काठमाडौं। मंगलबारको कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.४१ अंकले बढेर २७१६.६६ बिन्दुमा बन्द भएकोमा बुधबार पनि बढेको छ।
बुधबार नेप्से परिसूचक ३९.७० अंकले बढेर २७,५६.३६ बिन्दुमा पुगेको छ। आज कारोबारमा आएकामध्ये ९ कम्पनीको मूल्यमा सर्किट लागेको छ।
आज १ करोड ७१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३१ करोडको कारोबार भएको छ। मंगलबार ७ अर्ब ४४ करोड बढीको सेयर खरिद बिक्री भएको थियो। कारोबारमा आएका सबै समूहका सूचक बढेका छन्।
कारोबारमा आएका २४४ कम्पनीको सेयर बढेको छ भने ३८ कम्पनीको सेयर घटेको छ। यस्तै, ६ कम्पनीको सेयर स्थिर रहेको छ।
ट्रेडिङ समूहको सेयर कारोबार सबैभन्दा बढी ९.२७ प्रतिशतले बढेको छ।
आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक ३४ करोडको कारोबार भएको छ भने जानकी फाइनान्स, पिपुल्स हाइड्रो, सप्तकोसी डेभलपमेन्ट बैंक कारोबारका आधारमा अगाडि रहे।
नेप्सेमा विशालबजार कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सपोर्ट माइक्रोफाइनान्स, मानुषी लघुवित्त, सप्तकाेसी डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सुपरमादी हाइड्राेपावर र लाइफ इन्स्याेरेन्स कर्पाेरेसन नेपालकाे सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ।
धितोपत्र बोर्डले ११ महिनापछि नयाँ नेतृत्व पाएसँगै बजारमा लगानीकर्ताको मनोबल बढ्दा नेप्से पुनः सकारात्मक लयमा फर्किएको हो।