काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल र नेपाल क्लियरिङ हाउसबीच बैंकका नेपालपे मर्चेन्टका क्यूआरमा अलिपेको नेटवर्कमा रहेका सदस्य वालेट र मोबाइल बैंकिङमार्फत अन्तरदेशीय भुक्तानी सम्झौता भएको छ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र एनसीएचएलक प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे।
सम्झौतापछि नेपालमा रहेको नेपालपे क्यूआर तथा यसका इन्टरआपरेबल क्यूआरको मर्चेन्ट क्यूआरमा अलिपेकोे नेटवर्कमार्फत भुक्तानी गर्न सकिनेछ।
चाइना, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया, स्वीडेन तथा इटलीलगायतका देशबाट नेपाल आएका पर्यटकले डोमेस्टिक वालेटमार्फत नेपालपे तथा यसका इन्टरआपरेबल क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन्।
बैंकले हाल १९७ शाखा, ३ वटा एक्सटेन्सन काउन्टर, ७४ शाखारहित बैंकिङ र १६२ एटिएममार्फत बैंकिङ सेवा दिँदै आएको छ।