काठमाडौं। सेयर बजारमा १५.८३ अंकको वृद्धि आएको छ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.८३ अंकले बढेर २६८३.२४ बिन्दुमा रोकिएको छ।
अघिल्लो कारोबार दिन आइतबार नेप्से १३.०३ अंकले घटेको थियो भने गत साता बिहीबार ३१.३१ अंकले घटेको थियो।
सोमबार नेप्सेमा कुल ६ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल ७ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
सोमबार कारोबारमा आएकामध्ये १६९ कम्पनीको सेयर मूल्य बढ्दा ६७ कम्पनीको घटेको छ। यस्तै, ९ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
सोमबार सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लाग्दा पाँच कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि भएको छ। यस्तै, ङादी ग्रुप पावरको सेयर मूल्यमा भने नकरात्मक सर्किट लागेको छ।
सोमबार बैंकिङ समूहको सेयर मूल्य ०.११ प्रतिशत, विकास बैंक समूहको १.२१ प्रतिशत, फाइनान्स समूहको २.२७ प्रतिशत, होटल तथा पर्यटन समूहको १.२४ प्रतिशत र जलविद्युत समूहको सेयर मूल्य ०.४४ प्रतिशतले बढेको छ।
यस्तै, लगानी समूहमा १.०५ प्रतिशत, जीवन बिमा समूहमा ०.२३ प्रतिशत, लघुवित्त समूहमा ०.१९ प्रतिशत र निर्जीवन बिमा समूहमा १.२७ प्रतिशतको वृद्धि भएको छ।
सोमबार उत्पादन समूहको सेयर मूल्य ०.२३ प्रतिशतले घट्दा म्युचअल फन्डमा ०.३२ प्रतिशतको गिरावट आएको छ।