भुक्तानी गरेपछि पनि बीमा कम्पनीहरूले आफ्नो सञ्चालन निरन्तरता दिन सक्ने सुनिश्चितता पुनर्बीमाले प्रदान गर्दछ। यसले बीमा उद्योगलाई थप स्थिर र विश्वासयोग्य बनाउँदै आएको छ ।
हिमालयन रि जस्ता घरेलु पुनर्बीमा कम्पनीले आफूलाई अन्तर्राष्ट्रिय बजारमा पनि विस्तार गरेका छन् । उनीहरूको अन्तर्राष्ट्रिय सञ्चालनमार्फत विदेशी मुद्राको आप्रवाह सिर्जना भएको छ । यसले नेपालको विदेशी विनिमय सञ्चितिमा योगदान पुर्याउदै र विदेशबाट प्राप्त हुने राजस्वको स्थिर स्रोत उपलब्ध गराउँदै नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन मद्दत गर्छ ।
बलियो पुनर्बीमा बजारको उपस्थितिले अर्थतन्त्रका अन्य क्षेत्र जस्तै पूर्वाधार, कृषि, जलविद्युत र पर्यटनमा लगानीलाई पनि प्रोत्साहित गर्छ । ती परियोजनासँग सम्बन्धित जोखिमलाई पुनर्बीमामार्फत प्रभावकारी रूपमा व्यवस्थापन गरिएको थाहा पाएपछि लगानीकर्ताले यस्ता ठूला परियोजनामा लगानी गर्ने सम्भावना बढ्छ । यसले समग्र अर्थतन्त्रमै आत्मविश्वास बढाउँछ र दीर्घकालीन विकास लक्ष्यहरूको प्राप्तिमा सहयोग गर्छ ।
चुनौती र अवसर
नेपालको पुनर्बीमा बजारको वृद्धि आशातीत नै छ तर यो क्षेत्रले सम्बोधन गर्नुपर्ने थुप्रै चुनौतीहरू पनि छन् । विशेष गरी भूकम्प र बाढीको जोखिमलाई दृष्टिगत गर्दा विपत्तिकारी जोखिमको बढ्दो सामना एउटा प्रमुख चुनौती हो । यी जोखिमको आवृत्ति र गम्भीरता दुवैमा वृद्धि हुँदै जाँदा पुनर्बीमाको माग पनि बढ्दै जानेछ, जसले पुनर्बीमा सेवा प्रदायकहरूलाई पर्याप्त पुँजी र जोखिम व्यवस्थापनका अभ्यासहरू कायम राख्न दबाब दिनेछ ।
आगामी वर्षहरूमा हिमालयन रि र नेपाल रि जस्ता कम्पनीले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्दै जाँदा विश्वव्यापी पुनर्बीमा परिदृश्यमा नेपालको पुनर्बीमा बजारको थप एकीकरणको अपेक्षा गर्न सकिन्छ ।
यसबाहेक, यो क्षेत्रले विश्वका उत्कृष्ट अभ्यासहरूसँग कदम मिलाउनु पर्ने चुनौतीको पनि सामना गर्नुपर्छ । नेपालको पुनर्बीमा बजार बढ्दै जाँदा यसले जोखिम बहनका थप परिष्कृत मोडलिङ उपकरणहरू पनि अँगाल्दै जानु पर्छ, नियामकीय ढाँचामा सुधार गर्नु पर्छ र यसको निरन्तर विकास सुनिश्चित गर्न थप अन्तर्राष्ट्रिय विशेषज्ञता आकर्षित गर्नु पर्छ ।
तथापि, यी चुनौतीहरूसँगसँगै अवसरहरू पनि आउँछन् । नेपाल आर्थिक रूपमा विकसित हुँदै जाँदा बीमाको माग पनि बढ्नेछ, जसले पुनर्बीमाको आवश्यकतालाई अझै बढाउनेछ । नेपालमा बढ्दो सहरीकरण तथा पूर्वाधार विकासका कारण विशेष गरी ठूला परियोजना र बढ्दो मध्यम वर्गबाट नयाँ नयाँ जोखिम बीमाका मागहरू देखा पर्दै जाँदा पुनर्बीमाका लागि पनि महत्वपूर्ण अवसरहरू प्रदान गर्नेछ ।
