काठमाडौं। बिवाईडीले ३०औं वार्षिकोत्सव अवसरमा १ करोड इलेक्ट्रिक र प्लग–इन हाइब्रिड गाडी उत्पादन गर्ने विश्वको पहिलो ब्रान्ड बनेको घोषणा गरेको छ। बिवाईडीको यो उपलब्धिले यातायातप्रतिको दृढ प्रतिबद्धता र अटोमोबाइल उद्योगमा विश्वव्यापी लिडरको रूपमा यसको स्थानलाई बलियो बनाएको छ।
२० कर्मचारीसहित सानो स्टार्टअपबाट सुरु गरेको व्यवसाय हाल विश्वभर लगभग १० लाख कर्मचारी भएको बहुराष्ट्रिय कम्पनीमा परिवर्तन भएको बीवाईडीका अध्यक्ष वाङ चुआनफुले बताए। वाङले प्राविधिक इनोभेसनप्रतिको प्रतिबद्धता र यातायातको भविष्यलाई रुपान्तरण गर्न बिवाईडीको महत्त्वपूर्ण भूमिका रहेको जनाए।
१ करोड नयाँ सवारीसाधन (एनईभी) उत्पादनको उपलब्धि बिवाईडीको दिगो विकासप्रतिको दृढ प्रतिबद्धताको प्रमाण हो। उपलब्धि हासिल गर्ने बीवाईडी विश्वकै पहिलो अटोमोबाइल कम्पनी बनेको छ। कम्पनीले सुरुमा ५० लाख नयाँ सवारीसाधन (एनईभी) उत्पादन गर्न १५ वर्ष लगाएको थियो। तर, त्यसपछि अर्को ५० लाख उत्पादन भने १५ महिनामै गरी नयाँ ऊर्जा सवारीसाधन (एनईभी) र प्राविधिक प्रगतिमा केन्द्रित रणनीतिक सफलताको उदाहरण बनेको छ।
वाङले बिवाईडीको सफलता साहसी दृष्टिकोण, निरन्तर कार्यान्वयन र अटल धैर्यमा आधारित भएको बताएका छन्। कम्पनीको उपलब्धिको श्रेय यसको बलियो प्राविधिक क्षमता र गहिरो रूपमा इन्जिनियरिङ कल्चर रहेको उनको भनाइ छ। ‘बिवाईडीका इन्जिनियरको आत्मा नै हाम्रो कम्पनीको आत्मा हो।’
भविष्यलाई हेर्दै वाङले बिवाईडीको रणनीतिक रोडम्याप प्रस्तुत गरेका छन्। उनले बिवाईडीका आधारभूत मार्गनिर्देशको परिचय दिएका छन्। यो एक विस्तृत दस्तावेजले कम्पनीको आधारभूत सिद्धान्त, ऐतिहासिक अनुभव र भविष्यमुखी रणनीति समेट्नेछ। यस संरचनाले भविष्यमा बिवाईडीको निरन्तर वृद्धि र इनोभेसनलाई मार्गदर्शन गर्नेछ।
आगामी योजनामा बिवाईडीले अटोमोटिभ प्रणालीलाई एकीकृत गर्ने बौद्धिक प्रविधिमा १०० अर्ब युआन लगानी गर्नेछ। यसले बिवाईडीको सम्पूर्ण सवारीसाधन शृंखलामा व्यापक सुधार ल्याउनेछ। यो प्रतिबद्धताले बिवाईडीलाई प्राविधिक प्रगति र नवप्रवर्तनमा अग्रणी राख्न सुनिश्चित गर्ने विश्वास कम्पनीको छ।