काठमाडौं। सेवा सुविधा वृद्धिद्धको माग गर्दै नेपाल वायुुसेवा निगमका एक दर्जन(१२) जना भन्दा बढी स्थायी पालइटहरु आन्दोलनमा उत्रिएका छन्। स्थायी र करार पाइलटबीचको सेवा सुविधा फरक रहेको भन्दै समान हुनुपर्ने माग सहित स्थायी पाइलटहरु केहि दिनदेखि विरामी विदामा बसेका हुन्।
निगमका अपरेसन्स विभागका निर्देशक दीपुराज ज्वारचनले ४३ जनामध्ये ८ जनाले मंसिर ६ गतेदेखि सुनियोजित देखिनेगरि सिक रिपोर्ट÷अर्जेन्ट वर्क रिपोर्ट गरेर विदामा बसिरहेको जानकारी दिए। एक साथ ८ जना पाइलटहरु विरामी विदामा बसिदिँदा शनिबारदेखि उडानमा प्रभाव देखिन थाल्दा निगमको उडानमा आर्थिक नोक्सानी मात्र नभई निगमको साख र इज्जतमा समेत नकरात्मक प्रभाव परेकोले तत्कालै काममा फर्कन अनुरोध गरिएको बताए।
सम्पूर्ण विमान चालहरुलाई पुनः आआफ्नो रोस्टअनुसार उडानमा संलग्न भई कुनैपनि उडान प्रभावित नगर्न नगराउन फेरि पनि सूचित गरिन्छ, अपरेसन्स विभागले सबै ककपिट क्रुहरुलाई पठाएको सर्कुलरमा लेखिएको छ।
निगममा कार्यरत पाईलटहरुको सेवा सुविधा बढाउने सम्बन्धमा निगम व्यवस्थापनको तर्फबाट विभिन्न चरण र मितिहरुमा अद्यावधिक जानकारी गराइरहेको बताउदै संस्कृती ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, पर्यटन सचिव गणेश प्रसाद पाण्डे समेत समस्या समधान गर्न गम्भिर भएर लागिरहेको जनाएको छ।
आइतबार पनि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आफ्नो सचिवालय र बजार व्यवस्थापन विभागका निर्देशक सहित अर्थमन्त्री विष्णु पौडेलसँग समेत पालटहरुको सेवा सुविधा बढाउने विषयमा छलफल गरेका थिए। पाइलटहरुको सेवा सुविधा बढाउने विषय निगम आफैले मात्र गर्न नसक्ने भएकोले पर्यटन र अर्थमन्त्रालय सकरात्मक रहेकोले केहि दिन भित्रै समधान हुने आशा समेत रहेको जनाएको छ। सोही विषयमा सोमबार १० वजे अर्थमन्त्री पौडेल र पर्यटन सचिव पाण्डेबीच छलफल गरि समधानका केहि खाका तयार पार्ने समेत उल्लेख छ।
स्थायी पाइलटले प्राप्त गर्ने सेवासुविधामा करारमा कार्यरत पाइलटको दाँजोमा असमानता भएको जनाउँदै न्यारोबडी र वाइडबडीका स्थायी पाइलटहरुले हडतालमा उत्रिदा शुक्रबारदेखिनै केहि उडान प्रभावित भएको छ।