काठमाडौं। शनिबारदेखि काठमाडौंको किर्तिपुरमा नेपाल प्रिमियर लिग (एनपीएल) चलिरहेको छ। त्यहाँ क्रिकेट मात्र चलेको छैन, क्रिकेट प्रेमीहरुको जमघटले काठमाडौं नै भरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक आफैं एनपीएलको आयोजना गरेको छ। क्यानले आयोजना गरेको यो प्रतियोगीता घरेलु तथा अन्तर्राष्ट्रिय स्तरकै सबैभन्दा ठूलो प्रतियोगिता हो। जसका कारण अहिले राष्ट्रिय एवम् अन्तराष्ट्रिय रुपमा चर्चा समेत चलिरहेको छ।
भारतका चर्चित खेलाडी शिखर धवन कर्णाली याकबाट खेल्ने छन्। यस्तै न्यूजिल्यान्डका प्रभावकारी अलराउन्डर जिम्मी निसम जनकपुर बोल्ट्सबाट एनपीएलमा खेल्दै छन्। धवन र निसम अन्तर्राष्ट्रिय क्रिकेट जगतमा चम्किएको नाम हो। त्यसैले पनि एनपीएलको उचाई विदेशमा समेत राम्रो देखिएको छ।
सुदूरपश्चिम रोयल्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सगरी ८ वटा टिमले प्रतिस्पर्धा गरिरहेको छ। अहिले ती ८ टिमका खेलाडी, प्रशिक्षक, सञ्चालक र क्यानका पदाधिकारीहरु सोल्टी होटल, म्यारियट, याक एण्ड यती, दुषित प्रिन्सेस, हायात प्लेस,¥याडिसन, हिल्टन होटलमा बसिरहेका छन्।
काठमाडौं म्यारियटका सञ्चालक शशिकान्त अग्रवालले एनपीएलले पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पु¥याइरहेको बताए। इन्डियन प्रिमियर लिग (आइपीएल)कै तुलनामा पुग्ने उद्देश्यका साथ अहिले एनपीएल चलिरहेको बताउँदै यसलाई अवसरको रुपमा लिएर विश्वको ध्यान नेपालमा पारेर अन्तर्राष्ट्रिय रुपमा हुने खेल मध्ये केही नेपालमा गर्न सके खेल पर्यटनले ठूलो फड्को मार्ने उनको भनाइ छ।
खेलका लागि नेपाल उपयुक्त स्थान रहेको बताउँदै क्रिकेटका लागि आवश्यक सुविधासम्पन्न खेल मैदानमा सरकारले ध्यान दिएर भारत र पाकिस्तानबीच क्रिकेट खेल नेपालमा गर्न सके सबैभन्दा ठूलो उपलब्धी हुने उनले बताए।
भारतका खेलाडीहरु पाकिस्तान नजाने र पाकिस्तानका खेलाडीहरु भारत नजाने भएकाले ती दुबै खेलाडीलाई नेपालमा ल्याएर खेलाउन सके हेर्न आउने दर्शकले गरेको खर्चले देशको अर्थतन्त्रको आकार नै फेरिन्छ, उनले भने।
क्यानका सचिव पारस खड्काले एनपीएलले खेलाडीलाई मात्र जोड्ने हैन पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुर्याइरहेको बताए। ‘एनपीएलले खेलाडीलाई मात्र फाइदा पुगेको छैन, अर्थतन्त्र समेत चलायमान भएको छ’ सचिव खड्काले भने ‘खेल हेर्न देशभरीबाट खेलप्रेमीहरु आउनु भएको छ, सानादेखि ठूला होटलहरु समेत भरिएको छ।’
खेलकुदले पर्यटन, स्वास्थ्य, शिक्षा, रोजगार सिर्जना, सामाजिक एकता र आत्मबलमा सकारात्मक प्रभाव पार्छ। यसले राष्ट्रिय एकता, अन्तर्राष्ट्रिय सञ्जाल विस्तार, र स्थानीय अर्थतन्त्रलाई समेत टेवा पु¥याउँछ।
‘राष्ट्रको पर्यटन प्रवद्र्धन गर्नुका साथै युवा शक्तिलाई सकारात्मक दिशामा लैजान र देशको आर्थिक तथा सामाजिक विकासमा योगदान पु¥याउँछ। यहाँ हुने खेलकुद गतिविधि नियाल्न विदेशी पर्यटकहरू भित्रिन्छन्,’ सचिव खड्काले भने ‘त्यसको फाइदा खेल क्षेत्रलाई मात्रै होइन अन्य क्षेत्रलाई पनि उत्तिकै हुन्छ । यो भनेको राज्यले पाउने फाइदा नै हो। हामीले खेलकुदलाई जित र हारको रूपमा मात्रै हे¥यौं भने न्याय हुँदैन।’
पुस ६ गतेसम्म चल्ने एनपीएल खेलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्टसले गरिरहेको छ। जुन नेपालका लागि अर्को उपलब्धी हो। खेलकुद जगत मात्र हैन पर्यटन प्रर्वद्धनका लागि ठूलो टेवा पुगिरहेको बताए। क्रिकेट चलिरहँदा काठमाडौंको मात्र हैन किर्तिपुरमा रहेका साना तथा ठूला होटलहरुसँगै किराना पसलहरुमा समेत चहलपहल बढेको उनको भनाइ छ।
‘होटल व्यवसाय चल्नु भनेको त्यसको फाइदा किसान समेतलाई पुग्ने हो,’ सचिव खड्काले भने, ‘यस्ता खेलहरु हरेक वर्ष हुने हो भने खेल हेर्नकै लागि विदेशीहरु समेत नेपाल आउछन् र खेल पर्यटकको रुपमा भित्र्याउन सकिन्छ।’
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवंम सोल्टी होटलका सञ्चालक रविभक्त श्रेष्ठले माउन्टेरिङ, ट्रेकिङपछि सबैभन्दा बढी विदेशी पर्यटकहरु खेल पर्यटनका रुपमा नेपाल ल्याउन सकिन्छ भन्ने सन्देश एनपीएलले दिइरहेको बताए। ‘अहिले स्वदेशीको मात्र हैन विदेशीहरुको ध्यान समेत एनपीएलमा परिरहेको छ,’ पूर्वअध्यक्ष श्रेष्ठले भने, ‘विदेशी खेलाडीहरु खेल्न मात्र नभई हेर्न समेत विदेशी पर्यटकहरु आएका छन्, जुन नेपालको लागि राम्रो माध्यम हो।’