काठमाडौं। सेयर बजार २७०० मुनि पुगेर फर्किएको छ। मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २ बजेर ५१ मिनेटपछि २७०० मुनि अर्थात् २६९६ बिन्दुसम्म खुम्चिएको थियो।
तर, अन्तिम समयमा भने नेप्से ५१.११ अंकले घटेर २७०२.६५ बिन्दुमा रोकिएको छ। अघिल्लो कारोबार दिन आइतबार भने नेप्से ४.९८ अंकले बढेर २७५३.७६ बिन्दुमा रोकिएको थियो।
मंगलबार नेप्सेमा कुल १० अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन आइतबार ११ अर्ब ५६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
मंगलबार कारोबारमा आएका मध्ये २० कम्पनीको सेयर मूल्य बढ्दा २२४ कम्पनीको भने घटेको छ। यस्तै, एक कम्पनीको सेयर मूल्य भने स्थिर छ।
मंगलबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा नारायणी डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ७.२७ प्रतिशत र गुँरास लघुवित्तको ५.८४ प्रतिशतले बढेको छ।
यस्तै, न्यादी ग्रुप पावर कम्पनीको सेयर मूल्य ९.२५ प्रतिशत, समृद्धि फाइनान्सको ८.५५ प्रतिशत र जानकी फाइनान्सको सेयर मूल्य ८.२० प्रतिशतले घटेको छ।
मंगलबार बैंकिङ समूहको सेयर मूल्य १.११ प्रतिशत, विकास बैंक समूहको २.२९ प्रतिशत, फाइनान्स समूहको २.३१ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.१७ प्रतिशत, जलविद्युत समूहको ३.०७ प्रतिशत, लगानी समूहको २.०८ प्रतिशत, जीवन बिमा समूहको १.९४ प्रतिशत, उत्पादन समूहको १.४८ प्रतिशत, माइक्रोफाइनान्स समूहको १.५० प्रतिशत र अन्य समूहको १.५८ प्रतिशतले घटेको छ।