काठमाडौं। सेयर बजारमा १३.०३ अंकको गिरावट आएको छ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.०३ अंकले घटेर २६६७.४० बिन्दुमा खुम्चिएको छ।
अघिल्लो कारोबार दिन बिहीबार पनि नेप्से ३१.३१ अंकले घटेर २६८०.४४ बिन्दुमा रोकिएको थियो।
आइतबार अधिकांश कम्पनीको सेयर मूल्य घट्दा कुल ७ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बिहीबार भने कुल ८ अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
आइतबार कारोबारमा आएकामध्ये ५५ कम्पनीको सेयर मूल्य बढ्दा १८१ कम्पनीको घटेको छ। यस्तै, ८ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
आइतबार थ्री स्टार हाइड्रोपावर, न्यादी ग्रुप पावर र नबिल डिबेन्चर २०८२ को सेयर मुल्यमा नौ प्रतिशत बढीको वृद्धि भएको छ। यस्तै, सेन्चुरी डिबेन्चरको सेयर मूल्य भने ७.७५ प्रतिशतले घटेको छ।
आइतबार १३ समूहमध्ये लगानी समूहको सेयर मूल्य ०.०८ प्रतिशत र उत्पादन समूहको सेयर मूल्य ०.६८ प्रतिशतले बढ्दा अन्य सबै समूहको घटेको छ।
आज बैंकिङ समूहमा ०.५४ प्रतिशत, विकास बैंकमा १.६३ प्रतिशत, फाइनान्स समूहमा ०.३७ प्रतिशत र होटल तथा पर्यटन समूहमा ०.४९ प्रतिशतको गिरावट आएको छ।
यस्तै, जलविद्युत समूहमा ०.४१ प्रतिशत, जीवन बिमा समूहमा ०.५५ प्रतिशत, लघुवित्त समूहमा ०.९४ प्रतिशत र निर्जीवन बिमा समूहमा ०.१७ प्रतिशतको गिरावट आएको छ।