काठमाडौं। नेपालको लागि टिभीएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेस्ट्रिक स्कुटर टिभीएस आइसक्युबको २.२ किलोवाट आवर भेरियन्ट सार्वजनिक गरेको छ। नयाँ भेरियन्ट आगमनसँगै अब नेपालमा टिभीएस आईस्युबका ३ वटा भेरियन्ट उपलब्ध हुनेछन्।
कम्पनीका अनुसार टिभीएस आईस्यु प्रमुख सिद्धान्तबाट प्रेरित छ। पावर अफ चोइस, पूर्ण एसुरेन्स प्रयोगमा सहजता, पावर अफ चोइसअन्तर्गत ग्राहकलाई विभिन्न रेन्ज चार्जिङ र प्राइस अप्सन रहेका छन्। पूर्ण एसुरेन्सअन्तर्गत सवारी सुरक्षा र कुल ओनरसिप अनुभव रहेको छ भने प्रयोगमा सहजताअन्तर्गत सजिलै प्रयोग गर्न सकिने फिचर रहेका छन्।
लन्च कार्यक्रममा टिभीएस मोटर कम्पनीका ईभी इन्टरनेसनल बिजनेस माइस प्रेसिडेन्ट मधुप्रकाश सिंहले नेपालमा टिभीएस आईक्यूको यात्रा फलदायी हुँदै आएको बताए। ‘ग्राहकले एक वर्षमा १० लाख बढी किलोमिटर यात्रा पूरा गरिसकेका छ्न्। विश्वभरि ४ लाखभन्दा बढी ग्राहकले टिभीएस आइक्यूब ब्रान्डलाई रोजेका छन्, जसले उत्कृष्ट ईभी अनुभवप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रमाणित गरेको छ। नयाँ आईक्युब २.२ किलोवाट आवर भेरियन्टले सबैभन्दा फास्ट चार्जिङ सुविधा दिन्छ।
आधिकारिक बिक्रेता जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने, ‘टिभीएस आईक्यूबसँगको गत एक वर्षको हाम्रो यात्रा सफल रहेको छ। टिभीएस आईक्यूब २.२ किलोवाट(आवर भेरियन्टको प्रवेशले नेपाली दुई पांग्रे ईभी क्षेत्रमा आएको परिर्वतनमा अझ गति थप्नेछ। हाम्रो विस्तृत वितरण नेटवर्क र उत्कृष्ट इन स्टोर बिक्रीका साथ नयाँ भेरियन्टलाई नेपालभर उपलब्ध गराउँछौं। नेपाली ग्राहकका लागि दुई पांग्रे ईभी अझ पहुँचयोग्य भएको छ।’
नयाँ टिभीएस आईक्यूब २.२ किलोवाट (आवर भेरियन्टको बुकिङ आजदेखि टिभीएस नेपालको वेबसाइट तथा काठमाडौंभरका टिभीएसका ४० आधिकारिक डिलरमा उपलब्ध गराएकाे छ।
टिभीएस आइक्युब २.२ किलोवाट (आवर भेरिएन्टका मुख्य विशेषता
ब्याट्री क्षमता २.२ किलोवाट आवर
चार्जर ९५० वाट
५ इन्चको रंगीन टिएफटी स्कृन
सबैभन्दा फास्ट चार्जिङ २ घण्टा ९०(८० प्रतिशत)
सवारी दुर्घटना तथा टो अलर्ट
टर्न बाइ टर्न नेभिगेसन
डिस्ट्यान्स टू एम्प्टी
३० लिटरको अन्डर सिट स्टोरेज
७५ किमी प्रतिघण्टाको टप स्पिड
मूल्य: २ लाख ९९ हजार ९९०
उपलब्ध कलर: वालनट ब्राउन र पर्ल ह्वाइट।