काठमाडौं। बेलायतमा सम्पन्न एसियन करी अवार्ड कार्यक्रममा नेपाली मूलका व्यवसायी दीपेन्द्र गुरुङ विशिष्ट अतिथिको रुपमा सहभागि भएका छन्।
बेलायतको सांस्कृतिक उद्योगमा योगदान दिने, १ लाखभन्दा बढी मानिसलाई रोजगारी दिने र ८ अर्ब बढी आर्थिक योगदान गर्ने उत्कृष्ट सम्मानित गर्न आयोजित १४औं एसियन करी अवार्ड नोभेम्बर १७ मा लन्डनको मेफेयरस्थित ग्रोभनर हाउसको ‘द ग्रेट रुम’ मा सम्पन्न भएको थियो।
गुरुङको प्रतिनिधित्व गर्दै मिस इंग्ल्यान्ड २०२४ मिली म्यागीले पुरस्कार वितरण गरिन्। उनले ‘मिस वल्र्ड ब्यूटी विथ पर्पस’ अभियान ‘गोफरविस्पर’ को प्रवर्द्धन गर्दै विद्यालयमा अनिवार्य सीपीआर तालिमका लागि समर्थन गर्न आग्रह गरिन्। यो अभियानलाई प्रिन्स विलियम र नयाँ ब्रिटिस विमान कम्पनी ‘हिमालय जेट’ ले समर्थन गरेका छन्।
मिस इंग्ल्यान्ड २०२४ मिली म्यागीले हिमालय जेटले मोन्टे कार्लाे, मकाउ र लस भेगासजस्ता गन्तव्यका लागि लामो दूरीका सीधा उडान सेवा दिनुका साथै, लन्डन, पेरिस, रोम, मिलान, सेंट मोरिट्ज, र जुरिचबाट फ्रेन्च रिभिएराका क्यान्स र नाइस विमानस्थलसम्मको विलासी छोटो दूरीका उडान पनि उपलब्ध गराउने बताइन्।
हिमालय जेटले बेलायतको लन्डनबाट नेपालसहित युरोपका विभिन्न प्रमुख सहर र अष्ट्रेलियाका लागि उडान सेवा सुरु गर्न लागेको उनले जानकारी दिइन्।