काठमाडाैं । नेपालमा रेनो गाडीको आधिकारिक वितरक एड्भान्स्ड अटोेमोबाइल्सले रेनोको नयाँ एसयूभी ट्राइबर बुधबार नेपालमा सार्वजनिक गरिएको छ ।
यसमा विशाल, अल्ट्रा मोडुलर, इन्धन खपत गर्ने गाडी हो, जसमा आकर्षक इन्टेरियरसहित ४ मिटरको स्पेसमा विभिन्न आधुनिक र व्यावहारिक विशेषताहरु छन् । रेनो ट्राइबरले बी सेगमेन्टका गाडीहरु खरिद गर्न चाहने ग्राहकलाई उच्च मूल्यांकन प्रस्ताव गर्ने बताइएको छ ।
यसमा इजिफिक्स सिट, एसयूभी स्किड प्लेट्स, एलईडी इन्स्ट्रयुमेन्ट क्लस्टर, दोस्रो र तेस्रो रो मा ट्विन एसी भेन्ट र ८ इन्चको टचस्क्रिन मिडिया नेभिगेसन इभोलुसन प्रणाली जस्ता ३० भन्दा बढी विशेषता रहेकाे कम्पनीकाे भनाइ छ ।
यसको आरएक्सई मोडलको मूल्य २८ लाख २० हजार, आरएक्सएलको मूलय ३१ लाख ६० हजार र आरएक्सजेडको मूलय ३३ लाख ९९ हजार रुपैयाँ छ ।
रेनो इन्डिया अपरेसनका कन्ट्री प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशक वेंकटराम ममिलापलका अनुसार हालसम्म भारतमा सो मोडेलका ६ लाख गाडी बिक्री भइसकेको छ । आकर्षक र सुपथ मूल्य भएका कारण ट्राइबरलाई नेपाली बजारमा समेत रुचाइने उनकाे भनाइ छ ।
एड्भान्स्ड अटोमोबाइल्सका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले रेनो ब्रान्डकाे बिक्री बढाउदै लैजाने कम्पनीसँग प्रष्ट उद्देश्य र रणनीति रहेको बताउँदै ट्राइबरले स्पेस र मोडुलारिटीमा नयाँ बेन्चमार्क स्थापित गर्ने बताए ।
सुरक्षाका लागि यसमा ड्युअल फ्रन्ट एयरब्याग, एबीएस, रियर पार्किङ सेन्सर र हाई स्पिड अलर्ट सहित पावर स्टेयरिङ, पावर फ्रन्ट विन्डो, एन्टीलक ब्रेकिङ सिस्टम, एयर कन्डिसनर, ड्राइभर एयरब्याग, हिटर, कि लेस इन्ट्रि, स्टार्ट स्टप बटम, कुल ग्लोभ बक्स, ४ ओटा एयर ब्याग लगायतका विशेषता रहेका छन्।
रेनो ट्राइबरमा ९९९ सीसीको ३ सिलिन्डर इन्जिन छ, जसले ७२ एचपी पावर र ९६ एनएम टर्क जेनेरेट गर्छ। यसमा ५–स्पिड म्यानुअल तथा ५–स्पिड एएमटी गियरबक्स छ। त्यसैगरी यसमा ४० लिटरको इन्धन ट्यांकी छ ।
ट्राइबरको माइलेज प्रतिलिटर २० किलोमिटर रहेको कम्पनीको दाबी छ। रेनो ट्राइबरको ह्विलबेस २ हजार ६ सय ३६ एमएम छ भने यसको ग्राउन्ड क्लियरेन्स १ सय ८२ एमएम छ।
रेनोको सो अल्ट्रा मोडुलर एसयूभीको बुकिङ गत नाडा अटो शो देखि नै प्रारम्भ भएको थियो । भारतीय बजारमा ७ सिटर समेत उपलब्ध भए तापनि नेपाली बजारमा भने ५ सिटर ट्राइबर मात्र उपलब्ध हुनेछ ।