काठमाडौं। विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक सार्क नेपालमा भित्रिने भएको छ। मंसिर ११ गतेदेखि ब्ल्याक सार्कका एसेसरिज औपचारिक रुपमा नेपाली बजारमा उपलब्ध हुनेछन्।
नेपालको प्रमुख इलेक्ट्रोनिक्स तथा ग्याजेट मार्केटप्लेस एवं ब्ल्याक सार्कको नेपालका लागि आधिकारिक वितरक मोबाइलमान्डुले ब्ल्याक सार्क गेमिङ एसेसरिज लन्च गर्ने योजना बनाएको छ।
मंसिर ११ देखि १७ गतेसम्म गेमिङ र हेल्थ तथा प्रविधिमा चासो राख्ने ग्राहकले सो ब्रान्डका उच्च गुणस्तरीय स्मार्टवाच र इयरबडबारे जानकारी लिन र प्रयोग गर्न सक्नेछन्। दराज र मोबाइलमान्डुको प्ल्याटफर्मबाट यी सामग्री खरिद गर्न सकिनेछ।
ब्ल्याक सार्कको नेपाली बजारमा औपचारिक लन्चको अवसरमा सीमित समयका लागि आकर्षक छुट र अन्य विभिन्न अफरसमेत उपलब्ध गराइनेछ। प्रिमियम एसेसरिजलाई सबैको पहुँचयोग्य बनाउन सीमित समयका लागि ५० प्रतिशत छुट अफर उपलब्ध हुनेछ।
त्यसैगरी पहिलो ५० ग्राहकले जीटी ३ नियो स्मार्टवाच र टी ९ इयरबडमा विशेष छुट प्राप्त गर्नेछन्। यीबाहेक सुरुमै एसेसरिज किन्ने ग्राहकलाई ग्याजेटको अनुभव मज्जाले लिन र ब्रान्ड भ्याल्यु बुझाउन सहजताका लागि स्पेसल गिफ्ट ह्याम्परसमेत उपलब्ध गराइनेछ।
सहभागीमा उत्साह जगाउन ग्रान्ड गिभअवे कार्यक्रम गर्नेछ भने यसमा विभिन्न भाग्यशाली ग्राहकलाई ५० हजार रुपैयाँ मूल्यको ब्ल्याक सार्क प्रोडक्ट उपलब्ध गराइने छ।
मोबाइलमान्डुले हाल पहिलो चरणमा विभिन्न मोडलका स्मार्टवाच र इयरबड बिक्रीका लागि उपलब्ध गराउने छ। ७ देखि २१ दिनसम्मको ब्याट्री लाइफ भएका यी स्मार्टवाच गेमिङमा प्रयोग गर्न सकिन्छ। यसबाहेक स्पोर्ट्स र हेल्थ चेकअपका लागि समेत विशेष उपयोगी हुनेछन्। इयरबडको ब्याट्री लाइफ ४० घण्टासम्म रहेको छ।