काठमाडौं। रौतहटको गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ। बजाज माइलेज च्याम्पियनमा नेपालभरिका बजाज प्लाटिना चालक आफ्ना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न सहभागी भएको नेपालमा बजाज बाइकको आधिकारिक बिक्रेता हंसराज एन्ड हुलासचन्दले जनाएको छ।
माइलेज च्याम्पियनमा लोकेशकुमार चौरसियाले ९९ किमि प्रतिलिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेका थिए। त्यस्तै ९४ किमि प्रतिलिटरको प्रदर्शनका साथ मुकेश कुमार शाह दोस्रो स्थानमा रहेका थिए भने ९० किमि प्रति लिटरको प्रदर्शन गर्दै रोशन अली यादव तेस्रो स्थानमा रहे।
यो इभेन्टले केवल बजाज प्लेटिनाको इन्धन बचत र भरपर्दो विशेषतालाई मात्र नगरी बजाजप्रेमीबीच समुदाय र मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना पनि प्रवर्द्धन गरेका थिए।
माइलेज च्याम्पियनमा सहभागी चालकले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्यसहित प्रतिस्पर्धा गरे। रोमाञ्चक कार्यक्रमले बजाज प्लाटिनाको इन्धन दक्षता र विश्वासनीयतालाई उजागर गर्दै नेपालका बजाजप्रेमीबीचको एकताको भावना र मित्रवत प्रतिस्पर्धालाई प्रोत्साहित गरेका थिए।
पछिल्लो समय पेट्रोलिय पदार्थको मूल्यवृद्धि भएसँगै ग्राहकलाई माइलेजको अवस्थाबारे जानकारी दिन उक्त च्याम्पियन आयोजना गरिएको बजाजका एरिया सेल्स म्यानेजर विजय सिंहले बताए। १०० सीसीको प्लाटिना मोटरसाइकलको माइलेज च्याम्पियन हुने उनको भनाइ छ।
नयाँ पुस्ताले बढी पेट्रोल खर्च गर्ने मोटरसाइकल चलाउने ट्रेन्ड बसेका बेला प्लाटिना प्रयोगको फाइदाबारे पनि च्याम्पियनले जानकारी दिने विश्वास दिएका थिए। आइतबार बिहान १० बजे उक्त च्याम्पियनको गरुडा चिनी मिल चौरमा उद्घाटन भएको थियो।
कार्यक्रममा ग्राहक सहभागिताका लागि अनुरोध गरिएका थियो भने च्याम्पियनमा सहभागी उत्कृष्टलाई पुरस्कृत गरिएको कम्पनीले बताएको छ।