काठमाडौं। चौधरी ग्रुपअन्तर्गत नेपालमा एलजी उत्पादनका अधिकारिक आयातकर्ता तथा वितरक सिजी इलेक्ट्रोनिक्सले ४३ इन्च, ५५ इन्च र ६५ इन्चका साइजमा नयाँ एलजी नानोसेल टिभी सार्वजनिक गरेको छ।
नयाँ थप टिभीले नेपालमा उपलब्ध एलजीको उन्नत टेलिभिजन मोडलको दायरा बढाएको र ३२ देखि ८६ इन्चसम्मका ओएलईडी टिभी, क्युएनईडी टिभी, युएचडी टिभी र स्मार्ट टिभी यसमा समावेश रहेकाे कम्पनीले जनाएकाे छ।
एलजी नानोसेल टिभीमा विशेष नानोसेल लेयर प्रयोग गरिएको छ, जुन प्रविधिले उन्नत रङको शुद्धताका साथ तस्बिर गुणस्तरमा क्रान्ति ल्याएको, न्यानोपार्टिकल्सले सुस्त टोन फिल्टर गरेर तीक्ष्ण टोन सुविधा, जीवन्त रङ, सटिक पिक्सेल, स्क्रिनमा एकरूपता सुनिश्चित गर्नुका साथै दृश्य कोणमा पनि छविको गुणस्तर कायम राख्ने कम्पनीकाे दाबी छ।
नानोसेलले अनावश्यक प्रकाशलाई सोसेर चित्रको गुणस्तरको ह्रासलाई कम गर्दछ, सुस्त वा धमिलो नगरी बोल्ड, जीवन्त रङ प्रदान गर्दछ। आइपीएस प्रविधिमा निर्माण गरिएको नानोसेल डिस्प्लेले टोनको दायरा विस्तार, जीवन्त छविका लागि एक अर्बभन्दा बढी रङलाई सपोर्ट गर्दछ र भ्युइङ एंगल पनि राम्राे दिन कम्पनीले जनाएकाे छ।
समूह भेला र साझा अवलोकन अनुभवका लागि नानोसेल टिभी एउटा उत्कृष्ट विकल्प रहेकाे कम्पनीकाे भनाइ छ। नानोसेल टिभीमा जीवन्त रङ र फराकिला स्क्रिन कोण रहेकाले दिनको समय हेर्न उत्कृष्ट तथा यसलाई ओएलईडी टिभीको किफायती विकल्पको रूपमा लिन पनि सकिन्छ।
अत्याधुनिक फोरके नानोसेल अल्फा फाइभ एआई प्रोसेसर जेन सेवेन टेक्नोलोजी सज्जित नानोसेल टिभीले जीवन्त तस्बिर र गुणस्तरका लागि एआई दृश्य अनुभव प्रदान गर्दछ। एचडीआर टेन, एचएलजी र फिल्ममेकर मोडजस्ता सुविधाले दृश्य अनुभवलाई अझ बढाउँदछ, जबकि एआई साउन्ड प्रो र क्लियर भ्वाइस प्रोले अडियो आउटपुटलाई समृद्ध पार्दछ, जसले प्रत्येक ध्वनि विवरण स्पष्ट र शक्तिशाली रहेकाे निश्चित गर्ने कम्पनीले बताएकाे छ।
एलजी नानोसेल टिभीले नेपाली बजारमा नवीनतम स्मार्ट टेक्नोलोजी पनि ल्याएको छ, जसमा वेबओएस २४, एलजी थिनक्यू र अमेजन अलेक्सा, एप्पल एयरप्ले आदि जस्ता लोकप्रिय प्लेटफर्म सपोर्ट गर्दछ। गेम अप्टिमाइजर, इन्टेलिजेन्ट भ्वाइस रिकग्निसन र म्याजिक रिमोटजस्ता अतिरिक्त सुविधाका साथ यी टिभीले आधुनिक नेपाली घरपरिवारको विविध आवश्यकता पूरा गर्नेछ। एलजी नानोसेल टिभीले वेबओएस रेन्यु प्रोग्राम पनि प्रदान गर्दछ, जसले ग्राहकले टिभी खरिद गरेपछि पाँच वर्षसम्म वेबओएस अपग्रेड प्राप्त गर्ने सुनिश्चित गर्दछ।
सीजी इलेक्ट्रोनिक्सले नो कस्ट इएमआई सेवा, एक्सचेन्ज सेवा, कम्पनीको २/११ नीतिमार्फत बिक्रीपछिको सेवा, तीन वर्षको वारेन्टीजस्ता सुविधा दिएकाे छ।