काठमाडौं। मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेल सुरुआत अवसर पारेर एनपीएल खेललाई अझ रोमाञ्चक बनाउन सधंै अन, डेटा र भ्वाइसमा तीन वटा आकर्षक एनपीएल फ्यान प्याक सञ्चालनमा ल्याएको छ।
अफरअन्तर्गत ग्राहकले अनलिमिटेड युट्युब र अनलिमिटेड डेटाका साथ एनपीएलभरि अनलाइनमार्फत खेलको मजा लिन सक्नेछन्। ग्राहकका लागि अनलिमिटेड भ्वाइस अफर पनि उपलब्ध गराइएको छ। यी प्याक लिने ग्राहक एनपीएलका खेल प्रत्यक्ष मैदानमै हेर्न टिकटलगायत अन्य आकर्षक उपहार जित्न पनि योग्य हुनेछन्।
सधैं अन प्याकअन्तर्गत ग्राहकले ३९९ देखि १४९९ सम्मका कुनै पनि प्याक खरिदमा युट्युबमा प्याक अवधिभर अनलिमिटेड पहुँच पाउनेछन्। ग्राहकले अतिरिक्त डेटा शुल्कबारे चिन्ता नगरी एनपीएलका रोमाञ्चक खेल अनलाइनमार्फत जहाँ र जुनसुकै समय हेर्न सक्ने एनसेलले बताएको छ।
त्यसैगरी डेटा सेवा आवश्यक भएका ग्राहकका लागि एनसेलले अनलिमिटेड डेटा अफर ल्याएको छ। ग्राहकले ५० मा १ दिनको समयसीमा रहेको अनलिमिटेड डेटा प्याक लिन सक्छन्। १२५ (३ दिन), १९९ (७ दिन) र ९९९ (२८ दिन) समयावधि रहेको अनलिमिटेड डेटा किनेर एनपीएलका खेलको मजा अनलाइनमार्फत लिन सकिनेछ।
भ्वाइस सेवामा पनि अनलिमिटेड प्याक रहेका छन्। ७ दिनका लागि १४९ र २८ दिनका लागि ४९९ मा अनलिमिटेड भ्वाइस सेवा लिन सकिनेछ।
यी प्याक किनेपछि ग्राहकले एसएमएसमार्फत एनसेल एपमा रहेको ‘स्पिन द ह्वील’मा जाने लिंक प्राप्त गर्न सक्नेछन् भने ह्वील घुमाउँदा एनपीएल खेलको टिकट, १ जीबी डेटा, ५० क्यासब्याक (१ दिनको समयसीमा), १०० क्यासब्याक (१ दिनको समयसीमा), वा १०० अन–नेट एसएमएस (१ दिनका समयसीमा) पाउने सक्ने एनसेलले जनाएको छ।
त्यसैगरी एनसेल फाउन्डेसनले प्रत्येक एनपीएल खेलमा हानिने चौकामा ग्रामीण र दुर्गम क्षेत्रका विद्यार्थीलाई चार वटा शैक्षिक सामग्री वितरण गर्नेछ।
नेपाल क्रिकेट संघ (क्यान) र एनसेलले एनपीएलका लागि सहकार्य गरेका छन्। साझेदारीअन्तर्गत सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको पार्वड बाई पार्टनरको रुपमा एनसेल रहेको छ।