काठमाडौं। लक्ष्मी सनराइज बैंकले काम नलाग्ने कर्मचारी कर्मचारी हटाउन नयाँ जुक्ति निकालेको छ। बैंकले काम नलाग्ने कर्मचारीलाई हटाउन ‘म्युचुअल एग्रिड रिटायर्डमेन्ट स्किम २०२४’ (आपसी) सहमति अवकास योजना ल्याएको हो।
एक वर्षअघि तत्कालीन लक्ष्मी र सनराइज बैंक आपसमा मर्जर भइ लक्ष्मीसनराइज बैंकका नामबाट एकीकृत कारोबार सुरु गरेका हुन्। मर्जरपछि बनेको बैंकमा आवश्यकताभन्दा बढी कर्मचारी भएपछि कर्मचारी व्यवस्थापनमा बैंक व्यवस्थापनले यसअघि नै २ पटक स्वेच्छिक अवकास योजना (भिआरएस) ल्यायोे।
तर, उक्त भिआरएसमा तल्लो तहका कर्मचारीमात्रै सहभागि भएपछि अनावश्क कर्मचारी निकाल्न बैंकले ‘म्युचुअल एग्रिड रिटार्यमेन्ट स्किम २०२४’ (एमएआरएस२४) जुक्ति लागाएको हो।
हाल बैंकमा २८ सय जना कर्मचारीहरु कार्यरत छन्। कार्यरत कर्मचारीमध्ये पनि एउटै विभागका एकै पदमा २ भन्दा बढी रहेपछि उनीहरुलाई लक्षित गरेर एमएआरएस २४ ल्याएको बैंकका प्रवक्ता पियुसराज अर्यालले बताए।
‘भिआरएसमा तल्लो तहका कर्मचारीमात्रै सहभागि भए बैंकले चाहे अनुसारको स्टाफको सहभागिता नभएपछि ओभरस्टाफ घटाउन एमएआरएस २४ लञ्च गरेका हौं,’ बैंकका प्रवक्ता आर्यालले क्यापिटल नेपालसँग भने, ‘बैंकका केही टेक्निकल डिपार्टहरुमा एक जनाले नै हुने ठाँउमा २÷३ जना स्टाफ छन्, मर्जर भएर दोहोरो भएको पोस्टका स्टाफ पनि म्यानेज गर्नु पर्ने हुँदा यो स्कीम ल्याएका हौं।
उक्त स्कीम बैंकले गत शुक्रबार आन्तरिक सर्कुलर जारी गर्दै सार्वजनिक गरेको हो। स्कीमको कार्यान्यवन भने कुन तबरले गर्ने भन्ने विषयमा कर्मचारी व्यवस्थापन विभागले बनाउन बाँकी रहेको उनले जानकारी दिए।
बैंकले उक्त स्कीम नियामकीय प्रावधान पालना गरेर ल्याएको हुँदा स्कीममा सहभागि हुन व्यवस्थापनले कर्मचारीहरुलाई दवाब नदिने अर्यालले बताए।
‘यो स्कीम राष्ट्र बैंकको नीति नियममै रहेर ल्याएका हौं, बैंकले तिमी छोडेर जाउ भन्दै स्कीम लिन कसैलाई जोजबरजस्ती गर्दैन। प्रस्ताविक स्टाफले आफ्नो इच्छाले स्कीम लिन पाउँछन्’ उनले भने।
चयन भएका कर्मचारीहरुलाई प्रत्यक्ष प्रस्ताव एचआर डिपार्टमेन्टले पठाउने छ। जसमा सम्बन्धित कर्मचारीले स्वीकार वा अस्वीकार गर्न सक्ने उनले जानकारी दिए। बैंकको उक्त स्कीममा सहभागि हुने कर्मचारीले अधिकतम १८ महिनासम्मको तलब पाउँछन्। बैंकले कार्यरत कर्मचारीमध्ये धेरै भएको कर्मचारी छनौट गरी उक्त स्कीममा भाग लिनको लागि प्रस्ताव गर्ने छ।