नेपालमा पुनर्बीमाको भविष्य
नेपालमा पुनर्बीमाको भविष्य सम्भावनाले भरिपूर्ण देखिन्छ । नयाँ–नयाँ पुनर्बीमाको आगमन र अनुकूल नियामकीय वातावरणले यो क्षेत्रलाई निरन्तर वृद्धिको ठाउँ दिएको छ । नेपालको अर्थतन्त्रको विविधीकरण र विकास हुँदै जाँदा पुनर्बीमा क्षेत्रले जोखिम व्यवस्थापन, बीमा कम्पनीहरूलाई सहयोग र आर्थिक स्थायित्वमा योगदान पु¥याउनमा महत्वपूर्ण भूमिका खेल्नेछ ।
आगामी वर्षहरूमा हिमालयन रि र नेपाल रि जस्ता कम्पनीले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्दै जाँदा विश्वव्यापी पुनर्बीमा परिदृश्यमा नेपालको पुनर्बीमा बजारको थप एकीकरणको अपेक्षा गर्न सकिन्छ । साथै, यो क्षेत्रले जोखिम मूल्यांकन र व्यवस्थापनमा
सुधार ल्याउन डाटा एनालिटिक्स तथा आर्टिफिसियल इन्टेलिजेन्स जस्ता नयाँ प्रविधिहरू अँगाल्दै गएको स्थितिमा यो क्षेत्र थप बलियो बन्दै गएको छ ।
निष्कर्ष
नेपालको पुनर्बीमा क्षेत्रले देशको बीमा उद्योग र अर्थतन्त्रको भविष्यलाई आकार दिनमा रूपान्तरणकारी भूमिका निर्वाह गरिरहेको छ । गत केही वर्षमा पुनर्बीमा सापेक्षिकरुपमा एक शिशु उद्योगबाट वित्तीय स्थायित्वको एक प्रमुख स्तम्भको रूपमा विकसित भएको छ । यसले आन्तरिक बीमक र अर्थव्यवस्था दुवैलाई सहयोग गरिरहेको छ ।
हिमालयन रि जस्ता कम्पनीको सहजीकरणबाट अन्तर्राष्ट्रिय बजारमा नेपाली पुनर्बीमा कम्पनीहरूको प्रवेशले विदेशी मुद्राको प्रवाहमा योगदान पुर्याएको छ ।
हिमालयन रि जस्ता नयाँ पुनर्बीमा कम्पनीहरूको आगमन र नेपाल रिको निरन्तर वृद्धिसँगै यो क्षेत्र प्राकृतिक विपत्ति तथा अन्य ठूला घटनाहरूबाट उत्पन्न बढ्दो जोखिमलाई व्यवस्थापन गर्न अझ सुसज्जित हुँदै गएको छ । नेपालको बीमा उद्योग विकसित हुँदै जाँदा पुनर्बीमाको माग पनि बढ्दै जानेछ ।
प्राकृतिक एवं मानव सिर्जित दुवै खाले चुनौतीहरूको सामना गर्न नेपाल लचिलो (सबल) भएको सुनिश्चित गर्न यो क्षेत्रले आफूलाई बदलिँदो बजार गतिशीलता, नियामकीय सर्तहरू तथा बढ्दो जोखिमहरूसँग समायोजन गर्नु अपरिहार्य हुन्छ ।
धेरै भन्दा धेरै प्रिमियम देशभित्रै कायम राख्न सघाउँदै र आफ्नो विश्वव्यापी उपस्थिति विस्तार गर्दै लगेर नेपालको पुनर्बीमा क्षेत्रले आउँदा वर्षहरूमा देशको आर्थिक विकास र वित्तीय स्थायित्वमा अझ महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गर्न सकिन्छ ।