काठमाडौं। सेयर बजारमा ३१.३१ अंकको गिरावट आएको छ। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.३१ अंकले घटेर २६८०.४४ बिन्दुमा रोकिएको हो।
अघिल्लो कारोबार दिन बुधबार भने नेप्से ९.०९ अंकले बढेर २७११.७५ बिन्दुमा रोकिएको थियो। यस्तै, मंगलबार भने नेप्सेमा ५१.११ अंकले घटेको थियो।
बिहीबार नेप्सेमा कुल ८ अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बुधबार भने ६ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
बिहीबार कारोबारमा आएकामध्ये ४३ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको घटेको छ। यस्तै, ४ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
बिहीबार सूचक घटेपनि सामुदायीक लघुवित्त वित्तीय संस्था र थ्रीस्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। यस्तै, जानकी फाइनान्सको सेयर मूल्यमा भने नकरात्मक सर्किट लागेको छ।
बिहीबार बैंकिङ समूहको सेयर मूल्य ०.९० प्रतिशतले घट्दा विकास बैंक समूहको १.४७ प्रतिशत, फाइनान्स समूहको २.८६ प्रतिशत, होटल तथा पर्यटन समूहको १.७३ प्रतिशत र जलविद्युत समूहको सेयर मूल्य ०.९० प्रतिशतले घटेको छ।
आज लगानी समूहको सेयर मूल्य ०.९० प्रतिशत, जीवन बिमा समूहको सेयर मूल्य १.३६ प्रतिशत, उत्पादन समूहको १.५४ प्रतिशत, लघुवित्त समूहको ०.६८ प्रतिशत र निर्जीवन बिमा समूहको सेयर मुल्य १.१६ प्रतिशतले घटेको छ।
याे पनि पढ्नुहाेस्