हिरो एक्सपल्स र टीभीएस आरटीआर २०० सिसी सेग्मेन्टको मोटरसाइकल हुन्। नेपालमा २०० सिसी क्षमताका माेटरसाइकल बिक्री धेरै भएको पाइन्छ। २०० सिसी सेग्मेन्टमा नेपालमा बिक्री हुँदै आएको मोटरसाइकल युवा पुस्ताको रोजाइ र छनोटमा परेको छ।
यो मोटरसाइकल जस्तोसुकै सडकमा चलाउन सहज हुने बिक्रेता कम्पनीको दाबी छ। २०० सिसी सेग्मेन्टमा नेपाल आएको हिरो एक्सपल्स २०० फोरभी र टीभीएस आरटीआर २०० फोरभी अत्याधिक चर्चामा रहेको मोटरसाइकल हो। कम मूल्य र उत्कृष्ट फिचरका कारण यो मोटरसाइकलको माग उच्च रहेको छ।
हाल नेपाली बजारमा बिक्री हुँदै आएका २०० सिसी सेग्मेन्टको हिरो एक्सपल्स र टिभीएस आरटीआर उत्कृष्ट मोटरसाइकल हुन्। यी दुवै मोटरसाइकलको माग नेपालमा धेरै बढेको छ। २०० सिसी सेग्मेन्टमा नेपालमा उपलब्ध यी दुई मोटरसाइकलका फिचर लगभग समान रहे पनि मूल्य भने फरक छ।
नेपालमा सिजी मोटर्सले बिक्री गर्दै आएको हिरो एक्सपल्स २०० फोरभीको मूल्य ४ लाख ६४ हजार ९०० रुपैयाँ पर्छ भने जगदम्बा मोटर्सले बिक्री गर्दै आएको टिभीएस आरटीआर २०० फोरभीको मूल्य ३ लाख ९३ हजार ९०० रुपैयाँ रहेको छ। यी दुवै मोटरसाइकलको स्मुथनेस सबैभन्दा सबल पक्ष हो। पावर, फिचर र पर्फर्मेन्समा पनि यी दुवै राम्रा मोटरसाइकल हुन्।
मूल्य तथा इन्जिन
हिरो एक्सपल्स २०० फोरभी १९९.६ सिसीको सिंगल सिलिन्डर, आयल कुल्ड, फोर स्ट्रोक, फोर भल्ब, बीएस ६ इन्जिन रहेको छ। यो इन्जिनले अधिकतम १८.९ ब्रेकहर्स पावर तथा १७.३५ एनएमको टर्क जेनेरेट गर्छ। यसमा ५ स्पिडको गियरबक्स छ। एक्सपल्सको फ्युल ट्यांक १३ लिटरको छ। यो मोटरसाइको रिजभ ट्यांक २.६ लिटरको छ।
टिभीएस आरटीआर २०० फोरभी १९७.७५ सिसीको सिंगल सिलिन्डर, फोर स्ट्रोक, फोर भल्ब, आयल कुल्ड इन्जिन रहेको छ। उक्त इन्जिनले अधिकतम २०.८ पीएस पावर तथा १७.३ एमएमको टर्क जेनेरेट गर्छ। यसमा पनि ५ स्पिडको गियरबक्स दिइएको छ। टिभीएसको फ्युल ट्यांक १२ लिटरको छ। यसको रिजभ ट्यांक २.५ लिटरको छ।
माइलेज
हिरो एक्सपल्स २०० फोरभीमा ३९ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ। यसको टप स्पिड ११५ किलोमिटर प्रतिघन्टा रहेको छ।
टिभीएस आरटीआर २०० फोरभीमा ३८.५ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ। यसको टप स्पिड १२७ किलोमिटर प्रतिघन्टा रहेको छ। नेपालमा यसको दुई भेरियन्ट उपलब्ध छ।
फिचर
हिरो एक्सपल्समा प्रोजेक्टर एलईडी हेडल्याम्प, डबल पर्पस टायर, डबल डिस्कब्रेकसंगै तीन मोडसहितको सिंगल च्यानल एबीएस, ब्लुटुथ कनेक्टिभिटी सिस्टम, नेभिगेसन, पूरा एलसीडी स्पिडोमिटर, चार्जिङ पोर्ट, युएसडी फर्क र एड्जस्टेवल मोनो सस्पेन्सनलगायत फिचर छन्।
टिभीएस आरटीआर २०० फोरभीमा स्मार्ट कनेक्ट टेक्नोलोजी, नेभिगेसन, राइड मोड, डिजिटल डिस्प्ले, एलईडी लाइट, डबल डिस्कब्रेक, सिंगल च्यानल एबीएस, एड्भान्स स्लिपर क्लच, ट्युबलेस टायर, अलोय ह्वील, टेलिस्कोपिक फर्क र मोनोसक सस्पेन्सनजस्ता फिचर पाउन सकिन्छ।