काठमाडौं। बिग ह्याच र फाइभ स्टार लक्जरी भएको नामी गाडीले नेपालबाट राइट ह्यान्ड ड्राइभ सुरू गरेकाे अवसरमा सीमित अवधिका लागि विशेष परिचयात्मक मूल्य प्रस्ताव गरेको थियो । नेपालमा शुभारम्भपछि हङकङ, सिंगापुर र मलेसियामा पनि अनावरण गरिएको थियो।
सीमित समयका लागि प्रस्तावित मूल्य याे महिनाको अन्त्यमा समाप्त हुने र यसपछि सामान्य मूल्य नै कायम रहने कम्पनीका प्रवक्ताले बताएका छन्। यो मूल्यवृद्धि विभिन्न मोडलअनुसार भिन्न हुनेछ।
नेपालमा नामी गाडीको अधिकृत बिक्रेता एमएडब्लु वृद्धिले नामी यसअघि ३०,२४,००० पर्ने ई१ को मूल्य २५,००० बढेको जनाएको छ। यस्तै, नामी ई२ ३२,४९,००० कायम गरिएको छ।
यो गाडीको मूल्य ५०,००० बढेको हो। यस्तै, नामी ई३को ३५,९९,००० मूल्य पुगेको छ। यो गाडीको मूल्य १,००,००० बढेको हो।
सेग्मेन्टमै पहिलो फ्रेमलेस ढोका, मेमोरी सिट, फ्लस डोर ह्यान्डल, अटो पार्किङका साथै अन्य इन्नोभेटिव फिच्रस जस्तै लेभल २ एडीएएस सुरक्षा प्रणाली, लाइ-फ्ल्याट स्पेस र १२.८ इन्चको उन्नत इन्फोटेनमेन्ट कन्सोलजस्ता अभिनव सुविधासहित नामीले ह्याचब्याकमा समावेश चीजलाई पुनस् परिभाषित गरेको छ।
एमएडब्लू(वृद्धि नेपालको दुई प्रमुख व्यापारिक घराना एमएडब्लू ग्रुप र वृद्धि ग्रुपबीचको रणनीतिक साझेदारी हो। सन् २०१४ मा स्थापित एमएडब्लू(वृद्धि नेपाली अटोमोटिभ बजारमा अग्रणी शक्ति हो, जसले फोटोन, सोकोन, सेरेस, नामी र चांगानजस्ता ब्रान्डका विद्युतीय सवारी सहित व्यावसायिक र यात्रुवाहक सवारी बिक्री गर्दै आएको छ।